फिर्मिन्होलाई बाहिर राख्दै ब्राजिलको टोली घोषणा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक २२, २०७९
|
|
३० पटक हेरिएको
Shares
फिर्मिन्होलाई बाहिर राख्दै ब्राजिलको टोली घोषणा

सारांश

  • काठमाडौं।
  • स्टार अट्याकर रोबर्टाे फिमिन्होलाई बाहिर राख्दै ब्राजिलले कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलका लागि टोली घोषणा गरेको छ।
  • ब्राजिलले विश्वकपका लागि नौं स्ट्राइकरलाई टोलीमा समावेश गर्दा फिर्मिन्होले स्थान बनाउन सकेनन्।

काठमाडौं। स्टार अट्याकर रोबर्टाे फिमिन्होलाई बाहिर राख्दै ब्राजिलले कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलका लागि टोली घोषणा गरेको छ।

ब्राजिलले विश्वकपका लागि नौं स्ट्राइकरलाई टोलीमा समावेश गर्दा फिर्मिन्होले स्थान बनाउन सकेनन्।

फिर्मिन्हो बाहिर रहँदा ३९ वर्षीय भेट्रन खेलाडी डानी अल्भेसले स्थान बनाएका छन्। यसैगरी गाब्रियल जिसस र गाब्रियल मार्टिनेली समेत टोलीमा छन्। यस्तै, चोटबाट फर्किएका रिचार्लीसन र पेड्रोलाई अन्तिम समयमा बोलाइएको छ।

पेरिस सेन्ड जर्मेन पिएसजीका ३० वर्षीय स्ट्राइकर नेयमारले ब्राजेलियन टोलीको नेतृत्व गर्नेछन्। पाँच पटकको च्याम्पियन ब्राजिल २० वर्षपछि उपाधि जित्ने योजनामा छ।

विश्वकप २० नोभेम्बर २० बाट सुरु हुँदैछ। ब्राजिलले २५ नोभेम्बरमा सर्वियासँग खेल्दै सुरुआत गर्नेछ।

ब्राजिल टोलीः

गोलरक्षकः एलिसन बेकर (लिभरपुल),  एडरसन मोराएस (म्यानचेस्टर सिटी), वेभर्टन (पाल्मेइरास)

डिफेन्डरः ड्यानी आल्भेस (पुमास), थियागो सिल्भा चेल्सी), मार्किन्हस (पिएसजी), ड्यानीलो (युभेन्टस), एलेक्स सान्ड्रो (युभेन्टस), एडर मिलिसाओ (रियल म्याड्रिड), एलेक्स टेलेस (सेभिया), ब्रेमर (युभेन्टस)

मिडफिल्डरः क्यासेमिरो (म्यान्चेस्टर युनाइटेड), फाबिन्हो (लिभरपुल), लुकास पाक्वेटा (वेस्ट ह्याम), फ्रेड (म्यान्चेस्टर युनाइटेड०), ब्रुनो गुइमरेस (न्युकासल युनाइटेड) र एभर्टन रिबिइरो (फ्लामेंगो)

स्ट्राइकरः नेयमार (पिएसज), रिचार्लीसन (टोटेनहम हट्सपर), भिनीसियस जुनिअर (रियल म्याड्रिड), एन्टोनि सान्तोस (म्यानचेस्टर युनाइटेड), राफिन्हा (बार्सिलोना), रोड्रीगो (रियल म्याड्रिड), पेड्रो (फ्लामेंगो), ग्याब्रिएल जेसस (आर्सनल), ग्याब्रिएल मार्टिनेली (आर्सनल)

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    打开Binance账户

    Can you be more specific about the content of your article? After reading it, I still have some doubts. Hope you can help me.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?