सेमिफाइनलमा नेपाल र पाकिस्तान भिड्ने !

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक १३, २०७५
|
|
२३ पटक हेरिएको
Shares
सेमिफाइनलमा नेपाल र पाकिस्तान भिड्ने !

सारांश

  • काठमाडाैँ १३ कात्तिक ।
  • साफ यू–१५ च्याम्पियनसिप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ।
  • समूह ए बाट बंगलादेश र नेपाल तथा समूह बी बाट पाकिस्तान र भारत सेमिफाइनलमा पुगेका छन्।

काठमाडाैँ १३ कात्तिक । साफ यू–१५ च्याम्पियनसिप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ। समूह ए बाट बंगलादेश र नेपाल तथा समूह बी बाट पाकिस्तान र भारत सेमिफाइनलमा पुगेका छन्। सेमिफाइनलमा नेपालले समूह बी को विजेता पाकिस्तानसँग खेल्नेछ भने विजेता बंगलादेशले समूह बी को उपविजेता भारतसँग प्रतिस्पर्धा गर्नेछ। सातदोवाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलको ६० मिनेट १० खेलाडीमा समेटिएको बंगलादेशबिरुद्ध नेपालले जित हासिल गर्न सकेन। घरेलु मैदानमा नेपालले स्तरीय खेल प्रदर्शन गर्न सकेन।

खेलको दोस्रो मिनेटमै बंगलादेशले अग्रता लिएको थियो। मोहम्मद अहख सकिलले बंगलादेशका लागि सुरुआती गोल गरेका थिए। घरेलु मैदानमा एक शून्यले पछि परेको स्थितिमा नेपाल खेलमा फर्कन प्रयासरत थियो। ३२औं मिनेटमा बंगलादेशी गोलरक्षक मितुल मार्माले गम्भीर गल्ती गरे। उनले नेपाली स्ट्राइकर राकेश विश्वकर्मालाई डिबक्सभित्र फल गरे। रेफ्रीले उनलाई सिधै रातो कार्ड देखाए भने नेपाललाई पेनाल्टीको अवसर दिए। ३६औं मिनेटमा जान लिम्बुले गोल गरी खेल बराबरीको अवस्थामा ल्याएका थिए। पहिलो हाफमा एक एक गोलको बराबरी खेले पनि दोस्रो हाफको सुरुमै नेपालले गोल खायो। दोस्रो हाफ सुरु भएको केहि सेकेण्डमै बंगलादेशका मोहम्मख राइओन हवलदारले गोल गरेका थिए। हारसँगै नेपाल प्रतियोगिताको समूह ए बाट उपविजेता बनेको छ।

यसअघि सोमबारै भएको खेलमा भारतले भुटानलाई ४–० गोलले हराउँदै समूह उपविजेताका रुपमा सेमिफाइनल पुग्यो। भारतको जितमा सुब्बाब कुसाङले २ गोल गर्दा पाउल सुभोले एक गोल गरे। सेमिफाइनल खेल विहिबार हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?