हिउँ र हिउँ चितुवाको मारमा याक र चौँरी

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष १७, २०८०
|
|
५१ पटक हेरिएको
Shares
हिउँ र हिउँ चितुवाको मारमा याक र चौँरी

सारांश

  • मनाङ ।
  • हिमाली जिल्ला मनाङका बासिन्दाको मुख्य व्यवसाय कृषि, पशुपालन र पर्यटन हो ।
  • पर्यटक आमगन वृद्धि भएसँगै पर्यटन व्यवसायको सुरुवात भएको हो भने कृषि र पशुपालन यहाँको परम्परागत व्यवसाय हुन् ।

मनाङ । हिमाली जिल्ला मनाङका बासिन्दाको मुख्य व्यवसाय कृषि, पशुपालन र पर्यटन हो । पर्यटक आमगन वृद्धि भएसँगै पर्यटन व्यवसायको सुरुवात भएको हो भने कृषि र पशुपालन यहाँको परम्परागत व्यवसाय हुन् । 
  
यहाँका स्थानीय बिस्तारै पशुपालनबाट विमुख हुने अवस्थामा छन् । घाँसको अभावले गर्दा यहाँका बासिन्दा व्यवसाय फेर्न थालेका छन् । विदेशिने क्रम बढ्नाका साथै परम्परागत व्यवसायबाट लाभ कम हुन थालेसँगै व्यवसाय परिवर्तनको अवस्थामा यहाँका बासिन्दा छन् ।

पहिलेभन्दा हिमपातमा कमी आउँदा पशुपालक किसान मारमा परेका छन् । हिमपात परेको खण्डमा यहाँ याकचौँरीका लागि घाँस पलाउने गर्दछन् । हिमपात कम हुन थालेपछि भने घाँसको कमी हुँदै गएको मनाङ ङिस्याङ गाउँपालिका–५ भ्राकाका ६० वर्षीय पशुपालक किसान याङ्चु खण्डा लामाले बताए । उनले भने, “पहिले पहिले हिउँदका लागि वस्तुभाउलाई खुवाउन घाँस सुकाएर राखिन्थ्यो, अहिले घाँस नै कम पाइन्छ, पानीको अभावले घाँस नै हुन छाड्दै गएको छ, पहिले समयमा हिउँ पथ्र्यो र घाँस पनि समयमा नै पलाउथ्यो, अहिले घाँस पलाउनै छाड्यो, पहिलेको जस्तो घाँस नै आउँदैन ।”

पशु पाल्न र कृषिमा लाग्न पानी नै मुख्य आवश्यकता रहेको उनले बताए । उनले भने, “अहिले त खर्क पनि झन् माथि सरेको जस्तो पो लाग्छ, घाँस खोज्दै वस्तुमाथि माथि जान्छन्, हामी पछि लागिरहन्छौँ ।” जतिमाथि गयो उति नै हिउँ चितुवाको डर पनि बढ्दै जाने गरेको उनले बताए । आहाराको अभावले हिउँ चितुवाले अहिले घरपालुवा पशुलाई आक्रमण गर्ने क्रम बढ्दै गएको छ ।

त्यस्तै पशुपालक किसान सोनाम लामाले माथि खर्कमा लैजाँदा चितुवाको जोखिम बढ्दै जाने गरेको बताए । उनले भने, “माथि खर्कमा याकचौँरी चराउन लैजाँदा चितुवाले सताउँछ, गोठमा कुर्दाकुर्दै बाच्छाबाच्छी मार्दिन्छ, कैयौँ दिन त नसुतीकनै गोठ कुरिन्छ, तर पनि हुँदैन ।”

चितुवाको आक्रमण बढेको सुनाउँदै उनले भने, “चितुवा बढेको हो कि आहारा कम भएको बुझ्नै सकिएको छैन, घाँसको कमी उस्तै छ, हिउँ चितुवाले पनि सताउने क्रम बढेको छ, बाच्छाबाच्छीलाई सुरक्षित राख्ने भनेर खोरमा राखिन्छ, तर कहिलेकहीँ त माउलाई नै मार्दिन्छ, बच्चा हुर्काउनै मुस्किल हुन्छ ।” 
  
मनाङ ङिस्याङ–१ पिसाङका ७० वर्षीय याङदुङ गुरुङले घाँस कम हुने, गोठाला नपाउने र हिउँ चितुवाको आक्रमण बढ्दै जाँदा पुशपालन घट्दै गएको बताए । उनले भने, “पहिले सयौँ याकचौँरी, भेडा, घोडा पाल्दै आए पनि अहिले घटाउँदै लगेको छु, गोठाला पाउनै मुस्किल छ, घाँस घटेको छ ।” गोठ माथि खर्क लैजाने बेलामा पशुचौपाया हेर्न गोठाला बिना नहुने अवस्था रहेको उनले सुनाए ।

चितुवाको आक्रमणले पशुचौपाय मार्ने र घाइते बनाइदिने भएपछि गोठाला बिना पशु पाल्न सक्ने अवस्था नरहेको उनको भनाइ छ । उनले भने, “हिउँ कम पर्छ, हिउँ नपरेपछि केको घाँस पलाउनु पानी नै हुँदैन, पानी र घाँसको अभावले वस्तु पाल्न पनि कम गर्नुपर्ने बाध्यता आउन थालेको छ ।” 
  
बिस्तारै हिमाली जिल्लामा नै हिउँ कम पर्न थालेको पाइन्छ । हिउँ कम पर्दै जाँदा कृषि र पशुपालनमा लागेका किसान मारमा पर्ने गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दोस्रो एकदिवसीय खेल: २५ ओभर सकिँदा नेदरल्याण्डको २ विकेटको क्षतिमा १०० रन पुरा
दोस्रो एकदिवसीय खेल: २५ ओभर सकिँदा नेदरल्याण्डको २ विकेटको क्षतिमा १०० रन पुरा
बल्खु प्रदर्शनमा प्रहरीसहित २८ जना घाइते
बल्खु प्रदर्शनमा प्रहरीसहित २८ जना घाइते
जमुनाहा–हिल्सा दु्रतमार्गः कर्णालीको समृद्धिमा कोशेढुङ्गा
जमुनाहा–हिल्सा दु्रतमार्गः कर्णालीको समृद्धिमा कोशेढुङ्गा
बालबालिकालाई ‘अनलाइन गेम’ नखेलाउन चेतावनी
बालबालिकालाई ‘अनलाइन गेम’ नखेलाउन चेतावनी
सन्जिब ठकुरीको ‘मेरी आमा…’ गीतको विमोर्चन (भिडियोसहित)
सन्जिब ठकुरीको ‘मेरी आमा…’ गीतको विमोर्चन (भिडियोसहित)
नेपाल फर्कंन खोज्दा पटक–पटक जेल बसे टेकबहादुर
नेपाल फर्कंन खोज्दा पटक–पटक जेल बसे टेकबहादुर
हत्या भएकाे नौ वर्षपछि अपराधि पक्राउ !
हत्या भएकाे नौ वर्षपछि अपराधि पक्राउ !
​गुन्डा नाइके लामामाथि अन्डरवल्र्डसँग मिलेको आरोप, परिवारलाई इन्काउन्टरको चिन्ता
​गुन्डा नाइके लामामाथि अन्डरवल्र्डसँग मिलेको आरोप, परिवारलाई इन्काउन्टरको चिन्ता
हातीसंग  रमाउने  “चौधौ  चितवन हात्ती महोत्सव”को तयारी सुरु !
हातीसंग रमाउने “चौधौ चितवन हात्ती महोत्सव”को तयारी सुरु !
छोरी, ज्वाँई र नातीसँग विदावारी भएर उपचारको लागि भारत उडे बाबुराम
छोरी, ज्वाँई र नातीसँग विदावारी भएर उपचारको लागि भारत उडे बाबुराम