नेतृत्व र व्यक्तित्व विकासका लागि रजनी फाउन्डेसनको यस्तो प्रयास
सारांश
- काठमाडौं, १२ साउन ।
- रजनी सचेतना नेपाल फाउन्डेसनले नेतृत्व र व्यक्तित्व विकासका लागि विभिन्न प्रयास थालेको छ ।
- संस्थाका प्रमुख संरक्षक एवं समाजसेवी लिलाबहादुर थापाको प्रमुख आतिथ्यमा आज रजनी सचेतना नेपाल फाउन्डेसनले टोखा नगरपालिका– ८ को विशेष सहयोगमा “नेतृत्व तथा व्यक्तित्व विकास तालिम तथा पुरस्कार वितरण एवं निःशुल्क दन्त परीक्षण कार्यक्रम” सम्पन्न गरेको छ ।
काठमाडौं, १२ साउन । रजनी सचेतना नेपाल फाउन्डेसनले नेतृत्व र व्यक्तित्व विकासका लागि विभिन्न प्रयास थालेको छ । संस्थाका प्रमुख संरक्षक एवं समाजसेवी लिलाबहादुर थापाको प्रमुख आतिथ्यमा आज रजनी सचेतना नेपाल फाउन्डेसनले टोखा नगरपालिका– ८ को विशेष सहयोगमा “नेतृत्व तथा व्यक्तित्व विकास तालिम तथा पुरस्कार वितरण एवं निःशुल्क दन्त परीक्षण कार्यक्रम” सम्पन्न गरेको छ ।
कार्यक्रममा टोखा नगरपालिका विशिष्ट व्यक्तिहरु, राजनीतिज्ञ, बुद्धिजीवी, समाजसेवी, शिक्षक र विद्यार्थीहरुको बाक्लो उपस्थिति रहेको थियो । त्यस अवसरमा टिलिंगतार उच्च माविको कक्षा १० मा अध्यनरत दुई उत्कृष्ट छात्राहरु मीना बयालकोटी र सुस्मिता थापालाई प्रोत्साहनस्वरुप नगद रु ५÷५ हजार छात्रवृत्ति प्रदान समेत गरिएको थियो ।
रजनी सचेतना नेपाल फाउन्डेशनका अध्यक्ष रजनी थापाले संस्थाको भावी कार्यदिशा तथा कार्यक्रमहरुले सीपमूलक समाज निर्माण र सामाजिक रुपान्तरणमा महत्वपूर्ण योगदान गर्ने प्रतिवद्धता व्यक्त गरेकी थिइन् । फाउन्डेसनका अध्यक्ष २६ वर्षीया रजनी थापा २०७४ सालको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट टोखा नगरपालिका लागि उप–प्रमुखको प्रत्याशी समेत थिइन् ।
अध्यक्ष रजनी थापाले भनिन्, “मेरो जीवनको एउटा मात्रै उद्देश्य छ, त्यो हो विकशित र रूपान्तरित समाज निर्माण गर्नु । चाहे त्यो राजनीतिको माध्यमबाट होस् वा व्यक्तिगत योगदानबाट ।” उनले सेवा नै धर्म हो भन्ने वाक्य सुन्दा सारै साधारण जस्तो लागे पनि त्यो वाक्यलाई अनुशरण गर्न, व्यबहारमा उतार्न सारै गाह्रो हुने बताइन् । परन्तु जतिसुकै गाह्रो भए पनि र जस्तोसुकै त्याग गर्नुपरे पनि आफ्नो जीवन सधै दुःखी निमुखाको सेवामा समर्पण गर्ने उद्घोष गरिन् । “प्रत्येक व्यक्तिले आ–आफ्नो ठाउँबाट नेपाली समाजलाई सक्दो योगदान गरेमा समाज रूपान्तरण सम्भव छ, अनि मात्रै विकास सम्भव छ”, अध्यक्ष थापाले भनिन् ।
प्रतिक्रिया