बाआमा भैंसी दुहुन गएका बेला पहिरोले पुरिँदा एकै घरका तीन बालबालिका बेपत्ता
सारांश
- सल्यान ।
- निरन्तर पानी परेपछि आएको पहिरोले घर पुरिँदा एकै घरका तीन बालबालिका बेपत्ता भएका छन् ।
- बागचौर नगरपालिका–१२ ओख्रेनी मुलखोलामा स्थानीय बालाराम डाँगीको घर आइतबार बेलुकी पहिरोले पुरिएपछि उनका दुई छोरी एक छोरा पुरिएर बेपत्ता भएका छन् ।
सल्यान । निरन्तर पानी परेपछि आएको पहिरोले घर पुरिँदा एकै घरका तीन बालबालिका बेपत्ता भएका छन् ।
बागचौर नगरपालिका–१२ ओख्रेनी मुलखोलामा स्थानीय बालाराम डाँगीको घर आइतबार बेलुकी पहिरोले पुरिएपछि उनका दुई छोरी एक छोरा पुरिएर बेपत्ता भएका छन् ।
पहिरोमा परी बेपत्ता हुनेमा बालाराम डाँगीकी १० वर्षीया छोरी ललिता, सात वर्षीय छोरा ललित र चार वर्षीया छोरी मेनका डाँगी रहेको प्रहरीले जनाएको छ ।
बाबुआमा भैँसी दुहुन गएको र बालबालिका भान्साकोठामा खाना खाँदै गर्दा पहिरोले घर पुरेको स्थानीयले जनाएका छन् । पहिरोमा परी घाइते भएर बाबुआमा दुवै बेहोस भएका छन् । बेहोस भएका बाबुआमा दुवैलाई उपचारका लागि जिल्ला अस्पताल सल्यान पठाइएको छ ।
घटनास्थल जिल्ला सदरमुकामदेखि ५० किमी टाढा रहेको छ । निरन्तर पानी पर्दा पहिरो नरोकिएकाकाले उद्धार गर्न कठिनाइ भएको छ ।
प्रतिक्रिया