जिप दुर्घटनामा एक जनाको मृत्यु, १६ घाइते

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक ८, २०७५
|
|
४३ पटक हेरिएको
Shares

सारांश

  • गुल्मी ।
  • गुल्मीमा भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् ।
  • जिप दुर्घटनामा परी इस्मा गाउँपालिका– २ पालुखाका १४ वर्षीय विमल केसीको मृत्यु भएको हो ।

गुल्मी । गुल्मीमा भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् ।

जिप दुर्घटनामा परी इस्मा गाउँपालिका– २ पालुखाका १४ वर्षीय विमल केसीको मृत्यु भएको हो । इस्मा गाउँपालिका– २ छल्दी पनाहा नजिकै बुधबार साँझ जिप दुर्घटना भएको थियो ।

डबल क्याप भएको लु १ च ७३७० नं जिप दुर्घटना हुँदा गम्भीर घाइते भएका केसीको उपचारका लागि तम्घास ल्याउने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

जिप जिल्ला सदरमुकाम तम्घासबाट पालुखातर्फ जाँदै गरेको थियो । बलीथुमबाट पूर्णिमा मेला हेरेर फर्किने जिपमा यात्रु धेरै चढेका थिए । यात्रु बढी हुँदा उकालोमा ब्रेक फेल भएर दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालय गुल्मीले जनाएको छ ।

(https://allproshadeconcepts.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजधानीमा विपद् व्यवस्थापन सम्बन्धी अभ्यास शुभारम्भ
राजधानीमा विपद् व्यवस्थापन सम्बन्धी अभ्यास शुभारम्भ
ओली गाँठाे पार्ने, प्रचण्ड फुकाउने, बामदेव कस्ने, माधव नेपाल हेरेर बस्ने: आजका हेडलाईनहरु
ओली गाँठाे पार्ने, प्रचण्ड फुकाउने, बामदेव कस्ने, माधव नेपाल हेरेर बस्ने: आजका हेडलाईनहरु
सरकारी कर्मचारीले सामुदायिक विद्यालयमा छोराछोरी पढाउनुपर्ने कानुन बन्यो
सरकारी कर्मचारीले सामुदायिक विद्यालयमा छोराछोरी पढाउनुपर्ने कानुन बन्यो
कति थरी छन् निर्मलाको पोस्टमार्टम रिपोर्ट ?
जापानमा म्यूजिक भिडियो बनाउँदै दिलिप श्रेष्ठ
जापानमा म्यूजिक भिडियो बनाउँदै दिलिप श्रेष्ठ
संविधान दिवसमा सारङ्गी–आर्केष्टा प्रस्तुत हुँदै
संविधान दिवसमा सारङ्गी–आर्केष्टा प्रस्तुत हुँदै
उत्तर कोरियाले आणविक क्षेप्यास्त्र उत्पादन केन्द्र नष्ट गर्ने
उत्तर कोरियाले आणविक क्षेप्यास्त्र उत्पादन केन्द्र नष्ट गर्ने
आन्तरिक उडान असोज १५ र लामो दूरीको यातायात असोज १ गतेबाट सुचारु गर्न सुझाव
आन्तरिक उडान असोज १५ र लामो दूरीको यातायात असोज १ गतेबाट सुचारु गर्न सुझाव
काठमाडौं महानगरको मेयरमा एमालेबाट विद्यासुन्दर शाक्य !
काठमाडौं महानगरको मेयरमा एमालेबाट विद्यासुन्दर शाक्य !
चिच्याएर बर माग्ने मेलामा तीन लाख बराबरको भेटी
चिच्याएर बर माग्ने मेलामा तीन लाख बराबरको भेटी

तपाईंले छुटाउनुभयो कि?