पर्यटन मन्त्री रवीन्द्र अधिकारीका ४ महिनामा गरेका यस्ता छन् ५९ काम !

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण ३, २०७५
|
|
२४ पटक हेरिएको
Shares
पर्यटन मन्त्री रवीन्द्र अधिकारीका ४ महिनामा गरेका यस्ता छन् ५९ काम !

सारांश

  • काठमाडौं, ३ साउन ।
  • नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दुईतिहाइको शक्तिशाली सरकार बनेको चार महिना भएको छ ।
  • यो अवधिमा देशभर सरकारले केही काम गरेन भनेर चर्को आलोचना पनि शुरु भएको छ ।

काठमाडौं, ३ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दुईतिहाइको शक्तिशाली सरकार बनेको चार महिना भएको छ । यो अवधिमा देशभर सरकारले केही काम गरेन भनेर चर्को आलोचना पनि शुरु भएको छ ।

यही आलोचनाकै बीचमा हामीले सुरू गरेका छौँ, कसरी बित्यो त सरकार र मन्त्रीहरूको चार महिना ? के साँच्चै केही काम पनि भएको छैन ? केपी ओली सरकारका एउटा सारथि, सम्पूर्ण नेपालीहरुको आशाका केन्द्रविन्दुका रुपमा रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले के गरे ? के गर्दैछन् ? सम्पूर्ण विवरण आजको शिखरन्युज स्पेशलमा ।

रवीन्द्र अधिकारीले पदभार ग्रहण गरेपछिका प्रमुख उपलव्धिहरु

१. त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई २१ घण्टा खुल्ला गरेर अन्तर्राष्ट्रिय बिमान सामान्यतया ४ मिनट भन्दा बढी होल्ड नहुने सुनिश्चित गरिएको छ ।
२. अन्तर्राष्ट्रिय आगमनतर्फका यात्रुहरुले बढीमा एक घण्टाभित्र Baggage Collect गर्ने व्यवस्था मिलाइएको छ ।
३. वर्तमान सरकार निर्माण हुँदा जम्मा २७ प्रतिशतमात्र काम भएको र अघि बढ्ने विषयमै विवाद रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको कार्य प्रगति ५० प्रतिशत पुगेको छ । योसँगै २०१९ मा विमानस्थल सम्पन्न गर्ने सुनिश्चित भएको छ ।

४. सन् २०२१ मा निर्माण सम्पन्न हुने लक्ष्य राखिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको Runway २०१९ मै सक्ने एवं बैकल्पिकरुपमा प्रयोग गर्नेगरी काम तीब्र गतिमा अगाडि बढेको छ ।
५. नेपाललाई अन्तर्राष्ट्रिय उडानका लागि थप प्रवेश मार्ग उपलब्ध गराउने बिषयमा नेपाल भारत उड्डयन प्राधिकरणबीच सहमति भएको छ । जसमा भारतबाट नेपाल आउने हालसम्म सिमराको एउटा मात्र हवाई मार्गमा अब बिराटनगर, जनकपुर, नेपालगञ्ज र महेन्द्रनगरबाट पनि नेपालमा जहाज आउन सक्ने गरी दुई देशबीच सम्झौता गरिएको छ ।
६. उडान सुरक्षा सुपरीवेक्षणको क्षेत्रमा ICAO को गम्भीर सुरक्षा चासो रहेकोमा नेपालले उडान क्षेत्रमा उल्लेख्य सुधार गरेअनुरुप ICAO ले गम्भीर सुरक्षा चासोको सूचीबाट हटाई Council President Certificate प्रदान गरेको ।

७. निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन स्वीकृत भई विमानस्थल निर्माणको पूर्व तयारी कार्य अगाडि बढको छ ।
८. रणनीतिक महत्वका आन्तरिक विमानस्थलको काम अगाडि बढेको, जस्तै इलामको फाल्गुणानन्द, गुल्मीको रेसुङ्गा, अछामको साफेबगर, विमानस्थलमा सफल परीक्षण उडान पूरा भएको र स्तरोन्नतिको काम अगाडि बढेको छ । अछामको साफेबगर पिच सम्पन्न भएको र नियमित उडानतर्फ अगाडि काम बढेको छ ।

९. देशका विभिन्न ठाउँमा रहेका विमानस्थलहरुमा रात्रिकालीन ( Night stay) गरेर त्यहाँबाट अन्तरप्रदेश र क्षेत्रीय उडान तथा पहाडी उडान हुने ब्यबस्था गरिएको छ । जस्तै, भैरहवा, नेपालगञ्ज, सुर्खेत, पोखरा, विराटनगर ।
१०. प्रदेश राजधानी सुर्खेतमा काठमाडौंबाट दैनिक नियमित उडानको ब्यबस्था मिलाइएको छ । साथै रारा जुम्ला र डोल्पा उडान सुरु गरिएको छ ।
११. अन्तर्राष्ट्रिय सेवातर्फ नेपाल एयरलाइन्सको अनलाइन बुकिङलाई थप सक्रिय बनाउने र आन्तरिकतर्फ पनि अनलाइन बुकिङको पूर्वाधार निर्माण भएको छ ।
१२. सबै विमानस्थलमा फ्री वाईफाई सेवा सुरु गर्ने उद्देश्यका साथ TIA Domestic Terminal  बाट उच्चस्तरको सेवाकार्य अगाडि बढेको छ ।

१३. २०७५ असार ७ गतेदेखि चन्द्रगढी विमानस्थल भू–उपग्रहमा आधारित उडान अवतरण प्रणाली सुरुवात भएको छ ।
१४. प्रदेश दुई सप्तरीस्थित राजविराज विमानस्थल स्तरोन्नतिसहित असार १ गतेबाट नियमित उडान सुरु भएको छ ।
१५. काभ्रेको नागीडाडामा Domestic Airport  निर्माण प्रक्रिया अगाडि बढाउन सम्भाब्यता अध्ययन गरिएको छ ।
१६. पर्वतीय पर्यटनमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ १०+२ को पाठ्यक्रममा पर्वतारोहण अध्ययन अध्यापन सुरु गरिएको ।
१७. नारायाणहिटी दरवार संग्रहालयमा रहेको श्रीपेच प्रदर्शनीको तयारी गरिएको साथै उक्त संग्रहालयको गुरुयोजना निर्माण कार्य अगाडि बढेको छ ।
१८. जनकपुरको जानकी मन्दिरलाई विश्वसम्पदा सूचीमा सूचिकृत गर्ने कार्य अगाडि बढेको छ ।
१९. UNISCO को विश्व सम्पदा सूचीमा सूचीकृत काठमाडौँका सम्पदालाई खतराको सूचीमा पर्न दिइएको छैन ।

२०. “एक नेपाली एक विरुवा अभियान” अन्तर्गत पवित्र पशुपति क्षेत्रमा ५ हजार विरुवा रोप्ने क्रम जारी रहेको छ । र पवित्र लुम्बिनीमा पनि २५६२ वटा बिरुवा रोप्ने कार्य चलिरहेको छ ।
२१. पशुपतिस्थित वनकालीमा १०० रोपनी क्षेत्रमा फैलिएको सुन्दर बगैचा निर्माण सम्पन्न भएको छ ।
२२. पशुपति क्षेत्रलाई Beggars free Zone घोषणासहित कार्यान्वयनमा आएको छ ।
२३. सम्पदा संरक्षण अन्तर्गत भष्मेश्वर सत्तल, वनकाली सत्तल, शंकराचार्य मन्दिर पोडेपाटी पन्ध्र शिवालय सत्तल, अमरकान्तेश्वर मन्दिरसहित १३ वटा सम्पदाको निर्माण कार्य सम्पन्न भएको छ ।
२४. करिव २५ देशका बौद्ध धर्मसँग सम्बन्धित विद्वतवर्गहरुबाट लुम्बिनी तथा बौद्ध धर्मसँग सम्बन्धित कार्यपत्र प्रस्तुतिसहित २५६२ औं बुद्ध जयन्ती एवं लुम्बिनी दिवस तथा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन सम्पन्न गरिएको छ ।

२५. लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध ध्यान केन्द्र तथा सभागृहको सम्माननीय राष्ट्रपतिज्यूबाट शिलान्यास गरी निर्माण कार्य अगाडि बढेको छ ।
२६. लुम्बिनीको गुरुयोजना अनुरुप बाटा, ब्रिक पेभिङ्ग सिम्बोलिक पेभिलियन, वाटर सप्लाई सिस्टम लगायतका पूर्वाधार निर्माण कार्यहरु भइरहेको छ ।
२७. रानीपोखरी निर्माणमा देखिएको समस्या समाधान गर्न माननीय मन्त्रीज्यूको बिशेष पहलबाट रानीपोखरी र काष्ठमण्डपको निर्माण कार्य सुरु गरिएको छ । धरहरा निर्माणको प्रक्रिया स्वरूप ठेक्का प्रक्रिया अगाडि बढेको छ । रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिरको पुनर्निर्माण कार्य जारी रहेको छ ।

२८. चिनियाँ पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यका साथ चिनियाँ भाषामा वेबसाइट सञ्चालनमा ल्याइएको छ ।
२९. सन् २०२० लाई नेपाल भ्रमण वर्ष– २०२० घोषणा गरी विषयगत समितिहरु गठन गरी कार्य प्रारम्भ भएको छ ।
३०. नेपालमा पर्यटन विश्वविद्यालय स्थापना गर्ने दीर्घकालीन सोचअनुरुपको कानुन मस्यौदा तयार पारिएको छ ।
३१. नेपाल–जापान हवाई सेवा सञ्चालन सम्झौता भएको छ । यसबाट नेपाल एयरलाइन्सका अन्तर्राष्ट्रिय उडान सुनिश्चित भएको छ ।
३२. जापान, युरोप र अन्य देशमा उडानका लागि एउटा Wide Body जहाज आइसकेको र थप आउने क्रममा रहेको छ ।
३३. वर्तमान सरकार गठन भएको १०० दिनअन्तर्गत माननीय मन्त्री रविन्द्र अधिकारीले ७३ दिनमा घोषणा गरिएका १०० मध्य ९४ वटा काम सम्पन्न भएको छ ।
३४. Nepal- India tourism Group को बैठक गरी नेपालमा जसरी भारतीय सवारी साधनहरु आउँछन, त्यसरी नै नेपाली सवारी साधनहरु भारतमा जाने गरी समानतामा आधारित सम्झौता भएको छ ।

३५. नेपाल भारत दुई देशबीच पर्यटन प्रबद्र्धनका लागि रामायण सर्किट, बुद्धिस्ट सर्किट, पर्यटन विश्वविद्यालयहरुबीच शैक्षिक कार्यक्रम आदानप्रदान गर्ने सम्झौता भएको छ ।
३६. विराटनगर विमानस्थलको उडान सुदृढीकरण र विमानस्थल स्तरोन्नतिका लागि ३२ प्रतिशत मुआब्जा वितरण सम्पन्न भएको छ र ६८ प्रतिशत चालु आर्थिक आर्थिक बर्षमा सम्पन्न हुने छ ।
३७. ऐतिहासिक पुरातात्विक सम्पदा सम्पन्न गर्ने उद्देश्यका साथ सम्पदा पुनर्निर्माण बर्षका रुपमा अगाडि बढेको छ । जसमा बसन्तपुर क्षेत्रमा भूकम्पबाट क्षतिग्रस्त लक्ष्मीनारायण मन्दिर, कागेश्वर, सरस्वती र महादेव मन्दिरसहित ऐतिहासिक हनुमानढोका दरवार गद्दी बैठक निर्माण सम्पन्न भएको छ ।
३८. स्वयंभूस्थित अनन्तपुर र किमडोल गुम्वाको पुनर्निर्माण कार्य सम्पन्न भएको छ ।
३९. खोकना मछिन्द्रनाथको पुनर्निर्माणका लागि Stone Carving को काम र चाँगुनारायणस्थित बलम्बु पाटी र छिन्नमस्ताको मन्दिर पुनर्निर्माण कार्य सम्पन्न भएको छ ।
४०. भक्तपुरको महामञ्जुश्री सत्तल कार्य सम्पन्न भएको छ । तलेजु भवानी मन्दिर अन्तिम चरणमा र सूर्यविनायक गणेश आमा मन्दिर पुनः निर्माण कार्य सम्पन्न भएको छ ।
४१. नेपालको पर्यटन प्रबद्र्धनका लागि सहकार्य गर्न थाइल्याण्ड सरकारसँग तथा श्रीलंका सरकारसँगको समझदारी (MOU) लाई अघि बढाइएको छ ।

४२. स्थलगत अनुगमनपछि पाटनको कृष्ण मन्दिर तोकिएको समयमा सम्पन गर्नेगरी निर्माण कार्य भइरहेको छ ।
४३. सर्लाही मुर्तियास्थित शिव मन्दिर, नवलपरासी सिक्रौलस्थित कैलाश आश्रम, दाङ जिल्लास्थित अम्विकेश्वरी मन्दिर लगायतका १४ वटा आयोजनाहरुको ठेक्का सम्झौता सम्पन्न गर्ने काम भएको छ ।
४४. राष्ट्रिय अभिलेखालयमा संकलित ३१००० विविध विषयका हस्तलिखित ग्रन्थहरुमध्ये ११,५५० हस्तलिखित ग्रन्थको करिव ६,५५,००० इमेजको क्याटलगिङ, ट्यागिङ गरी सफ्टवेयरमा अभिलेख कार्य सम्पन्न भएको छ ।

४५. मोरङस्थित मदन भण्डारी संग्रहालय, स्याङ्जा रामकोटस्थित गुरुङ संग्रहालय, कास्की लेखनाथस्थित कवि शिरोमणि लेखनाथ संग्रहालय, सुनसरीस्थित माझी संग्रहालयहरुको निर्माण कार्य सम्पन्न भएका छन् ।
४६. प्रसिद्ध धार्मिक पर्यटकीय स्थल मुक्तिनाथ क्षेत्रको गुरुयोजना तयार भएको छ ।
४७. दोलखा र रामेछापको सीमानामा पर्ने सैलुङमा भ्यूटावर निर्माण कार्य सम्पन्न भएको छ ।
४८. एसियाको पहिलो अपाङ्ग मैत्री पदयात्रा मार्ग (Accessible Trekking Trail) कास्कीको नौडाँडामा सञ्चालनमा आएको छ । र, गुरिल्ला ट्रेल र यार्सा ट्रेलको १०÷१० किलोमिटर पदयात्रामार्ग निर्माण कार्य सम्पन्न भएको छ ।

४९. हेलम्बु ,लामटाङ, मकालु बरुण, दोलखा क्षेत्रको पदमार्ग निर्माण कार्य सम्पन्न भएको छ ।
५०. नेपालको पूर्व–पश्चिमको हिमाली क्षेत्र जोड्ने Great Himalayan Trail (GHT) को दोलखाको जगत/टासिनाम/डालदुङ/बेदिङ ट्रेल र रसुवाको पार्वतीकुण्ड/सोमदाङ खण्डको २० किलोमिटर पदयात्रा मार्ग निर्माण सम्पन्न भएको छ ।
५१. विश्वका ५० भन्दा बढी अन्तर्राष्ट्रिय मिडिया र ब्लगरसहितको अन्तर्राष्ट्रियस्तरको हिमालयन ट्राभल मार्ट सम्पन्न भएको छ ।

५२. आन्तरिक पर्यटन प्रवद्र्धनको लागि रारा–कर्णाली पर्यटन वर्ष अभियान लगायतका अभियानहरुको प्रवद्र्धन कार्यकम चलिरहेको छ ।
५३. चालु आर्थिक बर्षभित्र पर्यटकीय आधार क्षेत्र विस्तार गर्ने उद्देश्यका साथ १०० वटा नयाँ ठाउँ छनौट बजेट व्यवस्थासहित कार्य अगाडि बढेको छ ।
५४. सातवटै प्रदेशमा एक÷एक वटा नमूना पर्यटकीय गन्तव्यस्थल विकासको लागि विस्तृत आयोजना प्रतिवेदन (DPR) निर्माण गरिएको छ ।
५५. सातवटै प्रदेशहरुको संस्कृति र पर्यटकीय सम्पदाहरु झल्किने गरी Short Video बनाई Lunch गरिएको छ ।

५६. निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको वातावरणीय परीक्षण प्रतिवेदन स्वीकृत गरिएको छ ।
५७. CAANले गरेको Air router को सहमति
५८. त्रिभुवन International तथा Domestic विमानस्थलको स्त्तरोन्नति कार्य लक्ष्य अनुरुप प्रगति प्राप्त भएको छ ।
५९. अन्तर्राष्ट्रिय उडानमा हुने यात्रु ब्यागेज तथा कार्गोको सुरक्षा सम्बन्धी नियम समेटिएको Montreal Convention नेपाल सरकार मन्त्रिपरिषद्बाट स्वीकृत भएको छ ।

प्रतिक्रिया

7 कमेन्ट

    Comment Author

    Thapachhabiraj Thapa

    Xote Malik

    Comment Author

    Gyan Karki

    Jwam pani tehi anupatma suninxa ni !

    Comment Author

    Hira Kumar Shrestha

    माननीय मन्त्रि तपाइको हरेक काम विकास विरोधीहरुको लागि दर्हो झारखंड हुनेछ

    Comment Author

    Gobinda Neupane

    १. ६० करोड को अत्यन्तै राम्रो सङ्ग ब्यबस्थापन ।
    २.एअरपोर्ट मा अत्यन्तै राम्रो सेटिङ्का साथ कमाउने सबै कार्य को उचित ब्यबस्थापन ।
    ३.आफ्नो निर्वाचन क्षेत्र को मात्रै मन्त्री को भुमिका अति नै उच्च कोटिको प्रदर्शन ।
    ४.वाइडबडी मा सोचेको भन्दा धेरै राम्रो आए आर्जन।
    ५.जताततै एअरपोर्ट बनाउने बहानामा धेरै ठुलो कमिसन आर्जन गराउन सफल लगायत धेरै धेरै काम हरु छन उहाँ जस्तो होनहार मन्त्री ज्यु ले गर्नु भ को काम भनी साध्यै छैन।।।

    Comment Author

    Subarna Prasad Subedi

    के के कामहरु भएछन्? अचम्म भयो त।

    Comment Author

    Jhanak Puri

    Yinle pani kam gare ra bhanya-Hyatt ma suruwal ma su gare bhanthe?

    Comment Author

    Narbahadur Gharti

    कुन कुन काम पर्यो यसमा भ्रष्टाचार देखी मेडियाको माइक फाल्नेसम्म होला होइन ?

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 7
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काँडा गाउँपालिका–५ मा एमालेको प्यानल निर्विरोध
काँडा गाउँपालिका–५ मा एमालेको प्यानल निर्विरोध
प्रचण्ड तनाव भयो भने सुकेटे नै किन पुग्छन्!
प्रचण्ड तनाव भयो भने सुकेटे नै किन पुग्छन्!
आज प्रदेश ४ र ६ मा मुख्यमन्त्रीको सपथ, सातै प्रदेशमा मुख्यमन्त्रीको टुंगो
आज प्रदेश ४ र ६ मा मुख्यमन्त्रीको सपथ, सातै प्रदेशमा मुख्यमन्त्रीको टुंगो
उपत्यकाभित्र सार्वजनिक स्थलको अभाव
उपत्यकाभित्र सार्वजनिक स्थलको अभाव
नागरिकता विधेयक प्रमाणीकरणको प्रतिपक्षबाट विरोध, सत्तापक्षको समर्थन
नागरिकता विधेयक प्रमाणीकरणको प्रतिपक्षबाट विरोध, सत्तापक्षको समर्थन
लिवियाका लागि नयाँ नेपाली शान्ति टोली प्रस्थान
लिवियाका लागि नयाँ नेपाली शान्ति टोली प्रस्थान
अस्पतालले कामबाट हटाएपछि शरिरमा आगो लगाएका शिद्धार्थको मृत्यु
अस्पतालले कामबाट हटाएपछि शरिरमा आगो लगाएका शिद्धार्थको मृत्यु
बूढीगण्डकी जलविद्युत् आयोजना स् मुआब्जा तोक्न नसके क्षतिपूर्तिसहित जग्गा फुकुवा गर्न माग
बूढीगण्डकी जलविद्युत् आयोजना स् मुआब्जा तोक्न नसके क्षतिपूर्तिसहित जग्गा फुकुवा गर्न माग
अरब अन्तर संसदीय संघद्वारा अमेरिकी मध्यपूर्वी शान्ति योजना अस्वीकार
अरब अन्तर संसदीय संघद्वारा अमेरिकी मध्यपूर्वी शान्ति योजना अस्वीकार
राष्ट्रियसभा सदस्यको लागि आज मनोनयन दर्ता
राष्ट्रियसभा सदस्यको लागि आज मनोनयन दर्ता

तपाईंले छुटाउनुभयो कि?