११ बलिउड कलाकारका लुकेका प्रतिभा यस्ता छन् !
सारांश
- बलिउडमा धेरै प्रतिभावान कलाकारहरु छन् जसले हिन्दि फिल्म इन्डस्ट्रिमा ग्ल्यामर थपेका छन् ।
- उनीहरुका फ्यान भारतमा मात्रै नभएर नेपाल लगाएत विश्वका अधिक देशहरुमा छन् ।
- तर बलिउडमा केही कलाकार यस्ता छन् जाे कलाकार मात्र छैनन् ।
बलिउडमा धेरै प्रतिभावान कलाकारहरु छन् जसले हिन्दि फिल्म इन्डस्ट्रिमा ग्ल्यामर थपेका छन् । उनीहरुका फ्यान भारतमा मात्रै नभएर नेपाल लगाएत विश्वका अधिक देशहरुमा छन् । तर बलिउडमा केही कलाकार यस्ता छन् जाे कलाकार मात्र छैनन् । उनीहरु अभिनयसँगै अरु कुरामा पनि उत्तिकै अब्बल छन् ।
यहाँ ११ बलिउड कलाकारकाे बारेमा चर्चा गरिएकाे छ जाे अभिनय शिवाय अन्य कुरामा पनि प्रतिभावान छन् ।
१ अक्षय कुमार

अक्षयकाे रुची मार्सलअार्टमा पनि छ भनेर धेरैलाई थाह छ । तर उनी खेलाडी र कलाकारसँगै एक कुक पनि हुन् । उनी केही ठूला कुकिङ शाेहरुमा जज समेत बनेका छन् । अक्षयकाे अर्काे रुची फाेटाेग्राफि पनि हाे । उनले बेलाबेलामा अाफूले लिएका तस्विरहरु सामाजिक संजालहरुमा हाल्ने गर्छन् ।
२ अामिर खान

बलिउडमा मिस्टर पर्फेक्सनिस्टकाे नामले परिचित अामिर खान अभिनयसँगै चेस खेलमा पनि दक्ष छन् । उनी शुटिङ् स्पाेट देखि लिएर हाेटलहरु जहाँपनि खाली समयमा चेस खेल्न रुचाउँछन् ।
३ सलमान खान

बलिउडका दबंग सलमान खानकाे दमदार अभिनयकाे तारिफ त सबैले गर्छन् साथै गीत गाउनु पनि उनकाे रुचीकाे विषय हाे । यी बाहेक धेरैलाई थाह नभएकाे कुरा उनले राम्राे चित्र बनाउँछन् । खाली समयमा स्केच बनाएर बस्न उनलाई मन पर्छ ।
४ अालिया भट्ट

स्टुडेन्ट अफ दि इयर बाट अाफ्नाे फिल्मी यात्रा सुरु गरेकी अालिया बलिउडमा सबैभन्दा बढी रुचाइएकी नायिका मध्येमा पर्छिन् । उनकाे अभिनयले मात्र नभएर गायन कलाले पनि सबैलाई माेहित बनाउने गर्छ ।
५ सेफ अलि खान

राज खानदानका सेफ अलि खान अाफ्नाे धुँवादार अभिनयका कारण चिनिन्छन् । उनले बलिउडमा अाफ्नाे छुट्टै स्थान बनाएका छन् । याे बाहेक उनी एक अनुभवी गिटारिस्ट पनि हुन् ।
६ प्रियंका चाेपडा

बलिउडकी म्यारी काेम प्रियंका बलिउडमा मात्र नभएर हलिउडमा समेत धेरै रुचाइएकी कलाकार हुन् । प्रियंका अाफ्नै दमले फिल्म इन्डस्ट्रिमा जम्ने निकै कम कलाकार मध्ये पर्छिन् । याे बाहेक उनी एक प्रशिक्षित गायिका पनि हुन् ।
७ अमिताभ बच्चन

अमिताभ बच्चन बलिउडककाे यस्ताे नाम हाे जसलाई अरु कुनै परिचयकाे अावश्यकता पर्दैन । बलिउडकाे एक कालखण्ड एकछत्र राज गरेका अमिताभकाे अभिनयकाे त विश्वभरी नै चर्चा हुन्छ नै साथै यी महामानव अर्काे कुरामा पनि दक्ष छन् । उनका पिता हरिवंश राज बच्चन एक ठूला कवि थिए । तर अमिताभले पनि राम्रा कविता लेख्न सक्छन् भन्ने कुरा धेरै कमलाई थाहा छ ।
९ कंगना रनावत

बलिउडकी क्विन कंगनाकाे अभिनयले सँधै तारिफ पाउने गर्छ साथै उनी विभिन्न खानाका परिकार बनाउन पनि दक्ष छिन् ।
१० फरान अख्तर

फरान अख्तर बलिउडले कहिल्यै नबिर्सिने नाम हाे । उनी एक कलाकार सहित निर्देशक निर्माता गायक र लेखक पनि हुन् । बलिउडमा विवादमा नतानिने कलाकार मध्येका एक फरान पनि हुन् ।
११ रन्दिप हुडा
प्रतिक्रिया