भारतले अतिक्रमण गरेको भूभाग समेटिएको नेपाली नक्सा जारी

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर ८, २०७६
|
|
१८ पटक हेरिएको
Shares
भारतले अतिक्रमण गरेको भूभाग समेटिएको नेपाली नक्सा जारी

सारांश

  • काठमाडौं।
  • सीमा बचाऔं अभियानले लिपुलेक, कालापानी र लिम्पियाधुरामा भारतले अतिक्रमण गरेको सबै भूभाग नेपालभित्रै समेटिएको नेपालको नक्सा जारी गरेको छ ।
  • आज रिपोर्टर्स क्लवमा एक कार्यक्रमको आयोजना गरी अभियन्ताहरुले नेपालको नयाँ नक्सा सार्वजनिक गरेका हुन् ।

काठमाडौं। सीमा बचाऔं अभियानले लिपुलेक, कालापानी र लिम्पियाधुरामा भारतले अतिक्रमण गरेको सबै भूभाग नेपालभित्रै समेटिएको नेपालको नक्सा जारी गरेको छ । आज रिपोर्टर्स क्लवमा एक कार्यक्रमको आयोजना गरी अभियन्ताहरुले नेपालको नयाँ नक्सा सार्वजनिक गरेका हुन् ।

नयाँ नक्सा जारी गर्दै समितिका संयोजक भैरव रिसालले यो नक्सा सुगौली सन्धिले निर्धारण गरेको आधिकारिक नक्सा भएको बताए । अर्का अभियन्ता हिरण्यलाल श्रेष्ठले यो नक्सा भारतले जारी गरेको नक्साको काउन्टर भएको बताए । उनले सबै नेपालीलाई एकजुट भएर अगाडि बढ्न आग्रह गरे ।

नापी विभागका पूर्व महानिर्देशक पुण्य सुवेदीले केही वर्षअघि आफूहरुले पनि अध्ययन गरेर यस्तै नक्सा सरकारलाई पेश गरेको जानकारी दिए । समितिका सहसंयोजक द्वारिकानाथ ढुंगेलले यो मुद्दा अहिले उठाउँदा कसैले सरकारलाई धम्की दिएको समेत आफूले जानकारी पाएको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?