बौद्ध स्तुप छेड्नेलाई कारवाही माग गर्दै जुलुस

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ १७, २०७५
|
|
३२ पटक हेरिएको
Shares
बौद्ध स्तुप छेड्नेलाई कारवाही माग गर्दै जुलुस

सारांश

  • युनेस्कोद्वारा विश्व सम्पदा क्षेत्र घोषित बौद्ध महास्तुपमा गैरधार्मिक गतिविधि तथा अतिक्रमणकारी कामहरु भइरहेको भनी विभिन्न २२ बौद्ध संघसंस्थाहरुले विरोध जनाएका छन् ।
  • विशेष गरी त्यहाँ गुठी संस्थानले नियुक्त गरेका चिनियाँ लामा भूपति वज्र लामाले नियुक्त भएदेखि नै बौद्धलाई आफ्नो पेवा ठानी विभिन्न विवादास्पद क्रियाकलापहरु गर्दै आइरहेको भनी बिहिबार “बौद्ध स्तूप जोगाऔं नक्कली गुरु रिम्पोछे भूपतिवज्र हटाऔं स्रघर्ष समिति”मा आवद्ध संघसंस्थाहरुले विरोध जुलुस तथा पत्रकार सम्मेलनको आयोजना गरेका थिए ।
  • उनीहरुले एक पर्चा मार्फत २०७३ साल असार ७ गते गुठी संस्थानले नियुक्त गरेका चिनियाँ लामा भूपतिवज्र लामाले सबैको साझा धरोहर एवं आस्थाको केन्द्रविन्दु बौद्ध स्तूपमा सम्बन्धित निकायको निर्देशनमा तथा जनभावना विपरित आफ्नै निजी कम्पनी जस्तै स्वेच्छाचारी ढंगले घ्याङ गुठी संचालन गरेको र आफूलाई स्वघोषित रुपमा गुरु रिन्पोछेको अवतारी र परम पुजनीय धर्मगुरु भनी सिंगो बौद्ध जगतलाई भ्रमित गरेको समेत आरोप लगाएका छन् ।

युनेस्कोद्वारा विश्व सम्पदा क्षेत्र घोषित बौद्ध महास्तुपमा गैरधार्मिक गतिविधि तथा अतिक्रमणकारी कामहरु भइरहेको भनी विभिन्न २२ बौद्ध संघसंस्थाहरुले विरोध जनाएका छन् ।

विशेष गरी त्यहाँ गुठी संस्थानले नियुक्त गरेका चिनियाँ लामा भूपति वज्र लामाले नियुक्त भएदेखि नै बौद्धलाई आफ्नो पेवा ठानी विभिन्न विवादास्पद क्रियाकलापहरु गर्दै आइरहेको भनी बिहिबार “बौद्ध स्तूप जोगाऔं नक्कली गुरु रिम्पोछे भूपतिवज्र हटाऔं स्रघर्ष समिति”मा आवद्ध संघसंस्थाहरुले विरोध जुलुस तथा पत्रकार सम्मेलनको आयोजना गरेका थिए ।

उनीहरुले एक पर्चा मार्फत २०७३ साल असार ७ गते गुठी संस्थानले नियुक्त गरेका चिनियाँ लामा भूपतिवज्र लामाले सबैको साझा धरोहर एवं आस्थाको केन्द्रविन्दु बौद्ध स्तूपमा सम्बन्धित निकायको निर्देशनमा तथा जनभावना विपरित आफ्नै निजी कम्पनी जस्तै स्वेच्छाचारी ढंगले घ्याङ गुठी संचालन गरेको र आफूलाई स्वघोषित रुपमा गुरु रिन्पोछेको अवतारी र परम पुजनीय धर्मगुरु भनी सिंगो बौद्ध जगतलाई भ्रमित गरेको समेत आरोप लगाएका छन् ।

उनीहरुले युनेस्को विश्वसूचीमा समेत दर्ता भएको बौद्धमा धार्मिक वातावरण कायम गराउन संस्कृति मन्त्रालय, पुरातत्व विभाग तथा गुठी संस्थान लगायत सम्बन्धित सबै निकायको ध्यानाकर्षण गराएका छन् ।
जुलुस पश्चात् आयोजित कोणसभामा संघर्ष समितिका संयोजक खड्गजीत लामाले बौद्धमा विभिन्न जातजातिका बौद्धहरुको आगमन तथा पुजा पाठ हुने भएकोले सबैको सहभागितामा विकास समितिको निर्माण गर्नुपर्ने माग राखे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गुल्मीमा पहिराले घरगोठ बगायो
गुल्मीमा पहिराले घरगोठ बगायो
विश्वासको मत र संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा १० दलमा एकमत
विश्वासको मत र संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा १० दलमा एकमत
आज ७ जनाको मृत्युभएसँगै कोरोनाबाट मृत्यु हुनेको सख्या २ हजार नाघ्यो
पहिरो प्रभावितलाई तत्काल सहयोग हुन्छः सभामुख
संघीय समाजवादी फोरम र नेकपा माओवादी कम्युनिष्ट केन्द्रबीच एकीकरण
संघीय समाजवादी फोरम र नेकपा माओवादी कम्युनिष्ट केन्द्रबीच एकीकरण
पोखराको सेती नदीको खोचमा परेका एक युवाको सुरक्षाकर्मीद्धारा उद्धार
पोखराको सेती नदीको खोचमा परेका एक युवाको सुरक्षाकर्मीद्धारा उद्धार
फनपार्कको जग्गा सित्तैमा दिंदा भ्रष्टाचार मुद्दामा मुछिए पूर्वमन्त्रीदेखि नेतासम्म
फनपार्कको जग्गा सित्तैमा दिंदा भ्रष्टाचार मुद्दामा मुछिए पूर्वमन्त्रीदेखि नेतासम्म
गृहमन्त्रीद्वारा सशस्त्र प्रहरी बलको अवलोकन भ्रमण
गृहमन्त्रीद्वारा सशस्त्र प्रहरी बलको अवलोकन भ्रमण
स्पेनले पनि स्वीकार ग¥यो गुइदोलाई राष्ट्रपति
स्पेनले पनि स्वीकार ग¥यो गुइदोलाई राष्ट्रपति
जनकपुरधाममा विवाहपञ्चमी महामहोत्सव, २० लाखभन्दा बढी दर्शनार्थीहरू सहभागी
जनकपुरधाममा विवाहपञ्चमी महामहोत्सव, २० लाखभन्दा बढी दर्शनार्थीहरू सहभागी

तपाईंले छुटाउनुभयो कि?