स्थानीय तहको दोस्रो चरणको निर्वाचनलाई ध्यानमा राखेरभारतसँग जोडिएको सीमानाका ३ दिन बन्द हुने,,,

Shikharkhabar Shikharkhabar
|
शनिबार, आषाढ १०, २०७४
|
|
२१ पटक हेरिएको
Shares
स्थानीय तहको दोस्रो चरणको निर्वाचनलाई ध्यानमा राखेरभारतसँग जोडिएको सीमानाका ३ दिन बन्द हुने,,,

सारांश

  • १० असार, बैतडी ।
  • यही असार १४ गते हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनलाई ध्यानमा राखेर भारतसँग जोडिएको सीमानाका ७२ घन्टा बन्द गर्ने सहमति भएको छ ।
  • दार्चुलामा शुक्रबार भएको संयुक्त सीमा सुरक्षा बैठकमा चुनावलाई ध्यानमा राखी सीमानाका बन्द गर्ने सहमति भएको बैतडीका प्रजिअ तुलसीराम पौडेलले जानकारी दिए ।

१० असार, बैतडी । यही असार १४ गते हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनलाई ध्यानमा राखेर भारतसँग जोडिएको सीमानाका ७२ घन्टा बन्द गर्ने सहमति भएको छ ।

दार्चुलामा शुक्रबार भएको संयुक्त सीमा सुरक्षा बैठकमा चुनावलाई ध्यानमा राखी सीमानाका बन्द गर्ने सहमति भएको बैतडीका प्रजिअ तुलसीराम पौडेलले जानकारी दिए ।

 

स्थानीय तहको निर्वाचनलाई लक्ष्य गरेर भारतको पिथौरागढ जिल्लाका डिएम, दार्चुला र बैतडीका प्रजिअ र सुरक्षा निकायका प्रमुखको बैठकमा नेपालमा हुने स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्नका लागि सहयोग आदानप्रदान गर्ने सहमति भएको हो ।

सोअनुसार यही असार १२ गते बिहान ७ बजेदेखि असार १५ गते बिहान ७ बजेसम्म सीमानाका बन्द हुने छ । सीमा सुरक्षा बैठकमा चुनावी सुरक्षाका साथै सीमा क्षेत्रमा हुन सक्ने अपराध न्यूनीकरण गर्ने विषयमा समेत छलफल भएको बताइएको छ ।

सीमा क्षेत्रमा हुन सक्ने मानव बेचबिखन, वन्यजन्तुको चोरी सिकारलगायत अपराधको न्यूनीकरणका विषयमा दुवै देशका सुरक्षा अधिकारी चनाखो रहने सहमति भएको उनले बताए । यस्तै महाकाली नदीमा बन्ने भनिएका झोलुङ्गे पुल निर्माणका लागि दुवै देशका स्थानीय प्रशासनले चाल्नुपर्ने कदम यथाशीघ्र चाल्ने सहमति पनि भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?