सर्वोच्चले भन्याे ‘सुमार्गीको रकम रोक्का नगर’

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ २४, २०७४
|
|
५३ पटक हेरिएको
Shares
सर्वोच्चले भन्याे ‘सुमार्गीको रकम रोक्का नगर’

सारांश

  • काठमाडौं, २४ माघ – सर्वोच्च अदालतले अजयराज सुमार्गीको लगानी रहेको नेपाल स्याटेलाइट टेलिकम प्रालिको खातामा विभिन्न बैंकमा रहेको रकम रोक्का नगर्न नेपाल राष्ट्रबैंकका नाममा अन्तरिम आदेश जारी गरेको छ ।
  • न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले मंगलबार कारण देखाऊ आदेशसहितको अन्तरिम आदेश जारी गरेको हो ।
  • राष्ट्रबैंकले व्यवसायी सुमार्गीले स्याटेलाइटको नाममा इन्भेस्टमेन्ट बैंकमा राखेको रकमको स्रोत नखुलेको भन्दै रोक्का गरेको थियो ।

काठमाडौं, २४ माघ – सर्वोच्च अदालतले अजयराज सुमार्गीको लगानी रहेको नेपाल स्याटेलाइट टेलिकम प्रालिको खातामा विभिन्न बैंकमा रहेको रकम रोक्का नगर्न नेपाल राष्ट्रबैंकका नाममा अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले मंगलबार कारण देखाऊ आदेशसहितको अन्तरिम आदेश जारी गरेको हो ।राष्ट्रबैंकले व्यवसायी सुमार्गीले स्याटेलाइटको नाममा इन्भेस्टमेन्ट बैंकमा राखेको रकमको स्रोत नखुलेको भन्दै रोक्का गरेको थियो । सर्वोच्चको आदेशपछि उनले उक्त रकम निकाल्न पाउनेछन् ।  आजको नागरिक दैनिकमा खबर छ ।

उद्योग विभागले सुमार्गीले विदेशबाट ल्याएको रकमको स्रोत नखुलेकोे भन्दै २०६९ चैत २८ मा रोक्का गर्न राष्ट्रबैंकलाई पत्र पठाएको थियो । सोही पत्रअनुसार राष्ट्रबैंकले रकम रोकेको थियो ।

स्याटेलाइट प्रालिको तर्फबाट सुभाषचन्द्र पौडेलले गत आइतबार रकम झिक्न रोकिएको भन्दै राष्ट्रबैंक र इन्भेस्टमेन्ट बैंकलाई विपक्षी बनाई अन्तरिम आदेश माग गरी सर्वोच्चमा रिट दर्ता गरेका थिए ।

सर्वोच्चले रकम रोक्ने कानुनी कारण र आधार पारदर्शी रुपमा नदेखिएको भन्दै रकम रोक्का नगर्न/नगराउन आदेश दिएको हो । ‘रकम रोक्ने कानुनी कारण र आधार पारदर्शी रुपमा देखिएन,’ आदेशमा भनिएको छ । विषयको गाम्भीर्य हेरी दुवै पक्षलाई राखी फागुन २ मा छलफलका लागि आउन आदेश भएको सर्वोच्चका सञ्चारविज्ञ किशोर पौडेलले बताए ।

(Valium)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पोखरा प्रिमियर लिग: भारतीय खेलाडि चम्किदा धनगढीलाई १ सय ८१ रनको ठूलो लक्ष्य
पोखरा प्रिमियर लिग: भारतीय खेलाडि चम्किदा धनगढीलाई १ सय ८१ रनको ठूलो लक्ष्य
कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत
कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत
रोल्पामा ट्रेक्टर दुर्घटना हुँदा १२ वर्षीय बालकसहित २ जनाकोे मृत्यु
रोल्पामा ट्रेक्टर दुर्घटना हुँदा १२ वर्षीय बालकसहित २ जनाकोे मृत्यु
भारतीय आप्रवासीहरु कोरोनाको त्रासले सयौँ माइल हिँडेर घर पुग्दै
भारतीय आप्रवासीहरु कोरोनाको त्रासले सयौँ माइल हिँडेर घर पुग्दै
कर्मचारीप्रति प्रचण्ड कडा रुपमा प्रस्तुत
कर्मचारीप्रति प्रचण्ड कडा रुपमा प्रस्तुत
मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा एकै परिवारका पाँच जनाको निधन
मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा एकै परिवारका पाँच जनाको निधन
उपत्यकाको सुरक्षामा २१ हजार सिसी क्यामरा आवश्यक
उपत्यकाको सुरक्षामा २१ हजार सिसी क्यामरा आवश्यक
नेपाल र यूएई भिड्दै : ब्याटिङ सुधारको अपेक्षा
नेपाल र यूएई भिड्दै : ब्याटिङ सुधारको अपेक्षा
टेन्सनमा प्रचण्ड, भन्छन ‘मलाई फसाइयो ‘
टेन्सनमा प्रचण्ड, भन्छन ‘मलाई फसाइयो ‘
श्रीलंकामाथि नेपालको सानदार जित, श्रीलंका ४ गोल अन्तरले पराजित
श्रीलंकामाथि नेपालको सानदार जित, श्रीलंका ४ गोल अन्तरले पराजित