प्रधानमन्त्री र सत्तारुढ गठबन्धनमा शीर्ष नेताबीच छलफल

Shikharkhabar Shikharkhabar
|
शनिबार, बैशाख २, २०८०
|
|
४२ पटक हेरिएको
Shares
प्रधानमन्त्री र सत्तारुढ गठबन्धनमा शीर्ष नेताबीच छलफल

सारांश

  • काठमाडौँ ।
  • मन्त्रिपरिषद्लाई पूर्णता दिनेलगायतका विषयमा सत्तारुढ दलका शीर्ष नेताबीच आज छलफल भएको छ ।
  • प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलमा मन्त्रिपरिषद् विस्तार र उपनिर्वाचनका विषयमा कुराकानी भएको प्रधानमन्त्रीका प्रेस विज्ञ मनोहरि तिमिल्सिनाले जानकारी दिए ।

काठमाडौँ । मन्त्रिपरिषद्लाई पूर्णता दिनेलगायतका विषयमा सत्तारुढ दलका शीर्ष नेताबीच आज छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलमा मन्त्रिपरिषद् विस्तार र उपनिर्वाचनका विषयमा कुराकानी भएको प्रधानमन्त्रीका प्रेस विज्ञ मनोहरि तिमिल्सिनाले जानकारी दिए ।

हाल प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग विभिन्न छ वटा मन्त्रालयको समेत कार्यभार छ । तत्काल मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारीस्वरुप प्रधानमन्त्रीले सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँग छलफल गरेका हुन् ।

बैठकमा कांग्रेसका उपसभापति तथा उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का र महामन्त्री गगनकुमार थापा, नेकपा९एकीकृत समाजवादी०का महासचिव घनश्याम भुसाललगायतको उपस्थिति रहेको प्रेसविज्ञ तिमिल्सिनाले जानकारी दिए । सो अवसरमा प्रधानमन्त्रीले मन्त्रिपरिषद्लाई पूर्णता दिन आग्रह गर्नुभएको थियो । सरकारको काम कारवाहीलाई प्रभावकारी बनाउनका लागि सरकारको पूर्णता जरुरी रहेको भन्दै प्रधानमन्त्रीले सत्तारुढ दलका शीर्ष नेतालाई आग्रह गरेकाे बुझिएको छ ।

काँग्रेसले थप मन्त्रीको नाम नदिँदा सरकारले पूर्णता प्राप्त गरेको छैन ।प्रधानमन्त्री प्रचण्ड काँग्रेसबाट थप चार मन्त्री र अन्य दललाई थप दुई मन्त्रालय दिएर सरकारलाई पूर्णता दिने तयारीमा छन् ।

(https://bettysco.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कसरी छानिए कांग्रेसबाट श्रेष्ठ, कार्की र मन्सुर मन्त्रीमा
कसरी छानिए कांग्रेसबाट श्रेष्ठ, कार्की र मन्सुर मन्त्रीमा
मोदी भदौमा नेपाल आउने, कमान्डो टोली नेपाल आएर फर्कियो
मोदी भदौमा नेपाल आउने, कमान्डो टोली नेपाल आएर फर्कियो
तीन खानसँग डेब्यू गर्दैमा भाग्य चम्किदैन,अनुष्का
तीन खानसँग डेब्यू गर्दैमा भाग्य चम्किदैन,अनुष्का
प्रधानमन्त्री देउवाका ४ सारथी
बिरामीले सिटामोल पनि नपाउने अस्पताल
बिरामीले सिटामोल पनि नपाउने अस्पताल
पठाओ र इनड्राइभका नाममा अफलाइन राइड गर्ने ८३ चालक कारबाहीमा
पठाओ र इनड्राइभका नाममा अफलाइन राइड गर्ने ८३ चालक कारबाहीमा
नयाँ वर्ष आशा, अपेक्षा र उमङ्गको उत्सव बनोस् : पूर्वप्रधानमन्त्री नेपाल
नयाँ वर्ष आशा, अपेक्षा र उमङ्गको उत्सव बनोस् : पूर्वप्रधानमन्त्री नेपाल
संसद बैठक बस्दै, बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री र अर्थमन्त्री
प्रधानमन्त्रीको गृहजिल्लामा चुनावी चहलपहल: काँग्रेस ढुक्क, गठबन्धन मख्ख
प्रधानमन्त्रीको गृहजिल्लामा चुनावी चहलपहल: काँग्रेस ढुक्क, गठबन्धन मख्ख
उच्च अङ्कले घटेको नेप्से आज दोहोरो अङ्कले बढ्यो
उच्च अङ्कले घटेको नेप्से आज दोहोरो अङ्कले बढ्यो