एक वर्षपछि राजदूत सिफारिस, भारतमा आचार्य, मलेसियामा पाण्डे

Shikharkhabar Shikharkhabar
|
सोमबार, कार्तिक २६, २०७५
|
|
३० पटक हेरिएको
Shares
एक वर्षपछि राजदूत सिफारिस, भारतमा आचार्य, मलेसियामा पाण्डे

सारांश

  • काठमाडौं, २६ कात्तिक।
  • सरकारले संविधानविद एवम् पूर्व कानूनमन्त्री निलाम्बर आचार्यलाई भारतका लागि राजदूतमा सिफारिस गर्ने निर्णय गरेको छ ।
  • २०७४ मंसिरमा दीपकुमार उपाध्याय फर्किएपछि खाली भएको भारतमा आचार्य राजदूतका रूपमा सिफारिस भएका हुन् ।

काठमाडौं, २६ कात्तिक। सरकारले संविधानविद एवम् पूर्व कानूनमन्त्री निलाम्बर आचार्यलाई भारतका लागि राजदूतमा सिफारिस गर्ने निर्णय गरेको छ । २०७४ मंसिरमा दीपकुमार उपाध्याय फर्किएपछि खाली भएको भारतमा आचार्य राजदूतका रूपमा सिफारिस भएका हुन् ।
मन्त्रिपरिषदको आइतवार राति सम्पन्न बैठकले नेपालबाट प्रबुद्ध व्यक्ति समूह (इपिजी) का सदस्यसमेत रहेका संविधानविद् आचार्यलाई भारतका लागि राजदूतमा सिफारिस गर्ने निर्णय गरेको हो। आचार्य श्रीलंकाका लागि पूर्व नेपाली राजदूत हुन्। यसअघि सरकारले पूर्व प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीलाई भारतका लागि राजदूतमा सिफारिस गर्ने सरकारको निर्णय विवादमा परेपछि त्यहाँ आचार्यलाई पठाउने निर्णय लिएको हो। सरकारको उक्त निर्णय विवादमा परेपछि भारतमा राजदूत हुन योग्य व्यक्तिको खोजीमा सरकार थियो । विभिन्न नामह? बाहिर आए पनि राजदूतमा आचार्य सिफारिस हुने विषय चर्चामा थिएन।

नागरिक अगुवा आचार्य पहिलो संविधानसभा अन्र्तगत संवैधानिक समितिका सभापति पनि हुन् । संसदको निर्वाचनमा सहभागी हुन भन्दै राजदूतबाट राजीनामा दिएर दीपकुमार उपाध्याय फर्केपछि भारतमा राजदूत खाली थियो। तीन महिना अघि सरकारले भारतमा राजदूतका लागि उप्रेतीलाई पठाउने निर्णय लिएपछि चर्को विवाद भएको थियो। यसैगरी मन्त्रिपरिषद् बैठकले उदयराज पाण्डेलाई मलेसियाका लागि राजदूतमा सिफारिस गरेको छ। पाण्डे यसअघि साउदी अरबका लागि राजदूत थिए ।

पाण्डेको सिफारिस यसअघि उप्रेतीसँगै मलेसियाकै लागि भएको थियो। साउदी अरबमा ब्लड मनी खाएको आरोपमा सरकारले हमिद अन्सारीलाई फिर्ता बोलाएपछि सुधरको लागि भन्दै पाण्डेलाई त्यहाँ पठाइएको थियो । उनले साउदीमा राम्रो काम गरेका थिए । मलेसियामा करिब डेढ वर्षदेखि राजदूत खाली थियो । परराष्ट्रका सहसचिव डा. निरन्जनमान सिंह बस्न्यात फर्केपछि राजदूत नियुक्ति हुन सकेको थिएन ।  सरकारले नेपाली कामदार रहेको मुलुक युनाइटेड अरब इमिरेट्समा परराष्ट्र मन्त्रालयका सहसचिव कृष्ण ढकाललाई नियुक्तिको सिफारिस गरेको छ । त्यहाँ पनि करिब तीन वर्षदेखि राजदूत खाली थियो ।

परराष्ट्रका सहसचिव धनन्जय झा फर्केपछि राजदूत अभावमा लामो समय अधिकृत तहका कर्मचारीले त्यो दूतवाास कार्यबाहक भएर काम चलाएका थिए । परराष्ट्र मन्त्रालकयो पुरानो परम्परालाई तोडेर वरिष्ठताको आधारमा उनको नाम मन्त्रालयले सिफारिस गरेको हो ।  परराष्ट्र मन्त्रालयमा सहसचिवको ?पाम आएका ढकाल भारतमा नियोग उपप्रमुख थिए । त्यहाँ राजनीतिक मामिला हेर्ने उपसचिवसँग विवाद भएपछि कार्यकाल अघि नै फर्काइएका थिए । वरिष्ठतामा उनी माथि भएपनि यसअघि मिसनबाट फर्केर मन्त्रालय बसेको आधारमा सिफारिस गर्ने प्रचलन थियो । अहिले पनि अधिकांश सहसचिवले त्यही अनु?प हुनुपर्ने भन्दै आएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोरोनाबाट हङकङमा पनि एकको मृत्यु, चीनमा मृत्यु हुनेको संख्या ४२५ पुग्यो
कोरोनाबाट हङकङमा पनि एकको मृत्यु, चीनमा मृत्यु हुनेको संख्या ४२५ पुग्यो
अरनिको यातायात समितिका गाडी सञ्चालनमा
अरनिको यातायात समितिका गाडी सञ्चालनमा
सप्तरीको बाढीमा परेका जनताको उद्दारमा तत्काल खटिन एमालेले दियो कार्यकर्तालाई निर्देशन
सप्तरीको बाढीमा परेका जनताको उद्दारमा तत्काल खटिन एमालेले दियो कार्यकर्तालाई निर्देशन
दशैं तिहार फेस्टिव 2024 in USA
दशैं तिहार फेस्टिव 2024 in USA
संशोधन प्रस्ताव पारित गर्न सबै दलसँग थप छलफल गरिने
संशोधन प्रस्ताव पारित गर्न सबै दलसँग थप छलफल गरिने
भत्काइँदै पाेखराका भद्दा आइल्यान्ड, छुट्टै पार्क बनाएर सालिक राख्न सुझाव
भत्काइँदै पाेखराका भद्दा आइल्यान्ड, छुट्टै पार्क बनाएर सालिक राख्न सुझाव
२४ घन्टामा ५ जनाको मृत्यु
२४ घन्टामा ५ जनाको मृत्यु
यातायात सिन्डिकेटबाट वार्षिक १ अर्ब देशलाई घाटा
पोखरामा पत्रकार माथि हातपात, यस्तो समाचार लेखेका थिए पत्रकार सुरेशराज अधिकारीले  !
पोखरामा पत्रकार माथि हातपात, यस्तो समाचार लेखेका थिए पत्रकार सुरेशराज अधिकारीले !
फेवा–लुम्बिनी–रारा पर्यटन एक्सप्रेसवे : प्रदेश ४, ५ र ६ को समृद्धिको गेमचेन्जर परियोजना
फेवा–लुम्बिनी–रारा पर्यटन एक्सप्रेसवे : प्रदेश ४, ५ र ६ को समृद्धिको गेमचेन्जर परियोजना

तपाईंले छुटाउनुभयो कि?