कांग्रेसको केन्द्रीय समिति बैठक आजपनि जारीः निष्कर्षमा पुग्न हम्मे हम्मे

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर १८, २०७५
|
|
४१ पटक हेरिएको
Shares
कांग्रेसको केन्द्रीय समिति बैठक आजपनि जारीः निष्कर्षमा पुग्न हम्मे हम्मे

सारांश

  • काठमाडौं, १८ मंसिर ।
  •  नेपाली कांग्रेसको विधान मस्यौदामाथि सहमति जुटाउन तीन दिनदेखि जारी केन्द्रीय कार्यसमितिको बैठक आजपनि बस्दैछ ।
  • पार्टीलाई नयाँ संरचनामा स्थापित गराउने गृहकार्यमा जुटेको कांग्रेसले विवादित केही बिषयमा सहमतिको खोजिरहेको बताएको छ ।

काठमाडौं, १८ मंसिर । नेपाली कांग्रेसको विधान मस्यौदामाथि सहमति जुटाउन तीन दिनदेखि जारी केन्द्रीय कार्यसमितिको बैठक आजपनि बस्दैछ । पार्टीलाई नयाँ संरचनामा स्थापित गराउने गृहकार्यमा जुटेको कांग्रेसले विवादित केही बिषयमा सहमतिको खोजिरहेको बताएको छ । बैठक पार्टीको केन्द्रीय कार्यालय सानेपामा ११ बजेका लागि बोलाइएको छ ।

विधान मस्यौदामा संस्थापन र इतरपक्षको फरक मत रहेको छ । केन्द्रीय पदाधिकारी संख्या बढाउने बिषयमा निर्वाचन प्रणाली मार्फत जाने की सभापतिको अधिकार क्षेत्र फराकिलो बनाउने भन्ने बिषयमा मतभेद रहेको छ । पार्टीको विधानलाई समयसापेक्ष रुपमा ढाल्नका निम्ति घनिभुत छलफल भइरहेको र चाँडै निष्कर्षमा पुगिने कांग्रेस नेता मीन विश्वकर्माले जानकारी दिए ।

हिजोसम्म ३१ जना केन्द्रीय सदस्यले बोलिसकेको र आजको बैठकमा निरन्तरता दिईने नेता विश्वकर्माले बताए । पार्टीको केन्द्रीय पदाधिकारी संख्या, सभापतिको क्षेत्राधिकारका बिषयमा सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच फरक मत रहँदै आएको छ । संस्थापनले समावेशिताका आधारमा केन्द्रीय पदाधिकारी संख्या बढाउने प्रस्ताव अघि सारेको छ ।

संस्थापनइतर पक्षले ११ जना केन्द्रीय पदाधिकारीलाई निर्वाचनका माध्यमबाट ल्याउनुपर्ने बताएको छ । सभापति देउवासबै पदाधिकारीलाई निर्वाचनको प्रणली मार्फत् ल्याउन नसकिने बताउँदै आएका छन् । महासमितिको मिति नजिकिँदै जाँदा छलफललाई निष्कर्षमा पु¥याउने बैठकको तयारी छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लकडाउन लम्ब्याउने र सीमामा अझ कडाई गरिने
लकडाउन लम्ब्याउने र सीमामा अझ कडाई गरिने
प्रधानमन्त्रीले शुभकामना दिदै भने ‘दशैमा अनावश्यक तडकभडक नगरौ’
प्रधानमन्त्रीले शुभकामना दिदै भने ‘दशैमा अनावश्यक तडकभडक नगरौ’
डिजिटल साक्षरता विद्यालयको पाठ्यक्रममा समावेश गर्न आवश्यक : प्रधानमन्त्री
डिजिटल साक्षरता विद्यालयको पाठ्यक्रममा समावेश गर्न आवश्यक : प्रधानमन्त्री
अहिले ११ बजे को बुटवल उपमहानगरपालिका मतगणना  अपडेट !
अहिले ११ बजे को बुटवल उपमहानगरपालिका मतगणना अपडेट !
यसै आर्थिक वर्षदेखि बंगलादेशमा विद्युत निर्यात गरिन्छः प्रधानमन्त्री दाहाल
यसै आर्थिक वर्षदेखि बंगलादेशमा विद्युत निर्यात गरिन्छः प्रधानमन्त्री दाहाल
अङ्ग्रेजी नयाँ वर्ष मनाउन सौराहमा पर्यटकको घुइँचो
अङ्ग्रेजी नयाँ वर्ष मनाउन सौराहमा पर्यटकको घुइँचो
सरकार कुनै पनि बहानामा विकासबाट पन्छिन पाउँदैन : उर्जामन्त्री पुन
सरकार कुनै पनि बहानामा विकासबाट पन्छिन पाउँदैन : उर्जामन्त्री पुन
चीनबाट २१ सदस्यीय टोली सोमबार नेपाल आउँदै
चीनबाट २१ सदस्यीय टोली सोमबार नेपाल आउँदै
३३ प्रतिशत महिला नभई कसरी कम्युनिष्ट पार्टी दर्ता हुँदो रैछ !
३३ प्रतिशत महिला नभई कसरी कम्युनिष्ट पार्टी दर्ता हुँदो रैछ !
को हुन् गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका पाण्डे ?
को हुन् गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका पाण्डे ?