सुदुरपश्चिम प्रदेशका पहाडी जिल्लामा औषधी अभाव

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष ३, २०७५
|
|
५३ पटक हेरिएको
Shares
सुदुरपश्चिम प्रदेशका पहाडी जिल्लामा औषधी अभाव

सारांश

  • डडेल्धुरा २ पुुुुुस ।
  • सुदुरपचिमका पहाडी जिल्लामा रहेका स्वास्थ्य कार्यालयमा औषधीको अभाव भएको छ ।
  • क्षेत्रीय औषधी मेडीकल स्टोर धनगढी वाट औषधी ढुवानी गर्न नसक्दा सुदुरपश्चिम प्रदेशका सातवटै पहाडी जिल्लाका सदरमुकाममा रहेका जिल्ला स्वास्थ्यका स्टोर अहिले औषधी विहिन बनेका हुन् ।

डडेल्धुरा २ पुुुुुस । सुदुरपचिमका पहाडी जिल्लामा रहेका स्वास्थ्य कार्यालयमा औषधीको अभाव भएको छ । क्षेत्रीय औषधी मेडीकल स्टोर धनगढी वाट औषधी ढुवानी गर्न नसक्दा सुदुरपश्चिम प्रदेशका सातवटै पहाडी जिल्लाका सदरमुकाममा रहेका जिल्ला स्वास्थ्यका स्टोर अहिले औषधी विहिन बनेका हुन् ।

साविकका जिल्ला स्वास्थ्य कार्यालयका स्टोरमा अनिवार्य रुपमा औषधी भण्डार हुनुपर्ने भएपनि ढुवानी हुन नसक्दा अत्यावस्यक औषधीको समेत अभाव देखिएको छ । औषधी ढुवानीका लागि आर्थीक अभाव हुँदा आफुहरुले औषधी ढृुवानी गर्न नसकेको स्वास्थ्य कार्यालय डडेल्धुराका वरिष्ठ स्वास्थ्य अधिकृत टंक प्रसाद चापागाईले जानकारी गराए । उनले भने ‘सदुरमुकाममै औषधि छैन भने गाउँपालीका , वडास्तरका स्वाथ्य संस्थामा र्औषधि हुने कुरै भएन ।’

जिल्ला सदरमुकाममा रहेका औषधी स्टोर सहित पहाडी जिल्लाका अधिकांस स्थानिय तहका स्वास्थ्य संस्थामा समेत औषधीको अभाव भएको छ ।ढुवानीकोलागि आर्थीक अभावका साथै सम्वन्धीत निकायका बिचमा समन्वयको अभावका कारण सुदुरपश्चिम प्रदेशका स्थानिय तहमा औषधीको अभाव भएको सुदुरपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालयका निर्देशक डा.गुणराज अवस्थीले वताए ।

औषधीको अभावहुँदा यस क्षेत्रका विरामी समस्यामा परेका छन् । विज्ञ व्यक्तीका साथै भण्डारको व्यवस्था नहुँदा यहाँका स्थानिय तहले पनि आवश्यकता अनुसार औषधी खरिद नगर्ने गरेको वताइएको छ । अति आवश्यकिय औषधि नहुदा स्थानिय निनकायमा औषधिको अभाव रहेको समेत गाँउँपलीकाको गुनासो रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महरालाई रिहाई गर्न डिल्लीबजार लगियो, स्वागतको लागि कार्यकर्ताहरुको घुँईचो
महरालाई रिहाई गर्न डिल्लीबजार लगियो, स्वागतको लागि कार्यकर्ताहरुको घुँईचो
ललितपुर प्रहरी प्रभागभित्र गोली चल्यो, एक प्रहरी घाइते, असई पक्राउ
ललितपुर प्रहरी प्रभागभित्र गोली चल्यो, एक प्रहरी घाइते, असई पक्राउ
यी हुन् प्रधानमन्त्री ओलीका सारथी
यी हुन् प्रधानमन्त्री ओलीका सारथी
कांग्रेस प्रतिस्पर्धी होइन: प्रधानमन्त्रीओली
कांग्रेस प्रतिस्पर्धी होइन: प्रधानमन्त्रीओली
प्रधानमन्त्रीको ब्रिफिङमा प्रचण्ड र माओवादी मन्त्रीहरु अनुपस्थित्
द आर्ट लिभिङ पोखराले अन्तराष्ट्रिय योगा दिवस फेवा किनारामा
द आर्ट लिभिङ पोखराले अन्तराष्ट्रिय योगा दिवस फेवा किनारामा
क बाट ‘कमरेड’, ख बाट ‘खतरा’, ग बाट ‘गन’ हुन्छ भनेर पढाइ हुने विद्यालयमा शुसासन पढ्दै विद्यार्थी !
क बाट ‘कमरेड’, ख बाट ‘खतरा’, ग बाट ‘गन’ हुन्छ भनेर पढाइ हुने विद्यालयमा शुसासन पढ्दै विद्यार्थी !
आजै साँझ फेरि संवैधानिक परिषद बैठक किन डाकियो ?
आजै साँझ फेरि संवैधानिक परिषद बैठक किन डाकियो ?
यात्रुलाई कुटपिट गरेको आरोपमा इनड्राइभ चालक पक्राउ
यात्रुलाई कुटपिट गरेको आरोपमा इनड्राइभ चालक पक्राउ
समृद्धि सपनाः चीनका सी र नेपालका केपी
समृद्धि सपनाः चीनका सी र नेपालका केपी