विवाह गर्नुअघि अाफ्नाे जाेडीका बारेमा जान्नुर्ने यी १० कुरा !

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक १३, २०७५
|
|
३२ पटक हेरिएको
Shares
विवाह गर्नुअघि अाफ्नाे जाेडीका बारेमा जान्नुर्ने यी १० कुरा !

सारांश

  • विवाह अलिखित सामाजिक कानुन हो ।
  • यसलाई सबैजसो मानिसले आफ्नो जीवनमा अनिवार्य मान्छन् ।
  • तर कुनै पनि जोडी वैवाहिक सम्बन्धमा बाँधिनु पूर्व केही कुरामा एकअर्का प्रति खुलस्त हुनुपर्छ अथवा एक अर्काका बारेमा केही कुराहरु पहिले नै बुझेको हुनुपर्छ ।

विवाह अलिखित सामाजिक कानुन हो । यसलाई सबैजसो मानिसले आफ्नो जीवनमा अनिवार्य मान्छन् । तर कुनै पनि जोडी वैवाहिक सम्बन्धमा बाँधिनु पूर्व केही कुरामा एकअर्का प्रति खुलस्त हुनुपर्छ अथवा एक अर्काका बारेमा केही कुराहरु पहिले नै बुझेको हुनुपर्छ । जसले सम्बनधलाई दिगो र बलियो बनाउन मद्दत गर्छ ।

यहाँ केही यस्ता कुराहरु बताइएको जो कुनैपनि जोडी वैवाहीक सम्बन्धमा बाँधिनुपूर्व जान्न जरुरी छ ।
१. स्वास्थ्य अवस्था

जब तपाई आफ्नो प्रेमीसँग बाँकी जीवन बिताउने निष्कर्षमा पुगिसक्नुभयो तब स्वास्थ्यका बारेमा कुरा गर्न छुटाउनु हुँदैन । जसमा शारीरिक मानसिक दवै हुन सक्छ । यो सम्बन्ध बलियो बनाउन मात्र नभएर एक अर्काको ख्याल राख्न पनि जरुरी हुन्छ ।

२. आर्थिक योजना


सँगै बस्नुभन्दा पहिले तपाईहरु एकअर्काको आर्थिक योजनाका बारेमा कुरा गर्नु जररी हुन्छ । अहिले कति कमाउँदै हुनुहुन्छ अथवा खर्च कति छ लगाएत भविष्यका लागि दुवै जनाले कस्तो योजना बनाउनु भएको छ भनेरे बुझ्न जरुरी हुन्छ । जस्तै छोराछोरीको पढाई, आवास, तथा लगानी केमा गर्ने आदि ।

३. बासस्थान


विवाह पछि तपाई जहाँ बस्ने योजना बनाईरहनु भएको छ तपाई साथीले त्यो नसोचेको हुन सक्छ । अथवा तपाईको साथीले बस्न खोजेको ठाउँ तपाईलाई मन नपर्न सक्छ । यस्ता कुराले पछि सम्बन्धलाई कमजोर तुल्याउन सक्ने हुनाले विवाह अघि नै छिनोफानो गर्नु उचित हुन्छ ।

४. पछिल्ला प्रेम


सुन्दा थोरै अप्ठयरो लागेपनि तपाईको यो भन्दा पहिले अरुसँग सम्बन्ध थियो या थिएन र थियो भने कसरी छुट्यो भनेर कुरा गर्नु जरुरी हुन्छ । यसले तत्काल थोरै नकारात्मक असर गरेपनि सम्बन्धलाई अझ मजबुद बनाउन मद्दत गर्छ ।

५. आस्था र विश्वास


विवाहपूर्व तपाई र तपाईको जोडीबीच आस्था र विश्वासका बारेमा पनि खुलस्त कुरा हुन जरुरी छ । तपाईको साथी कुन विचारबाट प्रेरीत छ, कुन धर्ममा विश्वास गर्छ अथवा कुन दर्शनमा बाँच्छ भन्ने कुरा पहिले नै बुझ्नु आवश्यक छ ।

६. साथी र समाज


तपाईको साथी कस्तो परिवेशमा हुर्केको हो र साथी कस्ता छन् भन्ने कुराले पनि सम्बन्धमा ठूलो अर्थ राख्छ । त्यस्तै तपाईको साथीलाई पनि तपाई कस्तो समाजमा बाँचिरहनुभएको छ भन्ने कुरा जान्न जरुरी छ ।

७. बच्चा र पालनपोषण


बच्चा जन्माउनु भनेको सामान्य कुरा होइन । अहिलेको समयमा आर्थिक रुपमा स्थिर नभएसम्म बच्चा जन्माउनु मुर्खता मानिन्छ र शिक्षित जोडीले यो कुरालाई गम्भिर रुपमा लिएका हुन्छन् । त्यसैले बच्चा कहिले जन्माउने र उसको पालनपोषण तथा शिक्षा दिक्षाका बारेमा पनि विवाह अघि नै कुरा हुनु आवश्क छ ।

८. शारीरिक सम्बन्ध


अधिकांश सम्बन्ध टुट्नुमा शारीरिक सम्बन्धको शंका मुख्य हो । तर यो आफैमा लुकाउनुपर्ने कुरा भने होइन । विवाहपछि राम्रो सम्बन्ध विकास गर्नु छ भने पहिले थोरै तितो सत्य सहन जरुरी हुन्छ । यदि विवाह भन्दा पहिले कसैसँग शारीरिक सम्बन्ध थियो भने त्यो नलुकाएर भन्न ठिक हुन्छ ।

९. परिवार


विवाह दुई मात्र नभएर दुई परिवार जोडिने काम हो । यस्तोमा विवाहपूर्व नै परिवारको पनि जिज्ञासा मेट्ने काम भयो भने त्यो सम्बन्ध उदाहरणीय बन्न सक्छ । प्रेम विवाहमा खासगरी मात्र दुईजनाले निर्णय गरेको पाईन्छ तर आफू अडिग भएपनि धेरै वर्षको अनुभव भएका परिवारसँग कुरा गर्नाले अझ प्रेरणा मिल्न सक्छ ।

१०. करिअर


ख्याल गर्नुपर्ने अर्को कुरा हो करिअर । तपाई आफ्नो करिअर बनाउनका लागि अबको दश वर्ष के गर्नुहुन्छ त्यो तपाईको साथीलाई र सोही योजना तपाईको साथीले तपाईलाई बताउने हो विवाहले तपाईको करिअरलाई कुनै असर गर्दैन ।

यी बाहेक पनि अरु धेरैकुरा तपाई विवाहअघि छलफल गर्न सक्नुहुन्छ ।

(https://firework.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?