तीनहप्ता अघि मृत्यु भएका उम्मेद्वार विजयी भएपछि…

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक २२, २०७५
|
|
३० पटक हेरिएको
Shares
तीनहप्ता अघि मृत्यु भएका उम्मेद्वार विजयी भएपछि…

सारांश

  • एजेन्सी ।
  • अमेरिकामा बुधबार सकिएको मध्यावधि चुनावमा सबैलाई चकित तुल्याउने एउटा घटना भएको छ ।
  • मध्यावधि चुनावमा तीन हप्ताअघि नै मृत्यु भएका एक उम्मेदवार विजयी भएका छन् ।

एजेन्सी । अमेरिकामा बुधबार सकिएको मध्यावधि चुनावमा सबैलाई चकित तुल्याउने एउटा घटना भएको छ । मध्यावधि चुनावमा तीन हप्ताअघि नै मृत्यु भएका एक उम्मेदवार विजयी भएका छन् ।चुनाव विजयी हुने व्यक्ति ७२ वर्षीय डेनिस होफ हुन् । अमेरिकाका विभिन्न ठाउँमा कानुनी रुपमा वेश्यालय चलाएका छन् । ७२ वर्षीय होफ नेभादाबाट चुनाव लड्दै थिए । गएको १६ अक्टोबरमा आफ्नै वेश्यालयमा जन्मदिन मनाएपछि उनको मृत्यु भएको थियो । उनी ट्रम्पको पार्टी रिपब्लिकनबाट उम्मेदवार बनेका थिए ।

उनको मृत्यु भए पनि ब्यालेटबाट उनको नाम हटाइएको थिएन । उनलाई ६८ प्रतिशत भोट प्राप्त भएको छ । होफले डेमोक्रेटिक उम्मेदवार लेसिया रोमनोवलाई ठूलो अन्तरले हराए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?