कृषि फार्मबाट मासिक डेढ लाख आम्दानी

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ १२, २०७४
|
|
३८ पटक हेरिएको
Shares
कृषि फार्मबाट मासिक डेढ लाख आम्दानी

सारांश

  • पोखरा, १२ असार ।
  • कास्कीको पोखरा–लेखनाथ महानगरपालिका वडा नं ११ काहुँडाँडामा सञ्चालित काहुँ देउराली एकीकृत कृषि फार्मले मासिक रु एक लाख ५० हजार आम्दानी गर्दै आएको छ ।
  • काहुँ देउराली बहुउद्देश्यीय सहकारी संस्थाद्वारा दुई वर्षदेखि सञ्चालन भएको सो फार्ममा हाल ११३ वटा सानाठूला भैँसी रहेको संस्थाका प्रबन्धक दीपक प्रकाश आचार्यले बताउनुभयो ।

पोखरा, १२ असार । कास्कीको पोखरा–लेखनाथ महानगरपालिका वडा नं ११ काहुँडाँडामा सञ्चालित काहुँ देउराली एकीकृत कृषि फार्मले मासिक रु एक लाख ५० हजार आम्दानी गर्दै आएको छ ।

काहुँ देउराली बहुउद्देश्यीय सहकारी संस्थाद्वारा दुई वर्षदेखि सञ्चालन भएको सो फार्ममा हाल ११३ वटा सानाठूला भैँसी रहेको संस्थाका प्रबन्धक दीपक प्रकाश आचार्यले बताउनुभयो । पाँचसय साठी सेयर सदस्य रहेको सो संस्थाको पुँजी रु तीन करोड र बचत रु ११ करोड पुगेको छ ।

सो फार्ममा पालिएका भैँसीबाट ३१५ लिटर र संस्थाभन्दा बाहिरका कृषकबाट दैनिक ७०० देखि एक हजार लिटर दूध सङ्कलन गरेर पोखराको नगर क्षेत्रमा दूध बिक्री वितरण हुँदै आएको छ ।

कृषि फार्म सञ्चालनका लागि बृहत् भैँसी स्रोत केन्द्रबाट रु ४३ लाख ७५ हजार अनुदान प्राप्त भएकामा सो संस्थाले रु एक करोड ६० लाख लगानी गरेको केन्द्रका प्रबन्धक आचार्यले जानकारी दिनुभयो ।

मेहनत र परिश्रम गरे स्वदेशमै पनि केही गर्न सकिन्छ भन्ने एक उदाहरणीय सन्देश दिन कृषि फार्म खोलेको प्रबन्धक आचार्यको भनाइ छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विवादका कारण रोकिएको मतदान शुरु
विवादका कारण रोकिएको मतदान शुरु
राति सुतेका मान्छे बिहान मृत भेटिने एउटा यस्तो कारण !डा. सुवोधसागर ढकाल, चेस्ट फिजिसियन,
राति सुतेका मान्छे बिहान मृत भेटिने एउटा यस्तो कारण !डा. सुवोधसागर ढकाल, चेस्ट फिजिसियन,
सडकको लालपूर्जा व्यक्तिको नाममा
सडकको लालपूर्जा व्यक्तिको नाममा
प्रधानमन्त्री ओलीले भिडियोमार्फत सिंगापुरबाटै मन्त्रीपरिषद बैठकको नेतृत्व गर्ने
विधेयक फिर्ता नलिए कांग्रेसले संसदमा हंगामा मच्चाउने
विधेयक फिर्ता नलिए कांग्रेसले संसदमा हंगामा मच्चाउने
इन्स्टाग्राम, ह्वाट्सएप र म्यासेन्जरको म्यासेज सेवालाई एउटै बनाउँदै फेसबुक
इन्स्टाग्राम, ह्वाट्सएप र म्यासेन्जरको म्यासेज सेवालाई एउटै बनाउँदै फेसबुक
१२१ सुन्दरीलाई पछाडी पार्दै शृङ्खला मिस वर्ल्ड २०१८ को सेमिफाइनलमा
१२१ सुन्दरीलाई पछाडी पार्दै शृङ्खला मिस वर्ल्ड २०१८ को सेमिफाइनलमा
कारोना भाइरस संक्रमणबाट १५ सय ४० चिनीयाँ नागरिक सकुसल घर फर्के
कारोना भाइरस संक्रमणबाट १५ सय ४० चिनीयाँ नागरिक सकुसल घर फर्के
संघीयताको खर्च धान्न कर बढाइएको हो : अर्थमन्त्री डा. खतिवडा
संघीयताको खर्च धान्न कर बढाइएको हो : अर्थमन्त्री डा. खतिवडा
  ८ औँ राष्ट्रिय खेलकुद :पिडालु रोपेर आलू खोज्नेहरु
  ८ औँ राष्ट्रिय खेलकुद :पिडालु रोपेर आलू खोज्नेहरु