मन्त्री थापाले प्रत्येक महिना कम्तिमा १ दिन किसानसँगै काम गर्ने
सारांश
- प्रदेशका एघारै जिल्लालाई अलग पहिचान दिने गरी नयाँ कार्यक्रम ल्याउँछु : मन्त्री थापा राजेन्द्र न्यौपाने गोरखा, ९ फागुन ।
- प्रदेश नं.
- ४ का भूमि व्यवस्थापन, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले प्रदेश नं.
प्रदेशका एघारै जिल्लालाई अलग पहिचान दिने गरी नयाँ कार्यक्रम ल्याउँछु : मन्त्री थापा
राजेन्द्र न्यौपाने
गोरखा, ९ फागुन । प्रदेश नं. ४ का भूमि व्यवस्थापन, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले प्रदेश नं. ४ का एघारै जिल्लाको पहिचाहन रहने गरी नयाँ कार्यक्रम ल्याउने बताएका छन् । मन्त्री भएपछि पहिलोपटक गृहजिल्ला गोरखा पुगेका मन्त्री थापाले प्रत्येक महिना एक दिन भएपनि कृषकसँग मिलेर आफूले काम गर्ने बताए ।
नयाँ कृषि कार्यक्रम ल्याउने र किसानसँग मिलेर काम गर्ने उनले बताए । आफूमात्रै मन्त्री नभई सबै किसानहरुले आफै मन्त्री भएको महसुस हुने गरी कार्यक्रम ल्याउने प्रेस सेन्टर नेपाल गोरखा शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा थापाले बताए ।
कृषि ब्लक, कृषि जोन, सुपर जोन निर्माण गरी काम गर्ने बताउँदै मन्त्री थापाले उत्पादन सहकारीमार्फत सहकार्य गरी उत्पादन वृद्धि गर्ने र प्रदेश नम्बर ४ लाई कृषिमा आत्मनिर्भर बनाउने मन्त्रालयको योजना रहेको मन्त्री थापाको भनाई छ ।
केही समय ऐननियमहरु बनाउन लाग्ने बताउँदै नेता थापाले कृषिका विज्ञहरुको सहयोग लिएर आवश्यकताका आधारमा नीति निर्माण गरी योजनाहरु तर्जुमा गरिने बताए ।
जनताको खाद्य सम्प्रभुता र मौलिक अधिकारको रक्षा गर्न र त्यसलाई व्यवहारमा लागु गर्नु आफ्नो प्रमुख लक्ष्य रहेको मन्त्री थापाको भनाई छ । स्वदेशमा नै अर्गानिक उत्पादन वृद्धि गरी विदेशबाट कुनै पनि कृषिजन्य पदार्थ आयात नगर्ने अवस्थामा प्रदेश नम्बर ४ लाई पु¥याउने मन्त्री थापाले बताए । दूध, माछा, मासु, अण्डा, तरकारी लगायतका कृषिजन्य बस्तुको उत्पादन वृद्धि गरी प्रदेशलाई आत्मनिर्भर बनाउन कामको थालनी गर्ने उनको भनाई छ । सबै भन्दा धेरै रोजगारी दिने मन्त्रालय आफूले सम्हालेकाले कोही पनि बेरोजगार हुनु नपर्ने मन्त्री थापाले बताए । धेरै पढेका मानिसहरुले खेतबारीमा काम गर्नु हुँदैन भन्ने मानसिकता त्याग्नुपर्ने र आफैले खेती गर्न नसके खेती किसानहरुलाई माया गर्नुपर्ने मन्त्री थापाको भनाई थियो ।
Kreepa Shrestha
I hope he would be able to love what he do and be productive ☺️
Galcini Nzali