रोकिराखेको ट्रकमा बस ठोक्किंदा ११ जना घाइते, दुई गम्भीर

Shikharkhabar Shikharkhabar
|
सोमबार, कार्तिक १९, २०७५
|
|
३० पटक हेरिएको
Shares
रोकिराखेको ट्रकमा बस ठोक्किंदा ११ जना घाइते, दुई गम्भीर

सारांश

  • नवलपरासी ।
  • पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको गैँडाकोमा आज बिहान बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।
  • काठमाडौंबाट भैरहवातर्फ जाँदै गरेको बस गैंडाकोट नौ थुम्सिमा आज बिहान ५ बजे रोकिराखेको ट्रकमा बस ठोक्किदा घाइते भएका छन् ।

नवलपरासी । पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको गैँडाकोमा आज बिहान बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । काठमाडौंबाट भैरहवातर्फ जाँदै गरेको बस गैंडाकोट नौ थुम्सिमा आज बिहान ५ बजे रोकिराखेको ट्रकमा बस ठोक्किदा घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।

काठमाडौंबाट नारायणगढ हुँदै भैरहवाका लागि हिडेको लु १ ख ८११३ नम्बरको बस रोकिराखेको ट्रकमा ठोक्किएको थियो ।

घाइतेमध्ये नवलपरासी सुस्ताका ४० वर्षीय रामकिसन चमार र बर्दघाटका ३ का ३२ वर्षीय दिलीप चौधरीको अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जानकारी दिएको छ ।

घाइतेमध्ये ३ जनाको नयाँ मेडिकल कलेज, ७ जनाको पुरानो मेडिकल कलेज र एकजनाको एलाईभ अस्पताल भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

(Ultram)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?