चर्चित टिभी सीरियल ‘सीआईडी’ बन्द हुने
सारांश
- एजेन्सी ।
- ‘दया केही त गडबड छ…’ लोकप्रिय टिभी सीरियल ‘सीआईडी’ को यस डाइलगलाई सुन्दा सुन्दा कयौं बालक जवान भइसके।
- तर २० वर्षदेखि लगातार चल्दै आएको यो शो अब बन्द हुँदैछ।
एजेन्सी । ‘दया केही त गडबड छ…’ लोकप्रिय टिभी सीरियल ‘सीआईडी’ को यस डाइलगलाई सुन्दा सुन्दा कयौं बालक जवान भइसके। तर २० वर्षदेखि लगातार चल्दै आएको यो शो अब बन्द हुँदैछ।
यसको पहिलो भाग २१ जनवरी १९९८ मा प्रशारण भएको थियो भने अन्तिम भाग २७ अक्टोबर २०१८ मा प्रशारण हुनेछ। अहिलेसम्म यो सीरियलको १५४६ भाग प्रशारण भइसकेका छन्। शो बन्द हुने खबरले यसमा फ्यान मात्रै दुखी छैनन् बरु यसमा काम गर्ने कलाकारलाई पनि यो शो बन्द हुँदैछ भन्ने कुरामा विश्वास लागेको छैन। यो सीरियल र यसका कलाकारसँग जोडिएका केही रमाइला जानकारी आज हामी तपाइँलाई दिँदैछौं जुन अहिलेसम्म सार्वजनिक भएका छैनन्।
यो सीरियलका मुख्य पात्र एसीपी प्रद्युम्न अर्थात शिवाजी साटम दर्शकबीच निकै चर्चित छन्। उनलाई सामाजिक संजालमा मीम्स पनि भनिन्छ। यद्यपी कमैलाई मात्र थाहा होला अभियनमा आउनु पूर्व उनी सेन्ट्रल बैंक अफ इण्डिया, मुम्बईको वर्ली नाका ब्रान्चमा २३ वर्षसम्म क्याशियरका रुपमा काम गर्थे। शिवाजी साटम एकतर्फ मराठी थिएटर गर्थे भने अर्को तर्फ बैंकमा जागिर पनि गथे। एक अन्तर्वातामा उनले सीआईडीका निर्माता बीपी सिंहले उनलाई एसीपी प्रद्युम्नको रोल अफर गरेको बताएका थिए।
यसअघि उनले एक मराठी नाटक ‘१००’ मा उनले एक प्रहरीको भूमिका निर्वाह गरेका थिए। यही भूमिका निर्वाह गरेका कारण उनले एसीपीको भूमिका निर्वाह गर्ने हिम्मत गरे। शिवाजीकी श्रीमतीको नाम अरुणा हो र उनीहरुको एक छोरा र एक छोरी छन्। शिवाजीले वास्तव, नायक, जिस देश में गंगा रहता है र सूर्यवंशम जस्ता फिल्ममा पनि काम गरिसकेका छन्।
सीआईडीको पहिलो भाग ‘किस्सा जहर का ः पार्ट १’ सीरियल सुरु हुनु भन्दा करिव ६ वर्ष पहिला अर्थात १९९२ मा शुटिङ गरिएको थियो।
लोकप्रिय फिल्म लगानका निर्देशक आशुतोष गोवारिकर र अभिनेत्री यामी गौतमले सीआईडीको सूरको भागमा काम गरिसकेका छन्।
सीआईडीको १११ मिनेट लामो सिंगल शट गिनीज वल्र्ड रेकर्ड्स र लिम्का बुक अफ रेकडर््समा उल्लेख छ। सीरियलको एक भाग ‘द इनहेरिटेन्स’ ८ अक्टोबर २००४ मा ओनावलामा शुटिङ गरिएको थियो। जसलाई बिना ब्रेक ७ नोभेम्बर २००४ मा प्रशारण गरिएको थियो।
सीआईडीका कलाकार जस्तै जुन गाडीमा सीआईडीको टीम घुम्छ त्यो जीप पनि निकै लोकप्रिय छ। सीआईडीको टीम सुरु देखि नै टोयोटा क्वालिस गाडीको प्रयोग गरिरहेको छ। एसीपीको फेभरेट र शोमा क्रिमिनलका रुपमा आएका अभिजीतलाई पछि सीआईडीको हिस्सा बनाइयो।
यो सीरियलमा इस्पेक्टर दयाको नामबाट चर्चित दयानन्द शेट्टीको नाम उनको वास्तविक नामबाट नै राखिएको छ। अझ रमाइलो त के भने दया सीआईडीका यस्ता एक्ला कलाकार हुन् जो आफ्नो सबै स्टंट सीन बडी डबलको सहयोग विना स्वंय गर्छन्।
सीआईडीको लोकप्रियता कतिसम्म छ भने सबै बलिउड सेलिब्रीटी आफ्नो फिल्मको प्रमोशन गर्न सीआईडीमा आएका छन्। यसमा सलमान खान, करीना कपुर अमिर खान अजय देवगन जस्ता कलाकार फिल्म प्रमोशन गर्न सीआईडीमा आएका छन्।
शोका सबै भन्दा रमाइला पात्र दिनेश फडणवीस उर्फ फ्रेडरिक्स अभियन मात्र गर्दैनन् उनले केही सीरियलको केही भागको कथा लेखेका पनि छन्।
प्रतिक्रिया