एउटै सयपत्री फूलको बोटबाट कृषकले कमाए हजार

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक २०, २०७५
|
|
३१ पटक हेरिएको
Shares
एउटै सयपत्री फूलको बोटबाट कृषकले कमाए हजार

सारांश

  • काठमाडौं ।
  • तिहारका लागि चाहिने फूल उत्पादन गर्न र कृषकलाई आम्दानीका लागि भक्तपुरमा सूर्यविनायक नगरपालिकाले सघाएको छ ।
  • नगरपालिकाले दिएका सयपत्री फूलको एउटै बोटबाट कृषकले हजार रुपैयाँसम्म आम्दानी गर्न सफल भएका छन् ।

काठमाडौं । तिहारका लागि चाहिने फूल उत्पादन गर्न र कृषकलाई आम्दानीका लागि भक्तपुरमा सूर्यविनायक नगरपालिकाले सघाएको छ । नगरपालिकाले दिएका सयपत्री फूलको एउटै बोटबाट कृषकले हजार रुपैयाँसम्म आम्दानी गर्न सफल भएका छन् । नगरपालिकाले अनुदानमा सयपत्री फूलका बेर्ना दिएर सहयोग गरेको थियो ।

अहिले ती विरुवा फूलेर ढकमक्क भैसकेका छन् । नगरपालिकाले दिएको अनुदान फूलका बेर्नाबाट आफूहरुलाई आम्दानीमा मद्दत पुगेको कृषकले बताएका छन् ।

भक्तपुरको सूर्यविनायक नगरपालिका ७ गुण्डका कृषकले एउटै सयपत्री फूलको बोटबाट हजार रुपैयाँसम्म आम्दानी गर्न सफल भएको बताएका छन् ।

वडाअध्यक्ष रबिन्द्र सापकोटाका अनुसार नगरपालिकाले आगामी दिनमा पनि कृषकलाई यसैगरी सहयोग गर्ने बताए । तिहारमा सयपत्री फूल नपुग्दा भारतबाट फूल ल्याउँदा करोडौं रुपैयाँ बाहिरिने गरेको छ ।

सूर्यविनायक नगरपालिकाले कृषकलाई अनुदानमा विरुवा वितरण गरेकाले कृषकले आम्दानी गर्न सफल भएकोमा आफूलाई खुसी लागेको मेयर वासुदेव थापाले बताए ।

विदेशबाट फूल आयात रोक्न अन्य नगरपालिकाले समेत कृषकलाई अनुदान दिनुपर्ने पूर्व मन्त्री तथा सांसद महेश बस्नेतले बताए । सांसद बस्नेत आफै कृषकहरुाले लगाएको फूल हेर्न बारीमै पुगेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?