‘मेरो पैसा खै’ मा बर्षा शिवाकोटीले स्क्रिप्ट नदिएपछि अभिनय नगर्ने

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ २३, २०७३
|
|
२७४ पटक हेरिएको
Shares
‘मेरो पैसा खै’ मा बर्षा शिवाकोटीले स्क्रिप्ट नदिएपछि अभिनय नगर्ने

सारांश

  • बलिउड निर्देशक बिबेक शर्माको निर्देशनमा बन्ने चलचित्र ‘मेरो पैसा खै’ मा बर्षा शिवाकोटीले अभिनय नगर्ने भएकी छिन् ।
  • निर्देशकले स्क्रिप्ट पढन नदिएको र आफ्नो भूमिका परिवर्तन गरेकाले फिल्मवाट अलग्गिएको बर्षाको भनाई छ ।
  • ‘सुरुमा मलाई लिड रोल भनेर स्टोरी सुनाइएको थियो तर, स्क्रिप्टमा मोरो भुमिका काटिएको जानकारी निर्देशकवाट पाँए’ शिवाकोटीले  भनिन् ।

बलिउड निर्देशक बिबेक शर्माको निर्देशनमा बन्ने चलचित्र ‘मेरो पैसा खै’ मा बर्षा शिवाकोटीले अभिनय नगर्ने भएकी छिन् ।

निर्देशकले स्क्रिप्ट पढन नदिएको र आफ्नो भूमिका परिवर्तन गरेकाले फिल्मवाट अलग्गिएको बर्षाको भनाई छ । ‘सुरुमा मलाई लिड रोल भनेर स्टोरी सुनाइएको थियो तर, स्क्रिप्टमा मोरो भुमिका काटिएको जानकारी निर्देशकवाट पाँए’ शिवाकोटीले  भनिन् ।

शिवाकोटीले स्क्रिप्ट पढन माग्दा निर्देशक शर्माले अहिले दिन मिल्दैन सुटिङ स्पटमै दिन्छु भनेपछि काम नगरेको उनको भनाई छ । सुरुमा सौगात मल्लको जोडी भनेर शिवाकोटीसंग एगि्रमेन्ट भएपनि अहिले भूमिका छोटो भएको जानकारी शिवाकोटीले पाईन् ।

अर्कि नायिका बर्षा राउत पनि सोही चलचित्रमा अनुबन्ध भएकी छिन् । बर्षा राउत अनुबन्ध भएपछि तपाईले काम नगर्नु भएको हो भन्ने प्रश्नमा शिवाकोटी भन्छिन् ‘त्यस्तो केहि होईन । बर्षा राउत अनुबन्ध हुनु अघि नै उनको र मेरो कुरा भएको थियो । उनले मलाइ फोन गरेर सोधेकी थिइन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?