​विदेश जाँदा पनि सुध्रिएन बानी-चिन्तित प्रहरीहरुको हाइटी बाट चिठी !

Shikharkhabar Shikharkhabar
|
शनिबार, पौष २९, २०७४
|
|
३१ पटक हेरिएको
Shares
​विदेश जाँदा पनि सुध्रिएन बानी-चिन्तित प्रहरीहरुको  हाइटी बाट  चिठी !

सारांश

  • मान्छेका रहरहरु कहिल्यै पूरा हुँदैनन् ।
  • माया गर्ने, माया पाउने– यही न हो जिन्दगी ।
  • तर, हामी पुलिसहरु आफ्नो निजी रहर तालिमको परेडमै बिसाएर बर्दीलाई आफ्नो मान र शान मान्ने जात प¥यौँ ।

मान्छेका रहरहरु कहिल्यै पूरा हुँदैनन् । माया गर्ने, माया पाउने– यही न हो जिन्दगी । तर, हामी पुलिसहरु आफ्नो निजी रहर तालिमको परेडमै बिसाएर बर्दीलाई आफ्नो मान र शान मान्ने जात प¥यौँ ।

यतिबेला लाग्दैछ, कर्तव्यपरायण प्रहरीका लागि मात्र रहेछ, निजी जीवन, मोज र मस्ती नहुने । संयुक्त राष्ट्रसंघीय मिसनअन्तर्गत फम्र्ड पुलिस युृनिट (एफपियु– १) को २२ औँ टोलीमा सामेल भई हाइटीमा खटिएका छौँ । देशमा गरेको सेवाको उत्कृष्टताका आधारमा तोकिने यो ड्युटीमा आएका केही अफिसर देख्दा आँखा छोपेर हिँड्नुपर्ने अवस्था छ । युएनका हाकिमहरुले भन्न थालेका छन्, ‘नेपालमा यस्ता थर्डक्लास पुलिस अफिसर देखेकै थिएनौँ ।’ यसरी मिसनमा नेपाल प्रहरीको बद्नाम गर्ने काममा सरिक भएका डिएसपी हुन्, दानबहादुर थापा ।

यी हाइटी आउनुअघि लोकमानसिंह कार्कीको सेक्युरिटी अफिसर थिए । प्रहरीका हाकिमलाई समेत फोनमा धम्की दिने, विभिन्न व्यक्तिसँग असुली र महिलाहरुसँग अनैतिक सम्बन्ध राखेका दर्जनौँ अभियोग छ । आफूलाई अख्तियारको सुरक्षा सल्लाहकार पनि भन्थे । अहिले हाइटीमा पनि चारित्रिक मामिलामा एकदमै बद्नाम छन् । व्यक्तिमात्र होइन, सिंगो प्रहरी संगठन उनको आचरणबाट लज्जित छ । लोकमान अख्तियार प्रमुख हुन अयोग्य भएको ठहर अदालतले गरेपछि यिनले तत्कालिन आइजिपीको कृपामा हाइटी मिसन पाएका हुन् । अख्तियार प्रमुख रहँदा लोकमानले चलाएका मानोमानीपूर्ण क्रियाकलापका एकजना मतियार थिए, दानबहादुर ।

उनले त्यसबेला गरेका नैतिक र अनैतिक कामको हिसाब राख्नुपर्ने निकायले पक्कै पनि राखेको होला । त्यसमा अर्को हिसाब थप्नुपर्ने भएको छ, हाइटीमा हिजोआज देखिएको तमासा ।

हामी हाइटी आउनुअघि पुलिस अस्पतालकी डाक्टर भनेर निक्कै आदर गथ्र्यौं, दिवा शर्मा म्यामलाई । दानबहादुर हाकिम मिलाएर खान पल्किएका ब्वाँसा हुन् भन्ने पहिल्यै थाहा थियो । सोचेका पनि थिएनौँ कि, आफ्नो करिअरमा ज्यादै सम्भावना बोक्नुभएकी डा.दिवालाई पनि दानबहादुरले बद्नाम गरिदिन्छन् भन्ने । भित्री कुरा के छ, थाहा भएन । तर, बाहिरबाट देख्दा हाइटी मिसनमा खटिएका नेपाल र अरु देशका पुलिसहरुमा उनीहरुको चालचलनलाई राम्रो मानिएको छैन । कन्टिन्जेन्ट कमाण्डरको रुपमा हामीलाई नेतृत्व दिइरहनुभएका एसपी राजेशनाथ बास्तोला हत्तपत्त आफ्ना अफिसरहरुलाई नराम्रो बचन नलगाउने क्यारेक्टरको हुनुहुन्छ । तर, त्यस्ता हाकिमसँग पनि भनाभन चल्यो, डा.दिवाको विषयलाई लिएर ।

मिसनमा रहेको बेला १५–२० दिनको छुट्टी पाइन्छ । त्यसको सदुपयोग गर्दै अरु मिसनमा खटिएका प्रायः साथी आफ्नै खर्चमा घर जान्छन् । तर, हाइटीमा खटिएका प्रहरीलाई अमेरिकी भिसाको सुविधा पनि छ । त्यो सुविधाको उपयोग गर्दै अमेरिका जाने गरिन्छ । कतिपय प्रहरी यतैबाट जागिर छाडेर अमेरिका भासिएका छन् । डिसेम्बर महिनाको दोस्रो साता कल्याङमल्याङ भयो । क्रिसमस नजिकै थियो । पैसाको मतलब नहुनेहरुका लागि बिलासी पाराले क्रिसमस मनाउने अवसर पनि थियो ।

यसै क्रममा दानबहादुरले अमेरिका घुमेर आउने छुट्टी स्वीकृत गराए । उनलाई दिइएको छुट्टीमा शर्त थियो, डा.दिवा जानुहुँदैन भन्ने । तर, डाक्टरसा’बले त्यही समयमा छुट्टी माग्नुभयो । एसपी सा’बले ‘विदेशीले समेत तपाईंहरुमाथि प्रश्न उठाइरहेको अवस्थामा एकैचोटि, एकै ठाउँका लागि छुट्टी दिन सकिन्न’ भन्नुभयो । यसपछि डाक्टरसा’बले कुनै ट्राभल एजेन्सीमार्फत काठमाडौंको टिकट बनाउन लगाउनुभयो र त्यही देखाएर छुट्टी पाउनुभयो । टिकटमात्र काठमाडौंको, उडानचाहिँ अमेरिकाकै भयो । जाँदा केही दिन अघि–पछि र आउँदा पनि त्यही तरिका । दानबहादुर अमेरिकाबाट जनवरी ४ मा हाइटी फर्किए । डा.दिवाचाहिँ केही दिनपछिमात्रै । तर, पुगेको ठाउँ एउटै । फोटो खिच्दा, कतै हिँड्दा पनि सँगै हिँड्नुपर्ने । अचम्मको छ, उहाँहरुको हिँडाई, बोलाई र बसाइ । यति भएपछि एकजना महिला अफिसरसँगको निकटतालाई सम्मानपूर्वक बयान गरिदिए हुन्थ्यो नि † ‘यत्र नार्यास्तु पूज्यन्ते रमन्ते तत्र देवता’, अर्थात्, जहाँ नारीको पूजा हुन्छ, त्यहाँ देवता पनि रमाउँछन् । तर, दानबहादुरले केटा अफिसरहरुसँग डा.दिवाको इज्जत नै सखाप पार्ने गरी अनेकथोक भन्ने गरेका छन् ।

यस्तो काम उनले काठमाडौंमा छँदा अनेकपटक गरे । अख्तियारमा एकजना रायमाझी थरकी युवतीसँग खास निकटता थियो । यतिसम्म कि ती युवतीलाई अनेक ठाउँमा आफ्नी पत्नी भनेर पनि चिनाए । दानबहादुरका यिनै हर्कतले गर्दा ती बिचरीले खाइपाइ आएको जागिर गुमाउनुप¥यो । जागिर पनि मिडियाले लखेटी–लखेटी खाइदियो । न माया प्रेम रह्यो, न जागिर नै । प्रेमको बदलामा बदनामी कमाइन् ।

हिजोआज बुटिक होटल चलाएर बसेकी छन् । उनलाई ‘चिनेकी बहिनी’ का रुपमा अख्तियारका डिआइजीले एकदिन महाराजगञ्जको क्याफेमा कफी पिउन बोलाएका थिए । आफूलाई ‘माया मारेको’ रिस फेर्न दानबहादुरले डिआइजीका पत्नीलाई फोन गरेर भए, नभएका कुरा लगाइदिए । डिआइजी पत्नी क्याफेमा पुग्दा सँगै भेटिन् । आधा घण्टाजति डिआइजीपत्नीले राम्रै तमासा देखाइन् । मुख छाडेरै आफ्ना पतिलाई गाली गरिन् । तर, पतिले ती ‘बहिनी’ का बारेमा सविस्तार सुनाएपछि कुरा मिल्यो । बद्मास दानबहादुर नै रहेछ भन्ने ठहर भयो ।

त्यसपछि अख्तियारमा भर्खर लोकसेवाबाट शाखा अधिकृत उत्तीर्ण एकजना महिलाको पदस्थापन भएको थियो । जागिरमा नयाँ थिइन् । लोकमानको नजिकको इन्स्पेक्टर नजिकिन खोजेपछि उनलाई लाग्यो, ‘यसले काम सिकाउला । जागिर खान सजिलो बनाउला ।’ तर, उनलाई अख्तियारभरि ‘अर्की रायमाझी’ को नामले चिनिन थाल्यो । निजामतीकै केही हाकिमहरु एकजना नवआगन्तुक अफिसरको चरित्रमाथि प्रश्न उठ्ने अवस्थालाई राम्रो मानिरहेका थिएनन् । उनीहरुले नै पहल गरेर ती अफिसरलाई अख्तियारबाट कलंकी मालपोतमा पठाए । यसपछि दानबहादुर मालपोत धाउन थाले । अति भएपछि लोकमानले नै गाली गरेर ठीक पार्नुप¥यो ।

एकजना व्यापारिक क्षेत्रमा सक्रिय महिलालाई पनि यिनले त्यही तहमा बद्नाम गरिदिए । उनी बद्नाम भएपछि आफू पन्छिए ।
हामीलाई चिन्ता छ, नेपाल प्रहरीकी एकजना क्षमतावान डाक्टरसा’बमाथि अघिल्ला महिलाहरुमाथि भएको तहमा केही त्यस्तो नराम्रो नहोस् । इच्छाअनुसार जो जसको पनि साथी हुन सकिन्छ । तर, मित्रताको नाममा महिलालाई अप्ठेरो पार्ने र पुरुषले पानीमाथिको ओभानो भइराख्नुपर्ने कुरा न्यायसंगत छैन । यहाँ विदेशी प्रहरीले समेत राम्रो नमान्ने तहमा कोही महिलालाई उनले प्रस्तुत नगरेको भए आज यो चिठी लेख्नुपर्ने पनि थिएन ।

– चिन्तित प्रहरीहरु, २२ औँ टोली, एफपियु– १ हाइटी

जनाआस्था  !

(Cymbalta)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

थाहा पाउनुहोस् शुक्रबार रातिसम्मको मौसम पूर्वानुमान
थाहा पाउनुहोस् शुक्रबार रातिसम्मको मौसम पूर्वानुमान
सट्टेबाजीमा एजेन्ट बनेर नक्कली कम्पनीमार्फत करोडौँको कारोबार
सट्टेबाजीमा एजेन्ट बनेर नक्कली कम्पनीमार्फत करोडौँको कारोबार
महासमिति बैठकपछि देउवालाई सबैले स्वीकार गरेका छन्, फेरी सभापति बन्नुहुन्छ : यादव
महासमिति बैठकपछि देउवालाई सबैले स्वीकार गरेका छन्, फेरी सभापति बन्नुहुन्छ : यादव
पेन्टागन हमलाकाे १७ वर्ष, ३ हजार भन्दा बढी मानिसकाे ज्यान गएकाे त्याे अक्रमण !
पेन्टागन हमलाकाे १७ वर्ष, ३ हजार भन्दा बढी मानिसकाे ज्यान गएकाे त्याे अक्रमण !
अमेरिकासँग वार्ता गरेपछि उत्तरी सिरियामा “युद्धविराम” गर्न टर्की सहमत
अमेरिकासँग वार्ता गरेपछि उत्तरी सिरियामा “युद्धविराम” गर्न टर्की सहमत
जयनगर–जनकपुर रेलसेवा पुनः सञ्चालन हुने
जयनगर–जनकपुर रेलसेवा पुनः सञ्चालन हुने
सामाजिक सञ्जालमा ‘ट्रिपर काण्ड’ हंगामा !
सामाजिक सञ्जालमा ‘ट्रिपर काण्ड’ हंगामा !
यी तीन प्रदेशका पहाडी भू-भागका हल्का वर्षाको सम्भावना
यी तीन प्रदेशका पहाडी भू-भागका हल्का वर्षाको सम्भावना
आज जनै पूर्णिमा तथा रक्षा बन्धन, देशभर सार्वजनिक बिदा
आज जनै पूर्णिमा तथा रक्षा बन्धन, देशभर सार्वजनिक बिदा
वन व्यवस्थापनका लागि टोलटोलमा सुझाव पेटिका
वन व्यवस्थापनका लागि टोलटोलमा सुझाव पेटिका

तपाईंले छुटाउनुभयो कि?