बोले रक्षामन्त्री पोखरेलका प्रेस संयोजक, हेलिकप्टरको यथार्थ यस्तो थियो…

Shikharkhabar Shikharkhabar
|
सोमबार, कार्तिक १९, २०७५
|
|
२९ पटक हेरिएको
Shares
बोले रक्षामन्त्री पोखरेलका प्रेस संयोजक, हेलिकप्टरको यथार्थ यस्तो थियो…

सारांश

  • काठमाडौं ।
  • उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको बारा (कलैया) भ्रमणको विषयलाई लिएर केही भ्रमपूर्ण विषय सार्वजनिक भएको भन्दै प्रेस विज्ञप्ति जारी भएको छ ।
  • मन्त्री पोखरेलको हेलिकोप्टर कहाँ अवतरण गर्ने/गराउने भन्ने पूर्व निर्धारित कार्यक्रम हुने गरेकाले भ्रममा नपर्न आग्रह गरेका छन् ।

काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको बारा (कलैया) भ्रमणको विषयलाई लिएर केही भ्रमपूर्ण विषय सार्वजनिक भएको भन्दै प्रेस विज्ञप्ति जारी भएको छ ।

मन्त्री पोखरेलको हेलिकोप्टर कहाँ अवतरण गर्ने/गराउने भन्ने पूर्व निर्धारित कार्यक्रम हुने गरेकाले भ्रममा नपर्न आग्रह गरेका छन् । हेलिकप्टर अवतरणका विषयमा जिल्लाका सुरक्षा निकाय तथा प्रशासन प्रमुखहरूको समन्वय, जानकारी तथा जिम्मेवारीको विषय भएको पोखरेलका प्रेस संयोजक लोकेन्द्र केसीले बताएका छन् ।

बाराको कलैयामा रक्षामन्त्री पोखरेल सेनाको हेलिकप्टरमा गएका थिए । त्यहाँ चलिरहेको क्रिकेट खेल नै २ दिनका लागि पर सारिएको भन्दै नयाँ पत्रिका दैनिकमा समाचार छापिएको थियो । त्यस समाचार खेदजनक भएको प्रेस संयोजक केसीले बताएका छन् ।

रक्षामन्त्री पोखरेल नेपाली सेनाको ‘प्रतिविद्रोह तथा जंगल वारफायर शिक्षालय’ बारा (अमलेखगंज) को निरीक्षणका शुक्रबार गएका थिए । हाल त्यहाँ नेपाली सेना लगायत चीन, दक्षिण कोरिया, म्यान्मार, पाकिस्तानका सैनिक अधिकृतहरू तालिम लिइरहेका छन् ।

त्यहाँको निरीक्षणपछि उपप्रधानमन्त्री पोखरेल बारा सदरमुकाम कलैया जिल्ला प्रशासन कार्यालयमा सुरक्षा निकाय र सरकारी कार्यालयका प्रमुखहरूसँग जानकारी लिएर निर्देशन दिएका थिए । त्यसपछि, नेकपाको जिल्ला कार्यालयको उद्घाटन गर्दै भेलामा मन्तव्य दिएका थिए ।

बारा पुगेपछि माथिका काम सकेर सवा ३ बजे दिउसो काठमाडौं फर्केका थिए । त्यसमा उपप्रधानमन्त्रीलाई मुछ्ने तथा लान्छित गर्ने हिसावले समाचार सम्प्रेषण गर्ने कुरा खेदजनक भएको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?