नयाँ जहाज छिट्टै आउँछ : मन्त्री किराती

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण १४, २०८०
|
|
३६ पटक हेरिएको
Shares
नयाँ जहाज छिट्टै आउँछ : मन्त्री किराती

सारांश

  • बनियानी ।
  • संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाली ध्वजा बाहक नयाँ जहाज छिट्टै खरिद गरिने बताएका छन् ।
  • प्रेस सेन्टर नेपाल झापाले बिर्तामोडमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री किरातीले भूपरिवेष्टित राष्ट्रको समृद्धिका लागि जहाज विकास महत्त्वपूर्ण हुने भएकाले थप जहाज ल्याउन लागिएको बताए ।

बनियानी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाली ध्वजा बाहक नयाँ जहाज छिट्टै खरिद गरिने बताएका छन् । प्रेस सेन्टर नेपाल झापाले बिर्तामोडमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री किरातीले भूपरिवेष्टित राष्ट्रको समृद्धिका लागि जहाज विकास महत्त्वपूर्ण हुने भएकाले थप जहाज ल्याउन लागिएको बताए ।

“हाम्रो जस्तो भूपरिवेष्टित मुलुकको समृद्धिका लागि जहाज महत्त्वपूर्ण हुँदोरहेछ”, उनले भने, “तीन वटा नयाँ र दुई वटा पुराना जहाज खरिद प्रक्रियामा रहेको छ, छिट्टै ती जहाज आउँछ, तर कमिसन आउँदैन ।” नेपाली जहाजकै ‘कनेक्सन फ्लाइट’बाट नेपाली उत्पादनहरु विदेश निर्यात गरेर समृद्धि हासिल गर्न सकिने उनको भनाइ छ ।

मन्त्रालय सम्हालेपछि भ्रष्टाचारका प्वालहरु टाल्ने काम गरिरहेको उनको भनाइ छ । रु चार अर्ब ऋण तिरेर नयाँ जहाज किन्न सक्ने अवस्था सिर्जना भएको उनले बताए । “देशको ठूलो समस्या भ्रष्टाचार हो, यसको अन्त्य जरुरी छ”, उनले भने । मन्त्री किरातीले पर्यटनसम्बन्धी राष्ट्रिय नीति बनाउन सरकार लागि परेको बताए । नेपाली एयरपोर्ट सुरक्षित बनाउन कडाइका साथ लाग्नुपर्नेमा उनको थियो ।

कोशी प्रदेश सरकार गठनमा देखिएको समस्याप्रति लक्षित गर्दै मन्त्री किरातीले प्रदेश सरकार गठन सबै दलको सहमतिका आधारमा हुनुपर्नेमा जोड दिए । “मुलुक अहिले विषम परिस्थितिबाट गुज्रिरहेकाले सङ्घ र प्रदेश सरकार सहमतिकै आधारमा बन्नुपर्छ”, उनले भने, “कोही प्रतिपक्ष नभई समग्र मुलुकको विकासमा सबै दल एकजुट हुुनुपर्छ ।”

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हरिबोधिनी एकादशीमा तुलसीको विवाहका लागि पुरोहितको अभाव
हरिबोधिनी एकादशीमा तुलसीको विवाहका लागि पुरोहितको अभाव
प्रधानमन्त्री, गृहमन्त्री र यातायातमन्त्रीलाई लामो गाडीको पछाडि सिटमा राखेर चलाए मात्र यो बाटो बन्छ नत्र बन्दैन
प्रधानमन्त्री, गृहमन्त्री र यातायातमन्त्रीलाई लामो गाडीको पछाडि सिटमा राखेर चलाए मात्र यो बाटो बन्छ नत्र बन्दैन
बिदाको दिन पनि मतदाता नामावली संकलन छुटेका  व्यक्तिहरुको संकलन कार्य सुरु……
बिदाको दिन पनि मतदाता नामावली संकलन छुटेका व्यक्तिहरुको संकलन कार्य सुरु……
माछाको तेल आँखा सुख्खा हुने समस्यामा लाभदायी नहुने
माछाको तेल आँखा सुख्खा हुने समस्यामा लाभदायी नहुने
जापानमा शक्तिशाली आँधी, १६ जना बेपत्ता
जापानमा शक्तिशाली आँधी, १६ जना बेपत्ता
दसैँमा यातायातको सहज प्रबन्ध गर्न निर्देशन
दसैँमा यातायातको सहज प्रबन्ध गर्न निर्देशन
HR – Best Practices for Business Management
अनमोल केसी अभिनित ‘छड्के २’ को फस्ट लुक सार्वजनिक
अनमोल केसी अभिनित ‘छड्के २’ को फस्ट लुक सार्वजनिक
रिया चक्रवर्तीले सुशान्तलाई पागल भएको मेडिकल रिपोर्ट लिक गरिदिने धम्की दिएको खुलासा
रिया चक्रवर्तीले सुशान्तलाई पागल भएको मेडिकल रिपोर्ट लिक गरिदिने धम्की दिएको खुलासा
पहिलो विश्व कास्की सम्मेलन पोखरामा हुदै
पहिलो विश्व कास्की सम्मेलन पोखरामा हुदै

तपाईंले छुटाउनुभयो कि?