रोनाल्डोको ९९ औं गोलमा पोर्चुगल युरोकपमा
सारांश
- काठमाडौं ।
- क्रिष्टियानो रोनाल्डोले देशका लागि ९९ औं गोल गरेपछि डिफेन्डिङ च्याम्पियन पोर्चुगल अर्को वर्ष आयोजना हुने युरोकप फुटबलमा छनोट भएको छ ।
- आइतबार राति भएको खेलमा लग्जेम्बर्गलाई २–० गोल अन्तरले पराजित गर्दै पोर्चुगल युरोकपमा छनोट भएको हो ।
काठमाडौं । क्रिष्टियानो रोनाल्डोले देशका लागि ९९ औं गोल गरेपछि डिफेन्डिङ च्याम्पियन पोर्चुगल अर्को वर्ष आयोजना हुने युरोकप फुटबलमा छनोट भएको छ ।
आइतबार राति भएको खेलमा लग्जेम्बर्गलाई २–० गोल अन्तरले पराजित गर्दै पोर्चुगल युरोकपमा छनोट भएको हो । रोनाल्डो र बुर्नो फर्नान्डेसले एक एक गोल गरे ।
३९ औं मिनेटमा फर्नान्डेसले र ८६ औं मिनेटमा रोनाल्डोले गोल गरेका हुन् ।
जितसँगै समूह ‘बी’ बाट पोर्चुगलले समूह उपविजेता बन्दै युरोकपमा स्थान बनाएको हो । ८ खेलबाट पोर्चुगलले १७ अंक जोड्यो ।
युक्रेन २० अंकसहित शीर्ष स्थानमा रहँदै युरोकपमा छनोट भयो । आइतबार राति युक्रेनले सर्बियासंग २–२ गोलको बराबरी खेलेको थियो ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया