सरापे र रेम्बोले ल्याए नयाँ हास्य टेलिसिरियल ‘जात्रा’

Shikharkhabar Shikharkhabar
|
शनिबार, पौष ८, २०७४
|
|
२७ पटक हेरिएको
Shares
सरापे र रेम्बोले ल्याए नयाँ हास्य टेलिसिरियल ‘जात्रा’

सारांश

  • काठमाडौं ।
  • हास्य क्षेत्रमा छुट्टै नाम कमाउन सफल कलाकार यादव देवकोटा (सरापे) र राजु कमेडी (रेम्बो) को ‘जात्रा’ नामक हास्य टेलीसिरीयल केहि समय अगाडि मात्रै युट्युव च्यानल सरापे प्रोडक्सनमार्फत सार्वजनिक भएको छ ।
  • सरापे प्रोडक्सनको प्रस्तुतीमा सार्वजनिक भएको उक्त टेलीश्रृंखला जयकुमार थापा र रिजोईस घलेले निमार्ण गरेका हुन् भने यादव देवकोटा (सरापे) र राजु कमेडी (रेम्बो) ले निर्देशन गरेका हुन् ।

काठमाडौं । हास्य क्षेत्रमा छुट्टै नाम कमाउन सफल कलाकार यादव देवकोटा (सरापे) र राजु कमेडी (रेम्बो) को ‘जात्रा’ नामक हास्य टेलीसिरीयल केहि समय अगाडि मात्रै युट्युव च्यानल सरापे प्रोडक्सनमार्फत सार्वजनिक भएको छ ।

सरापे प्रोडक्सनको प्रस्तुतीमा सार्वजनिक भएको उक्त टेलीश्रृंखला जयकुमार थापा र रिजोईस घलेले निमार्ण गरेका हुन् भने यादव देवकोटा (सरापे) र राजु कमेडी (रेम्बो) ले निर्देशन गरेका हुन् । बुद्व थापा र प्रवेश पोखरेलको छायांकन रहेको यस टेलिश्रृंखलालाई सुरेश राउतले सम्पादन गरेका हुन् ।

चर्चित कलाकारहरू रामचन्द्र अधिकारी, यादव देवकोटा (सरापे), राजु कमेडी (रेम्बो), अवतार कँडेल, जय कुमार थापा, रेशम बुढाथोकी, पुजा गुरुङ, रोजी बस्नेत, अम्बिका भुजेल, मधु आचार्य, उदित शर्मा, विक्रम लामा, शंकर रमन उप्रेती र विरक खड्कालगायतको मुख्य अभिनय रहेको छ ।

विगतमा अरुको कम्पनी काम गरेका निर्देशक दोयले हास्यश्रृङखला जात्रा भने आफ्नै कम्पनी सरापे प्रोडक्सनमार्फत सार्वजनिक गरेका छन् । समसामयिक तथा लोक कथामा आधारित उक्त हास्यश्रृङखलालाई दर्शकले मन पराउने कुरामा निर्देशक दोय ढुक्क छन् ।

https://www.youtube.com/watch?v=I1iFDpYjHy8

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?