कङ्कालनीमा ६३२ वटा राँगाको बलि प्रदान

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक २, २०७५
|
|
२० पटक हेरिएको
Shares
कङ्कालनीमा ६३२ वटा राँगाको बलि प्रदान

सारांश

  • राजविराज, २ कात्तिक, सप्तरीको भारदहस्थित कङ्कालनी भगवती मन्दिरमा बडादशैँको अवसरमा महानमवीका दिन ६३२ वटा राँगाको बलि दिइएको छ ।
  • हनुमानगर कङ्कालनी नगरपालिका–१ पूर्व पश्चिम राजमार्गअन्तर्गत पर्ने भारदह गाउँमा अवस्थित उक्त मन्दिरमा प्रत्येक वर्ष महानमवीका दिन राँगा, खसीबोका र परेवाको बलि दिने गरिएको स्थानीयवासीको भनाइ छ ।
  • गत वर्ष पनि उक्त मन्दिरमा ४९३ राँगा र हजारौँको सङ्ख्यामा खसीबोको बलि दिइएकामा यस वर्ष ६३२ राँगा र करीब २० हजारको सङ्ख्यामा खसीबोकाको बलि दिइएको कङ्कालनी मन्दिर विकास समितिले जनाएको छ ।

राजविराज, २ कात्तिक, सप्तरीको भारदहस्थित कङ्कालनी भगवती मन्दिरमा बडादशैँको अवसरमा महानमवीका दिन ६३२ वटा राँगाको बलि दिइएको छ ।

हनुमानगर कङ्कालनी नगरपालिका–१ पूर्व पश्चिम राजमार्गअन्तर्गत पर्ने भारदह गाउँमा अवस्थित उक्त मन्दिरमा प्रत्येक वर्ष महानमवीका दिन राँगा, खसीबोका र परेवाको बलि दिने गरिएको स्थानीयवासीको भनाइ छ । गत वर्ष पनि उक्त मन्दिरमा ४९३ राँगा र हजारौँको सङ्ख्यामा खसीबोको बलि दिइएकामा यस वर्ष ६३२ राँगा र करीब २० हजारको सङ्ख्यामा खसीबोकाको बलि दिइएको कङ्कालनी मन्दिर विकास समितिले जनाएको छ ।

उक्त मन्दिरमा नेपालका विभिन्न जिल्ला र भारतको विहार राज्यको सुपोल, मधुवनी अररियालगायत ठाउँबाट लाखौँको सङ्ख्यामा दर्शनार्थीको भीड लागेको थियो । त्यस्तै सप्तरीकै प्रसिद्ध छिन्नमस्ता भगवती मन्दिरमा पनि घटस्थापनादेखि महानवमीसम्ममा करीब १५ हजार खसी¬बोकाको बलि दिइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?