जनतामा स्वच्छ खानेपानी पु¥याउन विकास तथा प्रविधि समितिको निर्देश !

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र १२, २०७५
|
|
२९ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौँ, १२ भदौ ।
  • प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिको बैठकले स्वच्छ खानेपानी तथा सरसफाइको पहुँच सबै जनतामा पु¥याउन निर्देश गरेको छ ।
  • समितिको आज बसेको बैठकले बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाबाट प्राप्त हुने पानी उपत्यकामा वितरण कार्यको मिति पर नसार्न र मेलम्ची खानेपानी आयोजनाका बाँकी कार्य छिटोभन्दा छिटो निर्माण सम्पन्न गर्न मन्त्रालयलाई निर्देश गरेको हो ।

काठमाडौँ, १२ भदौ । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिको बैठकले स्वच्छ खानेपानी तथा सरसफाइको पहुँच सबै जनतामा पु¥याउन निर्देश गरेको छ । समितिको आज बसेको बैठकले बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाबाट प्राप्त हुने पानी उपत्यकामा वितरण कार्यको मिति पर नसार्न र मेलम्ची खानेपानी आयोजनाका बाँकी कार्य छिटोभन्दा छिटो निर्माण सम्पन्न गर्न मन्त्रालयलाई निर्देश गरेको हो । बैठकले स्वच्छ खानेपानी मौलिक हकका रुपमा रहेको हुँदा उपत्यकाका धारामा आउने पानीको गुणस्तर सुनिश्चित गर्ने व्यवस्था मिलाउन तथा मेलम्ची खानेपानी प्रणालीमा एङ्ग्री र लार्के खोलाबाट थप १७ करोड लिटर पानी थप गर्ने सम्बन्धमा गरिनुपर्ने कार्य प्राथमिकताका साथ अगाडि बढाउन पनि मन्त्रालयलाई निर्देश गरेको छ ।

साथै मेलम्चीको पानीको प्राप्तिपछि काठमाडौँको पानीको ढल व्यवस्थापन गर्न बनेका कार्ययोजना १५ दिनभित्र समितिलाई उपलब्ध गराउन, खानेपानी मन्त्रालयले सम्पादन गर्ने कामका बारेमा हालसम्म कानून बनेको नपाइएकाले सोसम्बन्धी विधेयकको मस्यौदा तयार गरी पेश गर्न र स्वच्छ खानेपानी उपलब्ध गराउन प्रदेश एवं स्थानीय तह तथा अन्तरमन्त्रालयगत समन्वय गर्न पनि बैठकले निर्देश गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?