नायिकाबिरुद्ध उल्टै यौन दुर्व्यवहारको आरोप

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र ५, २०७५
|
|
५१ पटक हेरिएको
Shares
नायिकाबिरुद्ध उल्टै यौन दुर्व्यवहारको आरोप

सारांश

  • यौन दुर्व्यवहार तथा लैङ्गिक विभेदविरुद्ध सञ्चालित #मि टू अभियानकी अग्रणी व्यक्तित्वमाथि नै यौन दुर्व्यवहारको आरोप लागेको बताइएको छ।
  • गतवर्ष बरिष्ठ हलिवूड चलचित्र निर्माता हार्भी वाइन्स्टिनमाथि यौन दुर्व्यवहारको आरोप लगाउने अग्र पंक्तिमा इटालेली नायिका आजिया अर्जेन्टो पनि एक थिइन्।
  • न्यू योर्क टाइम्समा उल्लेख भएको तर बीबीसीले नदेखेको कानुनी पुर्जाका आधारमा नायिका आजिया अर्जेन्टोले आफ्ना पूर्व सहकर्मीलाई ३ लाख ८० हजार अमेरिकी डलर तिरेकी थिइन्।

यौन दुर्व्यवहार तथा लैङ्गिक विभेदविरुद्ध सञ्चालित #मि टू अभियानकी अग्रणी व्यक्तित्वमाथि नै यौन दुर्व्यवहारको आरोप लागेको बताइएको छ। गतवर्ष बरिष्ठ हलिवूड चलचित्र निर्माता हार्भी वाइन्स्टिनमाथि यौन दुर्व्यवहारको आरोप लगाउने अग्र पंक्तिमा इटालेली नायिका आजिया अर्जेन्टो पनि एक थिइन्।

न्यू योर्क टाइम्समा उल्लेख भएको तर बीबीसीले नदेखेको कानुनी पुर्जाका आधारमा नायिका आजिया अर्जेन्टोले आफ्ना पूर्व सहकर्मीलाई ३ लाख ८० हजार अमेरिकी डलर तिरेकी थिइन्। पूर्व सहकर्मी जिम्मी बेनेटले क्यालिफोर्निया होटलको एक कोठामा आजिया अर्जेन्टोले आफूमाथि सन २०१३ मा यौन दुर्व्यवहार गरेको आरोप लगाएका थिए।

नायिका अर्जेन्टोका वकिलले आरोपबारे प्रतिक्रिया दिन अस्वीकार गरेका छन्।आरोपी जिम्मी बेनेट घटना हुँदा जम्मा १७ वर्षका थिए जबकी क्लालिफोर्नियामा आपसी सहमतिमा यौन सम्पर्क गर्न सकिने उमेर १८ तोकिएको छ। घटनाका बेला नायिका अर्जेन्टो ३७ वर्षकी हुनुपर्ने बताइएको छ।

न्यू योर्क टाइम्सको समाचारमा भनिएको छ, कानुनी पुर्जामा बेनेटले उक्त घटनापछि आफू आहत भएको र आफ्नो मानसिक स्वास्थ्य एवं काममा समस्या उत्पन्न भएको उल्लेख गरेका छन्।उनले सन २००४को एउटा सिनेमामा अर्जेन्टोको सानो छोराको भूमिका खेलेका थिए। अखबारले देखेको कानुनी पुर्जाबारे नायिका अर्जेन्टोका वकिलले बेनेटलाई सहयोग स्वरुप त्यो रकम उपलब्ध गराइएको र त्यसैका आधारमा नायिकालाई शिकार बनाइएको बताएका छन्।

भ्यानिटी फेयरले प्रकाशित गरेको एक विज्ञप्तीमा बेनेटका वकिलले बेनेटले तत्काल प्रतिक्रिया नदिने “तर आगामी २४ घण्टा वा त्यो भन्दा बढि समय लिएर केही प्रतिक्रिया दिने” बताएका छन्।हार्भी वाइन्स्टिनका वकिलले पछिल्लो घटनाक्रमले “आजिया अर्जेन्टोको आश्चर्यचकित बनाइदिने खालको पाखण्ड” उजागर भएको टिप्पणी गरेका छन्।

(बीबीसी)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बेइजिङमा विजनेस समिट : नेपालमा चिनियाँ लगानी आह्वान
बेइजिङमा विजनेस समिट : नेपालमा चिनियाँ लगानी आह्वान
मेलम्चीकाे पानी काठमाडाैंमा, खानेपानीमन्त्रीले सुरु गरे वितरण
मेलम्चीकाे पानी काठमाडाैंमा, खानेपानीमन्त्रीले सुरु गरे वितरण
Mostbet-27 Türkiye’de Bahis Ve On Line Casino Bonus 2500+250fs
The Nine Most popular Chinese Language Internet dating Apps In 2020 Usually are What You possessed Expect
सडक सुरक्षामा मेट्रो ट्राफिक एफएमको योगदान उच्च: चौधौँ वार्षिकोत्सवमा साङ्गठनिक सहकार्यको साझा प्रतिबद्धता
सडक सुरक्षामा मेट्रो ट्राफिक एफएमको योगदान उच्च: चौधौँ वार्षिकोत्सवमा साङ्गठनिक सहकार्यको साझा प्रतिबद्धता
अमेरिकी हवाई बम हमलामा नौ जना अफगानी प्रहरी मारिए !
अमेरिकी हवाई बम हमलामा नौ जना अफगानी प्रहरी मारिए !
संकटमा एमसीसी सम्झौता : परिमार्जनपछि मात्र अनुमोदन गर्ने नेकपाको निर्णय
संकटमा एमसीसी सम्झौता : परिमार्जनपछि मात्र अनुमोदन गर्ने नेकपाको निर्णय
तराई र हिमालमा बढ्यो मूल्यवृद्धि, काठमाडौँमा कम
तराई र हिमालमा बढ्यो मूल्यवृद्धि, काठमाडौँमा कम
रूसमाथि थप प्रतिबन्धको तयारी, राष्ट्रसङ्घको सुरक्षा परिषद्‌बाट हटाउन जेलेन्स्कीको माग
अझै पनि छोराकै भाउ, जीवित छोरीभन्दा मरेका छोराको याद
अझै पनि छोराकै भाउ, जीवित छोरीभन्दा मरेका छोराको याद