गोरखानाथ मन्दिरमा रोट महोत्सव

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख २२, २०८०
|
|
४० पटक हेरिएको
Shares
गोरखानाथ मन्दिरमा रोट महोत्सव

सारांश

  • गोरखा ।
  • प्रसिद्ध शक्तिपीठको रूपमा रहेको गोरखाको गोरखानाथ मन्दिर परिसरमा आजदेखि २०औंँ सवा लाख रोट महोत्सव सुरु भएको छ ।
  • गोरखा दरबार परिसरमा गुरु गोरखनाथलाई मनपर्ने खाद्य परिकारका रूपमा लिइने रोट चढाउने परम्परालाई निरन्तरता दिन र यहाँको धार्मिक पर्यटन प्रवद्र्धन गर्न महोत्सव आयोजना गरिएको हो ।

गोरखा । प्रसिद्ध शक्तिपीठको रूपमा रहेको गोरखाको गोरखानाथ मन्दिर परिसरमा आजदेखि २०औंँ सवा लाख रोट महोत्सव सुरु भएको छ । गोरखा दरबार परिसरमा गुरु गोरखनाथलाई मनपर्ने खाद्य परिकारका रूपमा लिइने रोट चढाउने परम्परालाई निरन्तरता दिन र यहाँको धार्मिक पर्यटन प्रवद्र्धन गर्न महोत्सव आयोजना गरिएको हो ।

गोरखनाथ मन्दिरमा दैनिकरूपमा रोट चढाउने प्रचलन रहे पनि विगत २० वर्षदेखि महोत्सवकै रूपमा अगाडि बढाउन थालिएको आयोजक सिद्धाश्रम शक्ति केन्द्रका संयोजक किशोरकुमार अकेलाले जानकारी दिए । आजदेखि ११ दिनसम्म चल्ने महोत्सवमा सवा लाख रोट गुरु गोरखनाथलाई चढाइने उनले बताए ।

गोरखनाथ पहिलोपटक गोरखाको पवित्रस्थल गोरख गुफामा प्रकट भएको धार्मिक मान्यताअनुसार यहाँको मन्दिरमा रोट चढाउने प्रचलन रहँदै आएको छ । रोट, भुङ्ग्रे र तावा गरी दुई प्रकारका हुने गरेको छ । तत्कालीन नेपाल एकीकरणका समयमा सेनालाई प्रसादको रूपमा एउटा रोट र एक माना पानी खुवाएपछि भोक नलाग्नाका साथै लामो समयसम्म युद्धमा भिड्न सकेको भनाइ शिलालेखमा उल्लेख छ।

“ खाद्यवस्तुका रूपमा रहेको रोट गुरु गोरखनाथलाई मनपर्ने परिकार हो”, संयोजक अकेलाले भने, “चामलको पिठोमा नरिवल, ल्वाङ, अलैँची, चिनीलगायत ५२ प्रकारका मसला मिसाएर घ्यूमा पकाइने वस्तुलाई रोट भनिन्छ ।” सानो सानो आकारमा तयार गरिने यो रोटलाई नाथ जातिका व्यक्तिहरूले शुद्व भई मन्त्र जप गरेर बीचको भाग उठाएर बनाउने गर्छन् ।

रोट महोत्सवमा सहभागी हुन आउने भक्तजनका लागि खाने, बस्नेलगायत सबै सुविधा निःशुल्क उपलब्ध गराउने गरिएको उनले जानकारी दिए । भक्तजनका लागि भजनकीर्तन गर्नसमेत विशेष व्यवस्था गरिएको छ भने रोट पकाउन लागि दाउरालगायत अन्य बस्तुको पनि व्यवस्था गरिएको संयोजक अकेलाले बताए ।

महोत्सवले गोरखाको प्रचार–प्रसारका साथै जिल्लाको आन्तरिक तथा बाह्य पर्यटन विकासमा टेवा पुग्ने आयोजकले विश्वास लिएको छ । गोरखनाथ गुफा परिसरमा आयोजना हुने महोत्सवका अवसरमा भजनकीर्तन, चुँडा नृत्यसमेत हुने जनाइएको छ । यहाँको रोट महोत्सव अवलोकन र प्रसाद ग्रहण गर्न भारतलगायत देशका बिभिन्न जिल्लाबाट भक्तजन आउने गरेका छन् ।

रोट महोत्सवको पहिलो दिन आज बिहान गोरखा सदरमुकामको बसपार्कबाट निकालिएको कलश तथा रथयात्रा गोरखा दरबारको गोरखनाथ गुफासम्म पुगेको थियो । ¥यालीमा विभिन्न कला, संस्कृति र पहिचान झल्कने झाँकीसमेत प्रस्तुत गरिएको थियो । गोरखनाथ मन्दिरसम्म निकालिएको कलशयात्रामा एक सय आठ कन्या, नाथयोगी, भक्तजनलगायतको सहभागिता थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कृषि सहकारी सस्थाको अध्यक्षद्वारा किर्ते भरपाई
कृषि सहकारी सस्थाको अध्यक्षद्वारा किर्ते भरपाई
प्रधानमन्त्री ओली राजीनामा दिन तयार, ‘कोरोनापछि वामदेव गौतम प्रधानमन्त्री, माधव नेपाल अध्यक्ष’
प्रधानमन्त्री ओली राजीनामा दिन तयार, ‘कोरोनापछि वामदेव गौतम प्रधानमन्त्री, माधव नेपाल अध्यक्ष’
प्रधानमन्त्रीको अमेरिका भ्रमण रद्द गर्न  कम्युनिस्ट घटकको माग
प्रधानमन्त्रीको अमेरिका भ्रमण रद्द गर्न कम्युनिस्ट घटकको माग
९१ जना न्यायाधीशको सरुवा (सूचीसहित)
९१ जना न्यायाधीशको सरुवा (सूचीसहित)
विद्यालयका लागि महायज्ञबाट दुई करोड
स्वास्थ्य सेवा विभागको नयाँ संरचना : ७५ वटा दरवन्दी घट्यो, पाँचवटा महाशाखा नै खारेज
स्वास्थ्य सेवा विभागको नयाँ संरचना : ७५ वटा दरवन्दी घट्यो, पाँचवटा महाशाखा नै खारेज
So why Women Are searching for Marriage Associates
उपनिर्वाचन २०७६ : कोहलपुरमा राजनीतिक प्रतिष्ठाको सवाल
उपनिर्वाचन २०७६ : कोहलपुरमा राजनीतिक प्रतिष्ठाको सवाल
ओली र प्रचण्डबीच प्रदेशको मन्त्रिमण्डलमा भागवण्डाको यस्तो भयो सहमति
ओली र प्रचण्डबीच प्रदेशको मन्त्रिमण्डलमा भागवण्डाको यस्तो भयो सहमति
राष्ट्रियसभा सदस्य प्रधानमन्त्री बन्ने गरी संविधान संसोधनको तयारी, बामदेव गौतम प्रम बन्न सक्ने !
राष्ट्रियसभा सदस्य प्रधानमन्त्री बन्ने गरी संविधान संसोधनको तयारी, बामदेव गौतम प्रम बन्न सक्ने !