तपाेबनकाे ‘प्रसाद’मा अानन्द अरूणकाे सुक्रकिट र जुठाे भात !(भिडियाे सहित)
सारांश
- काठमाडौँ, ८ कात्तिक।
- ओशो सन्यासीहरूका निम्ती आस्थाको केन्द्रको रुपमा मानिदै आएको तपोवनभित्र आनन्द अरुणले महिलाहरुलाई बलात्कार गर्ने गरेको खुलासा भएको छ ।
- उक्त खुलासा अरुले नभएर ओशो सन्यासी अंशु गुरुङले गरेकि हुन् ।
काठमाडौँ, ८ कात्तिक। ओशो सन्यासीहरूका निम्ती आस्थाको केन्द्रको रुपमा मानिदै आएको तपोवनभित्र आनन्द अरुणले महिलाहरुलाई बलात्कार गर्ने गरेको खुलासा भएको छ । उक्त खुलासा अरुले नभएर ओशो सन्यासी अंशु गुरुङले गरेकि हुन् । उनले एक अन्तरवार्तामा सन्यासी अरुणले जबरजस्ती गर्ने गरेको सन्यासी महिलाहरुले आफूसँग बताएको भनेकी छन् । तर, महिलाहरु बाहिर भन्न अप्ठ्यारो मानिरहेका समेत बताइन् । गुरुङले ती महिलाहरुले आनन्द अरुणले आफूलाई संवेदनशील अंगहरुमा सुम्सुम्याउने गरेको स्वीकार गरेको बताइन् ।
त्यसैगरी तपोवनमा श्रम शोषण समेत हुने गरेको बताइन् । त्यहाँ विहानदेखि साँझसम्म काम गर्ने व्यक्तिहरुलाई मासिक दुई हजार मात्रै दिने गरेको बताइन् । सामाजिक संस्था दर्ता गरेर सरकारी जग्गामा व्यापार गरेको समेत अंशुको दाबी छ । उनले त्यहाँ बनाइएको घर भाडामा लगाएर आएको लाखौं रकमको कुनै हिसाब किताव नराखिएको बताइन् । लेखा परीक्षणमा हिसाब मिलाउनको लागि दुई करोड रुपैयाँ दिएको भन्ने आफूसँग अडियो नै भएको अंशुले बताइन् । ओशो सन्यासीहरूका निम्ती आस्थाको केन्द्रको रुपमा मानिदै आएको तपोवनभित्र भ्रष्टाचार, यौनजन्य हिंसा, श्रम शोषण हुने गरेको सार्वजनि भएको छ । तपोवनमा सरकारी जग्गामा ओशो ध्यानको नाममा व्यापार गर्ने थलो बनेको बताएको छ । नागार्जुन राष्ट्रिय निकुञ्जको सय रोपनी जग्गामा ओशोको ध्यान केन्द्र तथा आश्रम बनेको छ ।
भिडियाे हेर्नुहाेस
https://www.youtube.com/watch?v=MKTAqios-oo&t=1s
प्रतिक्रिया