१२ जनामा डेङ्गु,डेङ्गुको सङ्क्रमणबाट जोगिन सर्वसाधारणलाई आग्रह

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र १५, २०७६
|
|
३२ पटक हेरिएको
Shares
१२ जनामा डेङ्गु,डेङ्गुको सङ्क्रमणबाट जोगिन सर्वसाधारणलाई आग्रह

सारांश

  • देशभरि फैलँदै गएको डेङ्गुको असरले भक्तपुर जिल्लालाई पनि उच्च जोखिममा पारेको छ ।
  • जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्य अधिकृत पार्थमणि न्यौपानेले गत वर्षभन्दा यस वर्ष चार दोब्बर डेङ्गुको बिरामी भेटिएकाले यो जिल्ला डेङ्गुको उच्च जोखिममा परेको जानकारी दिनुभयो ।
  • भक्तपुर अस्पतालमा कार्यरत एक कर्मचारीसहित अहिलेसम्म १२ जनामा डेङ्गुको सङ्क्रमण फेला परेको हो ।

देशभरि फैलँदै गएको डेङ्गुको असरले भक्तपुर जिल्लालाई पनि उच्च जोखिममा पारेको छ ।जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्य अधिकृत पार्थमणि न्यौपानेले गत वर्षभन्दा यस वर्ष चार दोब्बर डेङ्गुको बिरामी भेटिएकाले यो जिल्ला डेङ्गुको उच्च जोखिममा परेको जानकारी दिनुभयो ।भक्तपुर अस्पतालमा कार्यरत एक कर्मचारीसहित अहिलेसम्म १२ जनामा डेङ्गुको सङ्क्रमण फेला परेको हो । अहिले दुई जनाको सोही अस्पतालमा र अन्यको टेकु अस्पतालमा उपचार भइरहेको उक्त अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रविभूषण सुवालले जानकारी दिनुभयो ।यहाँ डेङ्गुको सङ्क्रमण परीक्षण कीटको व्यवस्था नहुँदा टेकु अस्पतालमा जचाउन पठाउनु परेको उहाँले बताउनुभयो ।

जिल्ला स्वास्थ्य कार्यालयका अधिकृत न्यौपानेका अनुसार गत वर्ष तीन जनामा मात्रै डेङ्गु देखिएको र यस वर्ष डेङ्गु सङ्क्रमण बढेपछि जिल्लाका सबै स्वास्थ्य चौकी, नगर जनस्वास्थ्य चौकी र सञ्चारमाध्यममार्फत गाउँगाउँमा यसबारे जनचेतना फैलाउने अभियान शुरु गरिएको छ ।

कार्यालयले डेङ्गु सङ्क्रमणबाट जोगिन दिउँसो टोक्ने लामखुट्टेबाट बच्न र घरवरिपरि पानी जमेका खाल्डाखुल्डी नराख्न, झ्याम्म भएका झाडी नराख्न, फोहर नगर्न र इन्सेक्टिसाइड छरेर डेङ्गुको सङ्क्रमणबाट जोगिन सर्वसाधारणलाई आग्रह गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सामाजिक रूपान्तरणमा सामुदायिक रेडियोको भूमिका महत्वपूर्ण : प्रधानमन्त्री दाहाल
सामाजिक रूपान्तरणमा सामुदायिक रेडियोको भूमिका महत्वपूर्ण : प्रधानमन्त्री दाहाल
अब नेपालको आफ्नै भू-उपग्रह हुने
अब नेपालको आफ्नै भू-उपग्रह हुने
दयाराम परियार घटनाका दोषीलाई कारबाही गर्न माग
दयाराम परियार घटनाका दोषीलाई कारबाही गर्न माग
‘हे गोरी’ कभर भिडियो प्रतियोगिता, उत्कृष्टलाई ५० हजार नगद पुरस्कार
‘हे गोरी’ कभर भिडियो प्रतियोगिता, उत्कृष्टलाई ५० हजार नगद पुरस्कार
बालेन लक्षित ओलीको टिप्पणी : भैंसीको ढाडमा बसेर लात हानेँ भनेर झिँगा दंग पर्छ
बालेन लक्षित ओलीको टिप्पणी : भैंसीको ढाडमा बसेर लात हानेँ भनेर झिँगा दंग पर्छ
३३ केजी सुन प्रकरण : फेरि अर्का  डिएसपी पक्राउ !
३३ केजी सुन प्रकरण : फेरि अर्का डिएसपी पक्राउ !
रु एक अर्बको हाराहारीमा राजस्व असुली
रु एक अर्बको हाराहारीमा राजस्व असुली
फुटबल मैदान जत्रो क्षुद्र ग्रह आज पृथ्वीको नजिक भएर गुज्रँदै, नासाका बैज्ञानिक सर्तक
फुटबल मैदान जत्रो क्षुद्र ग्रह आज पृथ्वीको नजिक भएर गुज्रँदै, नासाका बैज्ञानिक सर्तक
गठ्ठाघर दुर्घटना : स्थिति तनावग्रस्त, सम्यमता अपनाउन सिडिओको आग्रह
गठ्ठाघर दुर्घटना : स्थिति तनावग्रस्त, सम्यमता अपनाउन सिडिओको आग्रह
नेकपाको सांगठनिक एकता टुंगो लगाउन गठित कार्यदल विघटन
नेकपाको सांगठनिक एकता टुंगो लगाउन गठित कार्यदल विघटन

तपाईंले छुटाउनुभयो कि?