बर्थडेपार्टीमा बाेलाएर बलात्कार !

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक २५, २०७५
|
|
२० पटक हेरिएको
Shares

सारांश

  • सिरहा, २५ कात्तिक ।
  • बर्थडेपार्टीको बहानामा बोलाएर १५ वर्षीया बालिका र २० वर्षीया युवतीमाथी लहानमा सामूहिक बलात्कार भएको छ ।
  • भाइटिकाको दिन कात्तिक २३ गते राति सामूहिक बलात्कारको घटना भएको हो ।

सिरहा, २५ कात्तिक । बर्थडेपार्टीको बहानामा बोलाएर १५ वर्षीया बालिका र २० वर्षीया युवतीमाथी लहानमा सामूहिक बलात्कार भएको छ । भाइटिकाको दिन कात्तिक २३ गते राति सामूहिक बलात्कारको घटना भएको हो ।

इलाका प्रहरी कार्यालय लहानका अनुसार लहान २२, लक्ष्मीपुर पतारी २ की बालिका र युवतीलाई सात जना युवकहरुले बलात्कार गरेका हुन् । उक्त घटनामा संलग्न रहेका तीन जनाको नाम खुलेको र चारजनाको नाम नखुलेको इलाका प्रहरी कार्यालय लहानका डिएसपी राजेश थापाले बताउनुभयो ।

लहान नगरपालिका ११ का २३ वर्षीय हरि चौधरी, २१ वर्षीय अनिल चौधरी र २१ वर्षीय सुनिल चौधरीको नाम खुलेको र चार जनाको नाम खुल्न बाकि रहेको डिएसपी थापाले बतानुभयो । पिडित दुवै जनाले दिएको बयानका आधारमा हरि चौधरीले आज मेरो बर्थडे हो बर्थडे पार्टीमा आउनु पर्यो भनि बोलाएको र २ जना मोटरसाइकलमा घरबाट लहान लिएर आउदा उसको कोठामा केहि बेर पछि अन्य पाच जना युवाहरुको एक समुह आयो र आफु माथि सामूहिक बलात्कार भएको पिडित युवतीले बताएकी छिन ।

पीडित बालिका र युवतीको स्वास्थ्य परीक्षण लहानस्थित रामकुमार उमाप्रसाद अस्पतालमा गरिएको छ । बलात्कार घटनामा संलगन सातै जना फरार रहेको हुँदा फरार सबै जनाको विशेष प्रहरी परिचालन गरि तिब्र गतिमा खोज तलास भइरहेको डिएसपी राजेश थापाले बताएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दशैँ अगाडि त्रिविका सबै परीक्षा हुने
दशैँ अगाडि त्रिविका सबै परीक्षा हुने
अख्तियारका ७६ प्रतिशत उजुरी फर्छ्याेट !
अख्तियारका ७६ प्रतिशत उजुरी फर्छ्याेट !
आयश्यकता हेरेर स्थानिय चुनाबमा गठबन्धन गर्ने कङ्रेसको निर्णय
आयश्यकता हेरेर स्थानिय चुनाबमा गठबन्धन गर्ने कङ्रेसको निर्णय
सगरमाथा आरोहणः ठूला विपद्बिनै १७ जनाको मृत्यु
सगरमाथा आरोहणः ठूला विपद्बिनै १७ जनाको मृत्यु
गोरखामा स्थानीयवासीलाई आँखामा छार्यो हाल्ने काम गर्दै बाबुराम
गोरखामा स्थानीयवासीलाई आँखामा छार्यो हाल्ने काम गर्दै बाबुराम
बाआमा भैंसी दुहुन गएका बेला पहिरोले पुरिँदा एकै घरका तीन बालबालिका बेपत्ता
डोल्पावासीको चामल दुईवर्षदेखि काठमाडौँमै
प्रधानमन्त्रीद्वारा मन्त्रिमण्डल विस्तारका लागि दलहरुसँग परामर्श शुरु
प्रधानमन्त्रीद्वारा मन्त्रिमण्डल विस्तारका लागि दलहरुसँग परामर्श शुरु
थाई एयर एसियाले कात्तिक १८ गतेदेखि काठमाडौं र भैरहवामा उडान गर्ने
थाई एयर एसियाले कात्तिक १८ गतेदेखि काठमाडौं र भैरहवामा उडान गर्ने
एक वर्षभित्र मास्करहित काठमाडौँ बनाउँछु- मन्त्री पण्डित
एक वर्षभित्र मास्करहित काठमाडौँ बनाउँछु- मन्त्री पण्डित

तपाईंले छुटाउनुभयो कि?