काभ्रेमा एकै परिवारका तीन जनाकाे मृत्यु !

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन ३०, २०७५
|
|
२० पटक हेरिएको
Shares
काभ्रेमा एकै परिवारका तीन जनाकाे मृत्यु !

सारांश

  • काभ्रे, ३० असाेज ।
  • बनेपा काभ्रेको बनेपामा सवारी दुर्घटना हुँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ।
  • सोमबार भएको दुर्घटनामा दोलखा सैलुङ गाउँपालिका-७ का ३५ वर्षीय सोनाम लामा, उनकी श्रीमती ३० वर्षीया विमला लामा र १२ वर्षीय छोरा मनिष लामाको मृत्यु भएको हो।

काभ्रे, ३० असाेज । बनेपा काभ्रेको बनेपामा सवारी दुर्घटना हुँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ।सोमबार भएको दुर्घटनामा दोलखा सैलुङ गाउँपालिका-७ का ३५ वर्षीय सोनाम लामा, उनकी श्रीमती ३० वर्षीया विमला लामा र १२ वर्षीय छोरा मनिष लामाको मृत्यु भएको हो।

प्रहरीका अनुसार उपचारका क्रममा धुलिखेल अस्पतालमा सोनामको, काठमाडौंस्थित नर्भिक अस्पतालमा विमला र मनिषको मृत्यु भएको हो। काठमाडौंबाट पूर्वतर्फ गइरहेको बा ७५ प १९४९ नं. को स्कुटर र विपरीत दिशाबाट आइरहेको बिआर ३२ जे ३४७५ न. को स्कार्पियो बिपी राजमार्गअन्तर्गत कालढुंगामा सोमबार ठोक्किएका हुन्। स्कार्पियो र यसका चालक  जनकपुर उपमहानगरपालिका-४ का बिक्रु ठाकुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?