राप्ती लोकमार्ग : बिग्रियो ‘ओटासिल’

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र १२, २०७९
|
|
२३ पटक हेरिएको
Shares
राप्ती लोकमार्ग : बिग्रियो ‘ओटासिल’

सारांश

  • तुलसीपुर ।
  • राप्ती लोकमार्ग ठाउँ–ठाउँमा जीर्ण छ ।
  • दाङ, सल्यान हुँदै रुकुमसम्म नै सडकबीचमा खाल्डाखुल्डी छन् ।

तुलसीपुर । राप्ती लोकमार्ग ठाउँ–ठाउँमा जीर्ण छ । दाङ, सल्यान हुँदै रुकुमसम्म नै सडकबीचमा खाल्डाखुल्डी छन् । जिम्मा पाएका निर्माण कम्पनीले पनि समयमा काम गरेका छैनन् । जसले गर्दा आवतजावतमा पनि समस्या छ भने दुर्घटनाको जोखिम पनि उत्तिकै छ । “आवतजावत गर्दा धुलाम्मे हुन्छ, खाल्डाखुल्डीले पनि उत्तिकै समस्या पार्छ”, सल्यानबाट दाङ आउँदै गरेका यात्रु रुद्रबहादुर रेउलेले भने, “दुर्घटनाको जोखिम उत्तिकै छ ।”

सल्यान कपुरकोटबाट तुलसीपुर पुग्दा मानिस चिन्न नसिकने अवस्था रहने यात्रुहरूको गुनासो छ । त्यस्तै समय पनि धेरै लाग्ने गर्छ । “धुलोले शरीर थपक्कै ढाकेको हुन्छ”, मोटरसाइकल चालक लक्ष्मण केसीले भने, “खाल्डाखुल्डीले गर्दा पहिलेजस्तो छिटो पनि आउन सकिँदैन, आधा घण्टा लाग्ने ठाउँमा एक डेढ घण्टा लाग्छ ।”

बिग्रिएको ठाउँमा मर्मतका लागि ठेक्का भइसकेको सडक डिभिजन कार्यालय दाङका प्रमुख रामपुकार जैसवालले बताए । “धेरै ठाउँमा सडक बिग्रिएको छ, अहिले स–साना ठेक्का लागिरहेका छन्”, उनले भने “स–साना ठेक्काको काम सकेपछि अर्को वर्षदेखि ठूलो ठेक्का लाग्छ ।”

ठाउँ–ठाउँमा ठेक्का गरिएको भए पनि ठेकेदारले काम गरेको अवस्था छैन । पटक–पटक म्याद थप गर्ने कार्य भइरहेको छ । यो आर्थिक वर्षभित्र सडक मर्मतको काम सक्ने योजना रहेको प्रमुख जैसवालको भनाइ छ ।

राप्ती लोकमार्ग सुरुमा ओटासिल प्रविधिबाट कालोपत्र गरिएको हो । त्यो थोरै सवारी चल्दाको कालोपत्र भए पनि अहिले धेरै सवारी चल्दा ठाउँ–ठाउँमा बिग्रिएको उनको भनाइ छ । तुलसीपुरबाट रुकुमपश्चिम खौलासम्मको सडक ठाउँ–ठाउँमा बिग्रिएको छ । तीन वर्षदेखि राप्ती लोकमार्गका लागि भनेर छुट्टै बजेट आउने गरेको छ ।

चालु वर्षका लागि मात्रै विभिन्न २० खण्डमा करिब रु ४८ करोड बजेट परेको छ । सडकमा खाल्डाखुल्डी हुँदा चालु वर्षमा मात्रै तीन दर्जन बढीको दुर्घटनाबाट मृत्यु भइसकेको छ । यस सडकमा बर्सेनि करोडौँ बजेट विनियोजन गरेको भए पनि काम भने नहुने गरेको पाइएको छ ।

(masconvention.org)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संविधान संशोधन प्रस्तावको विपक्षमा किन सांसद सरिता गिरी ?
संविधान संशोधन प्रस्तावको विपक्षमा किन सांसद सरिता गिरी ?
कस्ताे छ मंगलबारको राशिफल?
कस्ताे छ मंगलबारको राशिफल?
‘एक पालिका, एक हुलाक’को अवधारणा कार्यान्वयन गरिनेछ : मन्त्री शर्मा
‘एक पालिका, एक हुलाक’को अवधारणा कार्यान्वयन गरिनेछ : मन्त्री शर्मा
जगदम्बा उद्योग माथि कारवाही
जगदम्बा उद्योग माथि कारवाही
डिशहोम सिनेमाघर च्यानल १०८ मा “पञ्चायत”को चार शो, हेर्न यसो गर्नुहोस्
डिशहोम सिनेमाघर च्यानल १०८ मा “पञ्चायत”को चार शो, हेर्न यसो गर्नुहोस्
दार्जिलिङ आन्दोलन भड्कियो सेनाले दमन गरि गोलि चलायो, तीन नेपाली भाषीको मृत्यु (तस्बिरसहित)
दार्जिलिङ आन्दोलन भड्कियो सेनाले दमन गरि गोलि चलायो, तीन नेपाली भाषीको मृत्यु (तस्बिरसहित)
एक महिनादेखि टुकीको भरमा, किसानलाई नोक्सान
एक महिनादेखि टुकीको भरमा, किसानलाई नोक्सान
एक कराेड लगानीमा खाेलिएकाे याे फार्मका कुखुराले सुन्छन् भजन !
एक कराेड लगानीमा खाेलिएकाे याे फार्मका कुखुराले सुन्छन् भजन !
कांग्रेसका १२ केन्द्रीय सदस्यको सामूहिक माग ‘शीघ्र महाधिवेशन’
कांग्रेसका १२ केन्द्रीय सदस्यको सामूहिक माग ‘शीघ्र महाधिवेशन’
प्रचण्डले ओलीको प्रशंसा गर्दै भने – ‘चुनावमा जिम्मेवार नेताको भूमिका निर्वाह गर्नुभयो
प्रचण्डले ओलीको प्रशंसा गर्दै भने – ‘चुनावमा जिम्मेवार नेताको भूमिका निर्वाह गर्नुभयो

तपाईंले छुटाउनुभयो कि?