पार्टी एकीकरणका लागि गठित दुई कार्यदलको संयुक्त बैठक बालुवाटारमा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन १०, २०७४
|
|
२३ पटक हेरिएको
Shares
पार्टी एकीकरणका लागि गठित दुई कार्यदलको संयुक्त बैठक बालुवाटारमा

सारांश

  • काठमाडौं, १० फागुन ।
  • नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरणका लागि बनाइएका दुई कार्यदलको पहिलो संयुक्त बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ ।
  • दुई पार्टीले एकताका लागि ७ बुँदे आधारपत्रमा हस्ताक्षर गरेपछि त्यसलाई मूर्तरुप दिन दुईवटा कार्यदल गठन गरेका थिए ।

काठमाडौं, १० फागुन । नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरणका लागि बनाइएका दुई कार्यदलको पहिलो संयुक्त बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । दुई पार्टीले एकताका लागि ७ बुँदे आधारपत्रमा हस्ताक्षर गरेपछि त्यसलाई मूर्तरुप दिन दुईवटा कार्यदल गठन गरेका थिए ।

एकताका लागि संगठनात्मक तथा सैद्धान्तिक आधार तयार पार्न गठित कार्यदलमा एमालेका तर्फबाट महासचिव ईश्वर पोखरेल, विष्णु पौडेल, गोकर्ण विष्ट, बेदुराम भुसाल, सुरेन्द्र पाण्डे र विष्णु पौडेल छन् । यता माओवादी केन्द्रबाट रामबहादुर थापा “बादल”, वर्षमान पुन “अनन्त”, गिरिराजमणि पोखरेल, मातृका यादव र जनार्दन शर्मा रहेका छन् ।

संगठनात्मक विधान मस्यौदा कार्यदलले संगठन लगायत पार्टी सञ्चालनका आधारभूत विषयमा टुंगो लगाउने बताइएको छ । पार्टी एकता प्रतिवेदन कार्यदलमा एमालेबाट माधव नेपाल, भीम रावल, प्रदीप ज्ञवाली, रघुजी पन्त र सुवास नेम्वाङ रहेका छन् भने माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ, देव गुरुङ, पम्फा भुसाल र देवेन्द्र पौडेल रहेका छन् । प्रतिवेदन कार्यदलले एकीकृत पार्टीको अन्तरिम विधानको तय गर्ने बताइएको छ ।

(chronofhorse.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?