पाथिभरा दर्शन गरी फर्किएका दुई तीर्थयात्रीको जिप दुर्घटनामा मृत्यु

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन २३, २०७४
|
|
२६ पटक हेरिएको
Shares
पाथिभरा दर्शन गरी फर्किएका दुई तीर्थयात्रीको जिप दुर्घटनामा  मृत्यु

सारांश

  • ताप्लेजुङ, २३ असोज  पाथिभरा दर्शन गरी फर्किएका तीर्थयात्री बोकेको जिप आज दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।
  • मे१ज १३०८ नंको जिप फुङ्लिङ नगरपालिका–१० भालुगौडे– सुकेटार पाथीभरा सडकखण्डमा दुर्घटना हुँदा जिपमा सवार उर्लाबारी–४ की २५ वर्षीया अनिता थापा घिमिरे र ३० वर्षीय होमराज घिमिरेको मृत्यु भएको हो ।
  • अनिताको घटनास्थलमै तथा होमराजको उपचारका क्रममा जिल्ला अस्पताल ताप्लेजुङमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिनुभयो ।

ताप्लेजुङ, २३ असोज  पाथिभरा दर्शन गरी फर्किएका तीर्थयात्री बोकेको जिप आज दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

मे१ज १३०८ नंको जिप फुङ्लिङ नगरपालिका–१० भालुगौडे– सुकेटार पाथीभरा सडकखण्डमा दुर्घटना हुँदा जिपमा सवार उर्लाबारी–४ की २५ वर्षीया अनिता थापा घिमिरे र ३० वर्षीय होमराज घिमिरेको मृत्यु भएको हो ।

अनिताको घटनास्थलमै तथा होमराजको उपचारका क्रममा जिल्ला अस्पताल ताप्लेजुङमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिनुभयो । दुर्घटनामा परी उर्लाबारी–४ का २० वर्षीय अनिलजङ्ग थापा, २६ वर्षीय दिलीप घिमिरे र चालक इलाम निवासी अमित श्रेष्ठ घाइते भएका छन् ।

घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । जिप ब्रेक फेल भई सडकबाट झण्डै २०० मिटर तल खसेको थियो ।
–––

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

 विश्वकप फुटबल छनोटका लागि नेपाली टोलीको घोषणा
 विश्वकप फुटबल छनोटका लागि नेपाली टोलीको घोषणा
रविविरुद्ध तीन कसुरमा मुद्दा लगाउन सिफारिश
रविविरुद्ध तीन कसुरमा मुद्दा लगाउन सिफारिश
पानीको बहाव बढेपनि कोशीमा कुनै खतरा छैन: प्रजिअ पराजुली
पानीको बहाव बढेपनि कोशीमा कुनै खतरा छैन: प्रजिअ पराजुली
‘विदेशमा रहेका नागरिक मतदानबाट वञ्चित हुनु दुर्भाग्युपूर्ण’
‘विदेशमा रहेका नागरिक मतदानबाट वञ्चित हुनु दुर्भाग्युपूर्ण’
९१ जना न्यायाधीशको सरुवा (सूचीसहित)
९१ जना न्यायाधीशको सरुवा (सूचीसहित)
सुत्केरी हुन पुरुषको निर्णय कुर्नुपर्ने अवस्था अन्त्य हुँदै, श्रीमानसँगै रहनुपर्ने
सुत्केरी हुन पुरुषको निर्णय कुर्नुपर्ने अवस्था अन्त्य हुँदै, श्रीमानसँगै रहनुपर्ने
काठमाडौँ महानगरपालिकाको प्रमुखका उम्मेदवारले कहाँबाट गर्दैछन् मतदान ?
काठमाडौँ महानगरपालिकाको प्रमुखका उम्मेदवारले कहाँबाट गर्दैछन् मतदान ?
स्वास्थ्य बीमा कार्यक्रम
स्वास्थ्य बीमा कार्यक्रम
बुथ कब्जा भएको भन्दै तामाकोशी र बैत्येश्वरमा एमाले उम्मेदवारले मतदानस्थल छोडे
बुथ कब्जा भएको भन्दै तामाकोशी र बैत्येश्वरमा एमाले उम्मेदवारले मतदानस्थल छोडे
धुर्मुस-सुन्तली फाउन्डेसनमाथि लाग्यो यस्तो गम्भीर आरोप
धुर्मुस-सुन्तली फाउन्डेसनमाथि लाग्यो यस्तो गम्भीर आरोप

तपाईंले छुटाउनुभयो कि?