मतपत्र च्यातेर रेणुलाई जिताउने मधु न्यौपानेको भब्य अभिनन्दन
सारांश
- भरतपुर ।
- मतपत्र च्यातेर झण्डै तीन महिनापछि पुनः मतदानबाट निर्वाचित मेयर रेणु दाहालको जित भरतपुरमा त्यति स्वादिलो भएन जति स्वादिलो भयो मतपत्र च्यातेर रेणुलाई विजयी बनाउने मधु न्यौपाने र द्रोण सिवाकोटीको अभिनन्दन ।
- मधुले मतपत्र नच्यातेको भए रेणु मेयर बन्ने सम्भावना थिएन ।
भरतपुर । मतपत्र च्यातेर झण्डै तीन महिनापछि पुनः मतदानबाट निर्वाचित मेयर रेणु दाहालको जित भरतपुरमा त्यति स्वादिलो भएन जति स्वादिलो भयो मतपत्र च्यातेर रेणुलाई विजयी बनाउने मधु न्यौपाने र द्रोण सिवाकोटीको अभिनन्दन । मधुले मतपत्र नच्यातेको भए रेणु मेयर बन्ने सम्भावना थिएन ।
वैशाख ३१ गते भएको चुनावको मतगणना हुँदै गर्दा रेणुले हार्ने निश्चित भएपछि जेठ १४ गते राती पूर्वयोजना अनुरुप नै मधु न्यौपाने र द्रोण सिवाकोटीले मतपत्र च्यातेका थिए । मतपत्र च्यातेर पुन निर्वाचन गर्ने माग उनीहरुको थियो, जसलाई निर्वाचन आयोगले सदर गर्यो ।
यसरी रेणुलाई मेयर बनाउन मतपत्र च्यातेर आधार तयार गर्ने न्यौपाने र सिवाकोटीले भने मतपत्र च्यातेकै ठाउँबाट पक्राउ पर्नुपर्यो । उहाँहरु केही दिन प्रहरी हिरासतमा बसेर निर्वाचन कसुर प्रमाणित भएपछि जनही एक एक लाख रुपैयाँ धरौटी बुझाएर छुटे ।
पुन निर्वाचन गराउने सेटिङ पहिले नै भएर मतपत्र च्यातेका कारण पुन निर्वाचनत हुनेमा उनीहरु ढुक्क थिए । धरौटीमा छुटेर उनीहरु भरतपुर १९ को चुनाव प्रचारमा लामो समयसम्म सक्रिय रहे, सर्वोच्च अदालतमा मुद्दा छिनोफानोको ढिलाई भइरहेका बेला उनीहरु दुवै रेणुसँग पुन मत माग्न र मतदातालाई आर्थिक लाभ वितरण गर्न सक्रिय रहे ।
न्यौपानेले मतपत्र च्यातेर रेणुलाई विजयी उपहार दिएपछि मतपत्र च्यात्ने उनीहरुले जिते । र नेपाली कांग्रेस र माओवादी गठबन्धनले मतपत्र च्यातेर निर्वाचन कसुर गर्ने न्यौपाने र सिवाकोटीलाई अभिनन्दन गरे । रेणु विजयी भएपछि मतपत्र च्यातेर उनीहरुलाई जिताउने मधु नेपाली कांग्रेसको कार्यकर्ताका बीच पनि निकै आकर्षणको केन्द्र बने । कांग्रेसको चारतारे झण्डा बोकेर मधुसँग सेल्फी खिचाउने पनि देखिएका थिए ।
प्रतिक्रिया