कर्मचारीको हड्तालपछि अनिश्चतकालका लागि आइफिल टावरको सेवा बन्द

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष १२, २०८०
|
|
२० पटक हेरिएको
Shares
कर्मचारीको हड्तालपछि अनिश्चतकालका लागि आइफिल टावरको सेवा बन्द

सारांश

  • पेरिस।
  • फ्रान्सस्थित विश्वकै प्रमुख पर्यटकीय गन्तव्यमध्येको आइफिल टावरले कर्मचारी हडतालमा उत्रिएपछि अनिश्चितकालका लागि सेवा बन्द गरिएको छ।
  • टावर हेर्नका लागि दिइँदै आएको पर्यटककीय सेवा अनिश्चतकालका लागि अवरूद्ध बनेको टावर सञ्चालक समितिले पुष्टि गरेका छ।

पेरिस। फ्रान्सस्थित विश्वकै प्रमुख पर्यटकीय गन्तव्यमध्येको आइफिल टावरले कर्मचारी हडतालमा उत्रिएपछि अनिश्चितकालका लागि सेवा बन्द गरिएको छ। टावर हेर्नका लागि दिइँदै आएको पर्यटककीय सेवा अनिश्चतकालका लागि अवरूद्ध बनेको टावर सञ्चालक समितिले पुष्टि गरेका छ।

टावर निर्माण गर्ने इन्जिनियर गुस्ताभ आइफिलको मृत्युको १०० औँ वर्ष पुगेको सन्दर्भमा टावर व्यवस्थापन सम्बन्धी कमजोरी देखाउँदै यसमा कार्यरत कर्मचारीले हडताल गरेका फ्रान्सको श्रमिक महासङ्घ (सीजीटी) ले एक विज्ञप्तिमा जनाएको छ।

सेटेले आगन्तुकहरूसँग माफी माग्दै बुधबारका लागि इलेक्ट्रोनिक टिकट भएका सबै आगन्तुक पर्यटकलाई ‘उनीहरूको इमेल जाँच गर्न’ भन्दै सेवा अवद्धताबारे जानकारी गराएको छ।

पेरिसको सबैभन्दा प्रसिद्धस्थल आइफिल टावरले हरेक वर्ष करिब ७० लाख आगन्तुकहरूलाई आकर्षित गर्दछ, जसमध्ये करिब तीन चौथाइ विदेशी पर्यटक रहने गर्छन्। आइफिलको २७ डिसेम्बर १९२३ मा ९१ वर्षको उमेरमा निधन भएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?