पोखरा प्रिमियर लिग: पोखरा पल्टन दाेस्राे चरणमा प्रवेश
सारांश
- काठमाडाै,१७ कात्तिक ।
- घरेलु टोली पोखरा पल्टन पोखरा प्रिमियर लिगको दोस्रो चरणमा पुग्ने पहिलो टोली बनेको छ।
- पोखरा रंगशालास्थित क्रिकेट मैदानमा शनिबार विहान सम्पन्न खेलमा काठमाडौं रोयल्सलाई ४ विकेटले पराजित गर्दै पोखराले शीर्ष स्थानमा स्थान सुनिश्चित गरेको हो।
काठमाडाै,१७ कात्तिक । घरेलु टोली पोखरा पल्टन पोखरा प्रिमियर लिगको दोस्रो चरणमा पुग्ने पहिलो टोली बनेको छ। पोखरा रंगशालास्थित क्रिकेट मैदानमा शनिबार विहान सम्पन्न खेलमा काठमाडौं रोयल्सलाई ४ विकेटले पराजित गर्दै पोखराले शीर्ष स्थानमा स्थान सुनिश्चित गरेको हो।
प्रतियोगिताको नियम अनुसार समुह चरणको शीर्षस्थान रहने टोली सिधैँ फाइनलमा प्रवेश गर्नेछ भने दोस्रो र तेस्रोमा रहने टोलीले इलिमिनेटर खेल्नेछ। इलिमिनेटरको विजेता फाइनलमा पुग्ने अर्को टोली बन्नेछ। समुह चरणको अन्तिम खेल बाँकी रहँदा पोखरा ६ अंकका साथ शीर्ष स्थानमा पुगेको छ। यस्तै समान अंक भएपनि रनरेटका आधारमा काठमाडौं दोस्रो र धनगढी तेस्रो स्थानमा छ। दोस्रो चरणमा पुग्ने बाँकी दुई टोलीको टुंगो भने केहीछिनमा हुने चितवन राइनोज र पोखरा पल्टनबीचको खेलले निर्धारण गर्नेछ। सोही खेलको नतिजा पछि फाइनलमा पुग्ने र इलिमिनेटर खेल्ने टोलीको टुंगो समेत लाग्नेछ।
काठमाडाैले दिएको एक सय चार रनको सामान्य लक्ष्य पोखराले १५.४ ओभरमा ६ विकेट गुमाएर भेटाएको थियो। उसका मोहम्मद नाविदले ३६, मोहम्मद नाविदले १७, आसिफ सेखले १६ र कुशल भुर्तेलले १४ रन जोडेका थिए। बलिङ तर्फ अमरसिंह रौटेलाले २ तथा सुशान भारी, नन्दन यादव, पवन सर्राफ र सुशान भारीले समान १–१ विकेट लिएका थिए। त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको काठमाडौंले १९।१ ओभरमा सबै विकेट गुमाएर एक सय तीन रनमात्रै बनाउन सकेको थियो।
काठमाडौंका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ३१ रनको पारी खेले। २८ बल खेलेका उनले ३ चौका र १ छक्का प्रहार गरे। बसन्त रेग्मीले १९ रन जोडे। उनले १२ बलमा १ चौका र २ छक्का प्रहार गरे। यस्तै ओपनर अमित श्रेष्ठले १७ बलमा २१ रनको पारी खेले। उनले ३ चोका र १ छक्का प्रहार गरे।
काठमाडौंले एकपछि अर्को गर्दै विकेट गुमाएपछि ठूलो स्कोर बनाउँन नसकेको हो। उसका विदेशी खेलाडीद्धय जयकिशन कोल्सावाला र गौरव तमोर शुन्यमै पवेलियन फर्किएका थिए। यस्तै पवन सर्राफ १२, नरेश बुढाऐर ६, आदिल खान ७ र अमरसिंह रौटेला एक रनमै आउट भए।
पोखराका ललितनारायण राजवंशीले ३ विकेट लिए। चार ओभरको स्पेलमा उनले १८ रन खर्चेका थिए। यस्तै रासिद खान र मोहम्मद नाविदले समान दुई तथा विक्रम भुषालले एक विकेट लिए।
प्रतिक्रिया