यी डाक्टर साब नअाए राप्रपा र राप्रपा प्रजातान्त्रिकको एकता

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक २५, २०७५
|
|
२८ पटक हेरिएको
Shares
यी डाक्टर साब नअाए राप्रपा र राप्रपा प्रजातान्त्रिकको एकता

सारांश

  • काठमाडौं, २५ कात्तिक ।
  • विभिन्नमा खेमामा विभाजित पूर्वपञ्चहरु फेरि एकताको प्रयासमा जुटेका छन् ।
  • नेताहरुका अनुसार डा.

काठमाडौं, २५ कात्तिक । विभिन्नमा खेमामा विभाजित पूर्वपञ्चहरु फेरि एकताको प्रयासमा जुटेका छन् । नेताहरुका अनुसार डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको एकीकृत राप्रपा राष्ट्रवादी पनि सहमतिमा आए केही दिन समय लिनसक्छ । नभए कमल थापा नेतृत्वको राप्रपा र पशुपतिशम्शेर राणाको राप्रपा प्रजातान्त्रिकबीच भोलि नै एकता घोषणा हुनसक्छ । आइतबार पनि तीनै राप्रपाका शीर्ष नेताहरुबीच सम्वाद भएको छ । तर, एकताबारे सहमति भइसकेको छैन ।

नेताहरुका अनुसार थापा र राणाबीच भने अधिकांश विषयमा सहमति भइसकेको छ । दुबै अध्यक्ष हुने, ८/८ सदस्य राखेर सचिवालय बनाउने र सैद्धान्तिक विषयमा एकता महाधिवेशनले तय गरेको दस्ताबेजलाई मान्ने सहमति भएको छ ।  तर, लोहनीका सन्दर्भमा सहमति जुटेको छैन । उनले थापा र राणासरह आफ्नो पनि हैसियत हुनुपर्ने माग राखेका छन्, जसलाई दुबैले स्वीकार गरेका छैनन् ।‘लोहनी पनि आउने भए केही दिनपछि एकता होला, नभए भोलि नै एकता हुनसक्छ’ राप्रपाका एक नेताले भने ।

राप्रपाले आइतबार नै उपलब्ध केन्द्रीय सदस्यहरुको बैठक बोलाएको छ भने राप्रपा प्रजातान्त्रिकको पनि बैठक बस्दैछ । बैठकमा पार्टी एकता वार्तामा भएका प्रगतिबारे नेताहरुले जानकारी गराउने राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । एकीकृत राप्रपा राष्ट्रवादीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले भने पार्टी एकताबारे सकारात्मक संवाद भइरहेको बताए । भोलि नै पार्टी एकता घोषणा हुने हो भन्ने प्रश्नमा उनले भने ‘मलाई थाहा छैन ।’ पार्टीको नेतृत्व र सैद्धान्तिक विषयमा छलफल चलिरहेको उनले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?