नुवाकोट बस दुर्घटनाः मृतकको संख्या ६ पुग्यो
सारांश
- २४ भदौ, काठमाडौं ।
- नुवाकोटको थानाभञ्ज्याङमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुगेको छ ।
- दुर्घटनामा २८ जना घाइते भएका छन् ।
२४ भदौ, काठमाडौं । नुवाकोटको थानाभञ्ज्याङमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुगेको छ । दुर्घटनामा २८ जना घाइते भएका छन् । उनीहरुलाई काठमाडौं ल्याइएको छ ।
काठमाडौंबाट नुवाकोटको खरानीटार बा १ ख ६३४८ नम्बरको बस शिवपुरी गाउँपालिका ७ मा पर्ने थानाभञ्याङमा दुर्घटना भएको हो ।
दुर्घटनामा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ भने २ जनाको काठमाडौं ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको छ । एकको भने उपचारका क्रममा निधन भएको छ ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार मृतक मध्ये एक जनाको सनाखत भएको छ । मृत्यु हुनेमा नुवाकोट रालुकाकी २२ वषर्ीया सविता तामाङ रहेकी छन् ।
घाइते मध्ये ८ जनाको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ । उनीहरु मध्ये नविन श्रेष्ठ र सरस्वती गिरीको आईसीयूमा र अन्यको हाई केयर युनिटमा उपचार भइरहेको छ ।
अन्य घाइतेको ग्रिन सिटी अस्पतालमा उपचार भइरहेको छ । उनीहरू मध्ये ३ जनाको अवस्था गम्भीर छ ।
प्रतिक्रिया