एमाले माओवादीले एउटै मञ्चबाट एकताको सन्देश दिंदै

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख ९, २०७५
|
|
३० पटक हेरिएको
Shares
एमाले माओवादीले एउटै मञ्चबाट एकताको सन्देश दिंदै

सारांश

  • पार्टी एकताको अन्तिम कसरतमा रहेका एमाले र माओवादीले अन्योल चिर्ने उद्देश्यसहित कम्युनिस्ट पार्टी स्थापना दिवसका अवसरमा आज संयुक्त कार्यक्रम गर्दै छन् ।
  • अपराह्न राष्ट्रिय सभागृहमा दुई पार्टीले पहिलोपटक स्थापना दिवस संयुक्त रूपमा मनाउन लागेका हुन् ।
  • प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली तथा पूर्वप्रधानमन्त्री एवं माओवादी अध्यक्ष प्रचण्डले कार्यक्रममा सम्बोधन गर्ने एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले बताए ।

पार्टी एकताको अन्तिम कसरतमा रहेका एमाले र माओवादीले अन्योल चिर्ने उद्देश्यसहित कम्युनिस्ट पार्टी स्थापना दिवसका अवसरमा आज संयुक्त कार्यक्रम गर्दै छन् । अपराह्न राष्ट्रिय सभागृहमा दुई पार्टीले पहिलोपटक स्थापना दिवस संयुक्त रूपमा मनाउन लागेका हुन् । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली तथा पूर्वप्रधानमन्त्री एवं माओवादी अध्यक्ष प्रचण्डले कार्यक्रममा सम्बोधन गर्ने एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले बताए ।

एकतामा देखिएको अन्योल चिर्छौं : नारायणकाजी श्रेष्ठ
छुट्टाछुट्टै हुँदा पनि पार्टी स्थापना दिवसमा हामीले कार्यक्रम गर्दै आएका थियौँ । अहिले पार्टी एकता अघि बढिरहेका कारण संयोजन समितिको आयोजनामा संयुक्त कार्यक्रम गर्न खोजिएको हो । संयुक्त कार्यक्रम हुँदा स्वाभाविक रूपमा पार्टी एकताका सन्दर्भमा जुन किसिमका अन्योल र आशंकाहरू छन्, अवश्य पनि उहाँहरूले त्यसलाई चिर्ने गरी छिट्टै एकता गर्ने घोषणा गर्नुहुनेछ ।

तीन दिनमा १३ घन्टा वार्ता
अध्यक्षद्वय ओली र प्रचण्डबीच तीन दिनयता १३ घन्टा वार्ता भएको छ । बिहीबार र शनिबार प्रधानमन्त्रीनिवास बालुवाटार तथा शुक्रबार माइतीघरस्थित एक घरमा दुई अध्यक्षबीच लगातार ‘वान टु वान’ वार्ता भइरहेको छ । पहिलो दिन पौने ३ घन्टा, दोस्रो दिन ४ घन्टा तथा शनिबार ३ बजेदेखि राति ९ बजेसम्म दुई नेताबीच छलफल भएको हो । उच्चस्रोतका अनुसार पछिल्ला दिनमा देखिएको अन्योल र आशंका चिर्ने गरी छलफल सकारात्मक दिशामा अघि बढिरहेको छ ।

कार्यकारी अधिकार र संख्यामा छलफल केन्द्रित
उच्च स्रोतका अनुसार दुई अध्यक्षबीच एकीकृत पार्टीमा आलोपालो अध्यक्षता गर्दा कार्यकारी अधिकारको प्रयोग र संख्यात्मक हिस्सेदारीमा केन्द्रित रहेर छलफल चलिरहेको छ । प्रधानमन्त्री ओली सरकारको कार्यकारी प्रमुखसमेत रहेकाले पार्टी सञ्चालनमा पनि हाबी हुन सक्ने प्रचण्डको आशंका छ । त्यस्तै, माओवादीले संख्यात्मक हिस्सेदारी सम्मानजनक हुनुपर्नेमा जोड दिँदै आएकाले आशंका निवारण हुने गरी छलफल केन्द्रित भएको छ । ‘छलफल सकारात्मक दिशामै अघि बढिरहेको छ, विश्वासको वातावरण पनि बन्दै गएको छ,’ माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले भने, ‘बाहिर आएजस्तो धेरै विषय नमिलेको भन्ने होइन, कतिपय विषयमा विश्वासको वातावरण बन्ने गरी छलफल सकारात्मक दिशामा अघि बढिरहेको छ ।’ उनले केही दिनभित्रै पार्टी एकताको घोषणा हुने दाबीसमेत गरे ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Ganesh Pantha

    Natak dhari vo

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

डा. पुनसँग किन रुष्ट बन्यो स्वास्थ्य मन्त्रालय ?
डा. पुनसँग किन रुष्ट बन्यो स्वास्थ्य मन्त्रालय ?
त्रिकोणात्मक टी–२० क्रिकेट सिरिज : नेपाल र युएई भिड्दै
त्रिकोणात्मक टी–२० क्रिकेट सिरिज : नेपाल र युएई भिड्दै
तनहुँ मा ९३ वर्षीय वृद्धद्वारा मतदान
तनहुँ मा ९३ वर्षीय वृद्धद्वारा मतदान
समस्याहरु होलसेलमा माग्दै खुद्रामा सुल्झाउने सञ्चार राज्यमन्त्रीको प्रतिवद्धता
समस्याहरु होलसेलमा माग्दै खुद्रामा सुल्झाउने सञ्चार राज्यमन्त्रीको प्रतिवद्धता
AbRam Khan recreates dad SRK’s DDLJ pigeon scene on the street of France!
AbRam Khan recreates dad SRK’s DDLJ pigeon scene on the street of France!
निगमले सार्वजनिक गर्यो उडान तालिका
निगमले सार्वजनिक गर्यो उडान तालिका
नेकपा समाजवादीको प्रश्न : वागमतीको मुख्यमन्त्री परिवर्तन हुने हो भने कर्णालीमा किन नगर्ने ?
नेकपा समाजवादीको प्रश्न : वागमतीको मुख्यमन्त्री परिवर्तन हुने हो भने कर्णालीमा किन नगर्ने ?
सामुदायिक विद्यालयमा डिजिटल शिक्षण पद्धति विकास गर्न  महानगर र  वियोन्डबीच सम्झौता
सामुदायिक विद्यालयमा डिजिटल शिक्षण पद्धति विकास गर्न महानगर र वियोन्डबीच सम्झौता
चार करोड खर्च गरेर ललितपुर महानगरले ल्यायो दुईवटा ब्रुमर
चार करोड खर्च गरेर ललितपुर महानगरले ल्यायो दुईवटा ब्रुमर
आइतवार ९८० कोरोना संक्रमित थपिए, १८१४ जना डिस्चार्ज

तपाईंले छुटाउनुभयो कि?