प्रधानमन्त्रि अाेली बालुवाटर बाहिर नजाने !
सारांश
- काठमाडाै, ३० कात्तिक ।
- प्रधानमन्त्री केपी शर्मा ओली कोलम्बो प्रोसेसको काठमाडौंमा जारी सम्मेलनअन्तर्गत आज (शुक्रबार) हुने मन्त्री स्तरीय बैठकमा सहभागी नहुने भएका छन्।
- वैदेशिक रोजगारीमा कामदार आपूर्ति गर्दै आएका राष्ट्रहरूको साझा संस्था कोलम्बो प्रोसेसकाे बिहान ११ बजे काठमाडौंको एक होटलमा मन्त्रीस्तरीय बैठक हुँदैछ।
काठमाडाै, ३० कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओली कोलम्बो प्रोसेसको काठमाडौंमा जारी सम्मेलनअन्तर्गत आज (शुक्रबार) हुने मन्त्री स्तरीय बैठकमा सहभागी नहुने भएका छन्। वैदेशिक रोजगारीमा कामदार आपूर्ति गर्दै आएका राष्ट्रहरूको साझा संस्था कोलम्बो प्रोसेसकाे बिहान ११ बजे काठमाडौंको एक होटलमा मन्त्रीस्तरीय बैठक हुँदैछ।त्यसलाई सम्बाेधन गर्न प्रधानमन्त्री ओलीलाई निमन्त्रणा आएको छ।
तर उनी उक्त कार्यक्रमा सहभागी नहुने प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले बताए ।कात्तिक ६ गते विद्युतिय बसको शुभारम्भ गरेयता ओली सार्जवनिक कार्यक्रममा उपस्थित भएका छैनन्। प्रधानमन्त्री ओलीलाई कात्तिक १२ गते बिहान साढे ४ बजे शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएकामा चार दिनपछि उनी कात्तिक १६ गते बालुवाटार फर्किएका थिए। त्यसयता उनी बालुवाटार बाहिरको कुनै पनि कार्यक्रममा सहभागी भएका छैनन्।
अधिकारिका अनुसार उहाँ स्वस्थ भइसक्नुभएको छ। अहिले उहाँ अन्य काममै व्यस्त भएकाले त्यो कार्यक्रममा जानुहुन्न।’ उनको उपचारमा संलग्न चिकित्सक डा. अरुण सायमीले पनि प्रधानमन्त्री ओली पूर्ण स्वस्थ भइसकेको बताएका छन्। ‘तर अझै उहाँ केही दिन बालुवाटर बाहिरको कार्यक्रममा निस्कनुहुन्न,’ प्रेस संयोजक अधिकारीले भने।
प्रतिक्रिया