वर्ल्ड लिंकको रिपिटर टावरमा तोडफोड
सारांश
- सल्यान, ६ कात्तिक ।
- वल्र्ड लिंक कम्युनिकेशनद्वारा सञ्चालित इण्टरनेट सेवाको टावरमा सोमबार राति तोडफोड भएको छ ।
- वल्र्ड लिंक इन्टरनेटको कपुरकोट – ३ मूलाबारीको रिपिटर टावरमा तोडफोड गरी अज्ञात समूहले महत्वपूर्ण सामान चोरी गरेपछि वल्र्ड लिंकको इन्टरनेट सेवा अवरुद्ध भएको छ ।
सल्यान, ६ कात्तिक । वल्र्ड लिंक कम्युनिकेशनद्वारा सञ्चालित इण्टरनेट सेवाको टावरमा सोमबार राति तोडफोड भएको छ । वल्र्ड लिंक इन्टरनेटको कपुरकोट – ३ मूलाबारीको रिपिटर टावरमा तोडफोड गरी अज्ञात समूहले महत्वपूर्ण सामान चोरी गरेपछि वल्र्ड लिंकको इन्टरनेट सेवा अवरुद्ध भएको छ । टावरमा क्षति भएपछि सल्यान, दाङ, रुकुम, रोल्पा, अर्घाखाँची, जाजरकोटलगायत जिल्लामा वल्र्ड लिंकको इन्टरनेट सेवा अवरुद्ध भएको छ ।
दशैँ मनाउन चौकीदार घर गएको मौका छोपी अज्ञात समूहले टावरभित्र छिर्ने ढोका फोडेर महत्वपूर्ण तार काटी रेडियो उपकरण झिकेर लगेको वल्र्ड लिंकका सल्यान प्रतिनिधि सनतकुमार शर्माले जानकारी दिनुभयो । घटनाबारे इलाका प्रहरी कार्यालय कपुरकोटले अनुसन्धान गरिरहेको जनाइएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया