अम्पायरसँगकाे असन्तुष्टि सन्दिपलाई पर्याे भारी !
सारांश
- काठमाडाैँ,१८ कात्तिक ।
- पोखरामा जारी पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगितामा विराटनगर टाईटन्सका कप्तान तथा स्टार स्पीनर सन्दीप लामिछाने कारवाहीमा परेका छन् ।
- लिगको अन्तिम खेलमा आईसीसीको नियम उल्लंघन गरेको आरोपमा सन्दिप कारवाहिमा परेका हुन् ।
काठमाडाैँ,१८ कात्तिक । पोखरामा जारी पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगितामा विराटनगर टाईटन्सका कप्तान तथा स्टार स्पीनर सन्दीप लामिछाने कारवाहीमा परेका छन् । लिगको अन्तिम खेलमा आईसीसीको नियम उल्लंघन गरेको आरोपमा सन्दिप कारवाहिमा परेका हुन् । सन्दीपले खेलको दौरान अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसिसी) को नियम उल्लघन गरेको भन्दै आयोजक पिपिएलले कारबाही गरेको हो । कारबाही स्वरूप सन्दीपको एक अंक घटाइएको छ ।
पीपीएल क्रिकेट अन्तर्गत शानिबार चितवन राइनोजविरुद्धको खेलमा सन्दीपले एम्पायरको निर्णयमा प्रश्न उठाएका थिए । उनले मैदानमा पटक पटक अम्पायर विनय झा र संजय गुरुङसंग आपत्ति जनाएका थिए । जसको कारण खेलका अम्पायर सत्यजित सरकारले सन्दीपलाई कारबाही गरे । खेलको दौरान सन्दीपले अम्पायरको निर्णयमा आपत्ति र दुर्व्यबहार जनक व्यवहार गरेपछि समर्थकहरुले समेत सन्दीपविरुद्ध नारा लगाएका थिए । समर्थकहरुले सन्दीपलाई घमण्डी भन्दै नाराबाजी गरेका थिए ।
अन्तिम खेलमा सन्दीपको टिम विराटनगर चितवनसंग ४ विकेटले पराजित भएको थियो ।
प्रतिक्रिया