कौशलटारमा आगलागी, ६ करोडको क्षति
सारांश
- भक्तपुर ।
- मध्यपुरथिमि नगरपालिका–३ कौशल्टारमा आगलागी हुँदा करिब ६ करोड बराबरको क्षति भएको छ ।
- स्थानीय राजु श्रेष्ठले सञ्चालन गरेको श्रेष्ठ फर्निचर तथा काष्ठ उद्योगमा विद्युत् सर्ट भई भीषण आगलागी भएको हो ।
भक्तपुर । मध्यपुरथिमि नगरपालिका–३ कौशल्टारमा आगलागी हुँदा करिब ६ करोड बराबरको क्षति भएको छ ।
स्थानीय राजु श्रेष्ठले सञ्चालन गरेको श्रेष्ठ फर्निचर तथा काष्ठ उद्योगमा विद्युत् सर्ट भई भीषण आगलागी भएको हो ।
आइतबार राति ११ बजे लागेको आगो आज बिहान ४ बजे नियन्त्रणमा आएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । भक्तपुरकै ठूलो फर्निचर उद्योगको रुपमा रहेको श्रेष्ठ फर्निचर उद्योगमा रहेका स्वदेशी तथा विदेशी फर्निचर, मेशिन, फर्निचरमा प्रयोग हुने कच्चा पदार्थ लगायत सम्पूर्ण सामग्री जलेर नष्ट हुँदा ६ करोड बराबरको क्षति भएको बताइएको छ ।
आगलागीबाट उद्योगमा रहेका सम्पूर्ण तयारी फर्निचर, मेशिन तथा कच्चा पदार्थ जलेर नष्ट भएको बताइएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया